logo

इन्सेकद्वारा संचालीत योजनाको अनुगमन अनुदानको भरमा मात्र स्थानीय तहले नागरिक अपेक्षा पुरा गर्न सक्दैनन: पराजुली

      5/9/2018 गते 00 00 मा प्रकाशित     1093   पटक पढिएको

०७५ बैशाख २६ गते
पर्सा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का ब्यवस्थापन प्रमुख प्रेम पराजुलीले स्थानीय तहले आय आर्जनको काम गर्न सकेनन भने अनुदानका भरमा मात्र नागरिक अपेक्षा पुरा गर्न नसक्ने बताएका छन । मानव अधिकार निगरानी समुहले सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मधुवन मथवलमा बैशाख २६ गते बुधवार आयोजना गरेको परियोजना समबन्धी स्थानीय स्तरको सल्लाहकारहरुको बैठकमा उनले यस्तो बताएका हुन ।

ब्यवस्थापन प्रमुख पराजुलीले स्थानीय स्तरमा जनताको आम्दानी जती बढ्छ त्यतीनै उनीहरुले कर तिर्ने भएकोले स्थानीय सरकार बलियो हुने बताए । यस्तो खाले अवस्थाको निर्माणकालागि स्थानीय सरकारले योजना ल्याउनु पर्नेमा उनले जोड दिए । उनले स्थानीय जनताको सुखमा मात्र सरकार बलियो हुने स्पष्ट पारे । नागरिक आर्थिक रुपमा कमजोर भए दुखी हुन्छन नागरिक दुखी हुदा सरकार कमजोर हुन्छ पराजुलीले भने “जनताको आवश्यकताको आपूर्ती नहुदा सरकार कमजोर हुन्छ ।

उनले सरकारले आफनो सीमा क्षेत्र भित्र सबै बिद्यार्थीले ए प्लस ल्याउने बतावरण बनाउन आवश्यक रहेको बताए । उनले कोही नागरिक स्वास्थ्य उपचारकोलागि अन्यत्र जाने अवस्था नआवोस भन्ने वतावरण बनाउन जरुरी रहेको बताए । उनले हिजो सिंह दरवार र सदरमुकाममा स्थित अड्डाहरुमा रहेको अधिकार अहिले स्थानीय तहमा पुगेको चर्चा गर्दै अव कामकालागि माथि जानु पर्ने अवस्था नरहेको बताए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रदीप जयसवालले किसानको आय बढाउने त्यसकोलागि सिचाईको ब्यवस्था गर्न लागिएको जानकारी दिए ।



इन्सेकको टोलीले आजै श्री नेपाल राष्ट्रीय लक्ष्मण चन्द्रज्योती माध्यामिक बिद्यालयमा रहेको वाल अधिकार चेतना समुहका पदाधिकारीसंग पनि छलफल गरेको थियो । बाल अधिकार चेतना समुहमा संगठीत भएका बिद्यार्थीहरु जहिले पनि अब्बल हुन दत्तचीत्त भएर लाग्नु पर्ने सुझाव इन्सेकका केन्द्रीय ब्यवस्थापन प्रमुख प्रेम पराजुललीले दिए । वालअधिकार चेतना समुहको संचालन उनीहरुले निर्माण गरेको कार्ययोजना र संचलान भएका कार्यक्रमको बिषयमा छलफल भएको थियो ।

कार्यक्रममा वाल अधिकार चेतना समुहका पदाधिकारी बिद्यालयका प्रअ भोजराज गौतम सहायक प्रअ पूर्ण ढकाल र संरक्षक शिक्षक नवराज चापागाई लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

चिया चौतारो छाडेर,श्रमदानमाबाटै हुलाकी सडक सफा गर्दै सुवर्णपुरका स्थानीय

ठोरी । ठोरी गाउँपालिका–५ सुवर्णपुरस्थित ओरिया खोला पुल नजिकको बागमोर्चा क्षेत्रका स्थानीयवासीले शनिबार बिदाको समय सदुपयोग गर्दै हुलाकी सडक सरसफाइ गरेका छन।

विपद् राहत कोषमा मदिना जामे मस्जिदद्वारा १ लाख १ हजार रुपैयाँ सहयोग

वीरगञ्ज ।वीरगञ्ज महानगरपालिका–६ स्थित मदिना जामे मस्जिदले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.