logo

टिकुलीयाघाटको पुल नबन्दा स्थानीयलाई सास्ती पप्पु कन्स्ट्रक्सनलाई मस्ती

      5/8/2018 गते 00 00 मा प्रकाशित     1530   पटक पढिएको

गौर २५ बैशाख ।
रौतहटको सदरमुकाम गौरलाई औरैया नगरपालिकासंग जोड्ने टिकुलीया घाटको पूल नबन्दा त्यस क्षेत्रका नागरिकले निकै सास्ती खेप्नु परेको छ । ठेकेदार पक्षको लापरवाहीका कारण पुल नबनेको स्थानीयको आरोप छ । 


बर्षायाम शुरु हुन लागेको छ । बकैयामा आउने बाढी र हिलाम्मे सडकले औरैया नगरवासीलाई गौर पुग्न निकै सकस हुने गरेको छ ।  तर पुल निर्माणको जिम्मा लिएको नेपालकै “क”श्रेणीको निर्माण कम्पनी पप्पु कन्सट्रक्सन नागरिकको यो पीडालाई बुझ्ने प्रयास गरेको छैन । मुनाफा आर्जनमा दौडेको निर्माण कम्पनीले समाज कल्याणको काम गर्नु “आकाशको फल आँखा तरि मर ”भने जस्तै हुने ठान्दछन औरैया नगरवासी ।


    टिकुलीयाघाटमा बन्दै गरेको बकैया पुल समयमै नबन्दा स्थानीय नागरिक आक्रोशीत छन ।  तत्कालीन प्रधानमंत्री शुसिल कोइरालाद्वारा शिलान्यास गरिएको पुल निर्माण नहुदा राजनीतिक रुपमा नेपाली कांग्रेसलाई समेत घाटा पुगेको छ ।

 

राजनीतिक उपस्थितिकालागि मात्र पुलको शिलान्यास भएको जस्तो लागेको स्थानीयले बताए । रौतहटको २ नम्बर क्षेत्रका नागरिकको सदरमुकासंगको सम्बन्ध बर्षायाममा  पुल नबनेकै कारण सम्बन्ध टुटने गरेको स्थानीय भूवनेश्वर शाहीले बताए । 


निर्माण कम्पनीले भने पुल निर्माणको अवधी बढाउन माग गर्दै तालुकवाला अड्डामा निवदेन दिएको बुझिएको छ । रौतहटका सडक बिभागका प्रमुख सुमन महतोले भने आफू नयाँ आएकोले त्यस बिषमा बुझ्ने प्रतिक्रिया दिएका छन ।


२ सय २५ मिटर लम्बाई भएको पुल निर्माण शहरी बिकास मंत्रालयसंग १६ करोड ८६ लाख रुपैयामा पप्पुले ठेक्का सकार गरेको थियो । पुल निर्माण गरि हस्तान्तरण गर्ने समय सकिदा समेत आधा पनि काम नसकिएको अवस्था छ ।

काम बारे गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ताले पर्साको क्षेत्र नं ३ बाट निर्वाचित सासद तथा कम्पनीका मालिक हरिनारयण रौनीयारसंग चासो राख्दा रौनीयारले पुल निर्माणको काम बेलैमा सक्न आफूले प्रयास गरिरहेको जानकारी दिएको स्रोतले बताएको छ ।


समयमा पुल बन्न नसक्दा औरैया,बन्जराह,मठिया ,जोकाहा,जटहरा लगायतका गाउँका जनता भने मर्कामा परेका छन । रौनीयारका कारण समस्यामा परेका रौतहटबासी उनकोे बिकास र समृद्धिको नारा फलाकेर नथाक्ने बानी देखेर भने तीन छक्क परेका छन । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.