logo

सांसद रौनीयार र भारतीय प्रम मोदीवीच भेटवार्ता भएकै हो त ?

      5/13/2018 गते 00 00 मा प्रकाशित     1946   पटक पढिएको

बीरगंज ३० बैशाख । 
पर्साको क्षेत्र नं ३ बाट निर्वाचित सासद हरिनारायण रौनीयारले भारतीय प्रधानमंत्री नरेन्द्र मोदीसंग भेटवार्ता भएको भन्दै काल्पनीक समाचार प्रकाशमा आएको छ । भारतीय प्रधानमंत्री मोदीसंग “भेट” भएको तर “वार्ता”नभएको सत्यलाई लुकाएर झूठो समाचार सार्वजनीक भएको बिशलेषकहरुले बताउन थालेका छन ।

भारतीय प्रधानमंत्री नरेन्द्र दामोदर दास मोदी संग जनकपुरमा प्रदेश २ का केही सासदहरुको भेटवार्ता भएको कुरा संचार माध्यम मार्फत सार्वजनीक भएको छ । त्यसरी भारतीय प्रम मोदीसंग “भेटवार्ता” नै गर्न पाउने दावी गर्ने मध्यका एक हुन रौनीयार । 


रौनीयारले  दुई नम्बर प्रदेशको बिकासका बिषयमा भारतीय प्रधानमंत्री मोदीसंग छलफल गरेको दावी गरिएको छ । 
भारतीय प्रधानमंत्री नरेन्द्र मोदीको निर्धारित कार्यक्रम अनुसार साढे १० बजे जनकपुर एयरपोर्टमा ल्याण्ड गर्ने ,पन्ध्र मिनेट सम्म फ्रेस भएपछि पौने ११ बजेदेखी जानकी मन्दीरमा पूजामा सहभागि हुने कार्यक्रम तय थियो । त्यसैगरि पूजा सकिएपछि मन्दीर परिसर बाटै रामायण सर्किटको उद्धघाटन र जनकपुर अयोध्या बस सेवा संचालनकालागि हरियो झण्डा फहराउनु थियो ।

 

त्याहा दुबै देशका प्रधानमंत्रीले १५ मिनेट सम्बोधन गर्ने कार्यतालिका थियो । त्याहा दुवै प्रधानमंत्रीले सम्बोधन गरे । १४ मिनेट समय दुबै प्रधानमंत्रीको सम्बोधनमा लाग्यो । त्यहाबाट भारतीय प्रधानमंत्री नागरिक अभिनन्दन समारोह बार्ह बिगाह मैदानमा बनाइएको मंच तर्फ लागे । भारतीय प्रम मोदीले सम्बोधन गर्ने मंचको पछाडी राम्रो हल बनाईएको थियो । जाहा बिशिष्ट ब्यक्तिहरु भारतीय प्रधानमंत्रीलाई स्वागत गर्न लामवद्ध थिए ।

 

यो समुहमा संघीय ससदका सदस्यहरु,प्रदेश सभाका सदस्यहरु,प्रदेश सरकारका मंत्रीहरु महानगर,उपमहानगरका मेयरहरु बिशिष्ठ सरकारी अधिकारीहरु र सरकारले बिशिष्ठ ब्यक्तिको रुपमा पास उपलब्ध गराइएका प्रदेश २ का उधोगी ब्यापारीहरु रहेका थिए । यो लाईनमा झण्डै २ सय भन्दा बढी ब्यक्ति थिए । त्यहा भारतीय प्रधानमंत्री मोदीसंग तस्विर लिने र एकसरो नाम भनेर स्वागत गर्नेहरुकालागि कति समय लाग्ला ? सहजै अनुमान लगाउन सकिन्छ । 


भारतीय प्रधानमंत्रीको त्यसपछिको कार्यक्रम मंचमा थियो । मंचको कार्यक्रम सकिएपछि त्यस्तो भेटघाट र छलफलको कार्यक्रम केही थिएन । संसारकै ठुलो लोकतन्त्रका सरकार प्रमुख यशवस्वी नरेन्द्र मोदी भन्दै कार्यक्रमका संचालक प्रदेश सरकारका भौतीक पूर्वाधार बिकास मंत्री जितेन्द्र सोनल भन्दै थिए । कार्यक्रम तालिकामा भारतीय प्रधानमंत्रीले सासदसंग भेटवार्ता गर्ने कार्यक्रम समाविष्ट थिएन । प्रदेश सरकार वा भारतीय दुतावासले समेत कार्यक्रम तालिका बारेमा दिएको जानकारीमा यस्तो उल्लेख थिएन । तर भेटवार्ता भयो र त्यो भेटवार्ता गर्ने सौभाग्यशाली सासद हुन संघीय समाजवादी फोरम नेपाल पर्साको क्षेत्र नं ३ वाट बिजयी सासद हरिनारायण रौनीयार ।
सासद रौनीयारले बिकासको बिषयमा भारतीय प्रधानमंत्रीसंग छलफल गरेको दावी गरिएको छ । उनले भारतीय प्रधानमंत्री मोदी संग “नेपालको २ नम्बर प्रदेशको बिकास नभई भारतको बिकास पनि पूर्ण नहुने ” बताएको सार्वजनीक भएको छ  ।


नेपाल भित्र करिव ५ किलोमिटर लम्वाईको निर्माण हुने पक्की पूलको ठेक्का अन्र्तगत राज्यको १२ अर्व होल्ड गरेर बसेको निर्माण कम्पनी पप्पु कन्स्ट्रक्शनका संचालक समेत रहेका रौनीयारको यो प्रदेशको बिकासप्रेम चाही चाख लाग्दो हुदै गएको छ । भारतीय प्रधानमंत्री समक्ष आफनो नाम समेत भन्न नभ्याउने समय तालिकामा रौनीयारले यती कुरा गरेकै होलान त ? भन्ने गम्भिर सवाल उठेको छ ।

 

भारतीय प्रधानंत्रीले रौनीयारलाई जती समय दिएर छलफल गरे त्यती समय अन्य केहीलाई पनि दिएको भए बार्हबिगाह मैदानको कार्यक्रम समयमै शुरु हुन्थ्योहोला र ? जनतालाई मुर्ख बनाउन भारतीय प्रधानमंत्रीलाई नै दुरुपयोग गर्ने पारालाई इमान्दार पारा भन्न नसकिने नाम उल्लेख नगर्ने शर्तमा संघीय समाजवादी फोरम नेपालका एक युवा नेताले बताएका छन ।

 

पार्टी भित्र बिकास हुदै गएको गुट अस्वस्थ अन्तरसघर्षमा रौनीयार बलियो बन्ने धुनमा छन त्यसकालागि उनले राजनीतिमा पाच्य हुने नहुने सबै काम गर्ने उनी निकटकैले बताउनु थालेका छन । “ढाँटेको कुरा काटे मिल्दैन” भने जस्तै सस्तो लोकप्रियताको चक्करमा परेर सासद रौनीयारले आफनो छवी झनै धुमील बनाउदै छन । उनी र भारतीय प्रमवीच भेटवार्ता भएकै हो त भन्ने सवाल अहिले आएर एकाएक उठन थालेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

वीरगंज कलेजमा बिदाई कार्यक्रम,अनुशासन पालनामा जोड

वीरगंज । वीरगंज कलेजले १२ कक्षाको परिक्षामा सामेल हुने आफनो कलेजका बिद्यार्थीहरुको बिदाई कार्यक्रम गरेको छ ।

घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता

काठमाडौं । पुरानो र्‍याप भिडियोमा प्रयोग भएका शब्दका माध्यमले घृणा फैलाएको भन्दै प्रधानमन्त्री बालेन शाह बिरुद्ध प्रहरीको साइवर ब्यूरोमा उजुरी दर्ता भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.