logo

पत्रकार लामिछानेलाई विभिन्न संस्थाद्वारा सम्मान

      5/9/2018 गते 00 00 मा प्रकाशित     1676   पटक पढिएको

वीरगन्ज, २६ बैशाख । 
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ मा उपाध्यक्षमा निर्वाचित के.सी. लामिछानेलाई विभिन्न संघ संस्थाले बुधबार सम्मान गरेका छन ।

 

उपाध्यक्षमा निर्वाचित लामिछानेलाई पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ र बाराको सिमराबाट प्रसारण हुने रेडियो समर्पणले सम्मान गरेका हुन  । लामिछानेको गृह गाउँ पटेर्वा सुगौली वडा नम्बर २ मा बुधवार एक समारोहको आयोजना गरि उनलाई सम्मान गरिएको हो ।

 

वडा अध्यक्ष विजय गैरे सहितका स्थानीयले खादा, अविर दोसल्ला र सम्मानपत्र सहित सम्मन गरेका हुन । लामिछाने पटेर्वा सुगौली गाउँपालिकाका वडा नं २ गादीका स्थायी बासिन्दा हुन  ।

त्यस्तै बाराको सिमरामा रहेको रेडियो समर्पणले पनि लामिछानेलाई सम्मान गरेको छ । लामिछानेलाई रेडियोका प्रबन्ध निर्देशक संतोष देउजा, समाचार प्रमुख सुप्रिया ढकालले खादा र अविर लगाएर सम्मान गरेका थिए ।

 

नेपाल पत्रकार महासंघ पर्साको पूर्व अध्यक्ष समेत रहेका लामछिाने गएको बैशाख २२ गते भएको नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ प्रदेश समितिको निर्वाचनमा चारसय ६४ मत ल्याएर उपाध्यक्षमा विजयी भएका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

पार्टीलाई जनताकावीचमा स्थापित गर्न एक ढिक्का भएर लाग्न इन्चार्ज हजराको अपिल

वीरगंज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज प्रभू हजराले पार्टीलाई जनताको वीचमा स्थापित गर्नकालागि जनसरोकारका मुद्धालाई नेतृत्व गर्नु पर्ने बताएका छन ।

खयर लोड गरिएको ट्रक नियन्त्रणमा, निकुञ्जले चेकजाँच गर्दै, रक्षकहरु नै भक्षक भएको आरोप

वीरगंज । छुटपूर्जी भन्दा बढी काठका गोलिया लोड गरेको आशंकामा सशस्त्र प्रहरीले एउटा ट्रक नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको ट्रक भित्र भएको काठको बिषयमा चितवन राष्ट्रीय निकुञ्जबाट आएको टोलीले छानविन गर्ने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.