logo

राष्ट्रिय सुरक्षाकालागि  सेनालाई मजवुत बनाइने  - प्रम ओली 

      5/7/2018 गते 00 00 मा प्रकाशित     783   पटक पढिएको

काठमाडौं २४ बैशाख । 
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सुरक्षामा धावा बोल्ने माथी सरकारले कडा नीति लिने बताएका छन  । सोमवार सिंहदरवारमा बसेको  राष्ट्रिय सुरक्षा परिषदको १७ औं सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।प्रधानमन्त्री ओलीले कहिले जनताका नाममा ,कहिले जातिका नाममा आतंक मच्चाउनेहरुलाई नछोडिने चेतावनी दिएका छन  । 

 

प्रधानमंत्री ओलीले सम्बोधनका क्रममा राष्ट्र निर्माणको महाअभियानमा लागेका बेला यसलाई विभिन्न नाममा अवरोध गर्नेहरुप्रति सरकार टुलुटुलु हेरेर नवस्ने बताए । 
प्रधानमन्त्री ओलीले नेपाल लोकतान्त्रिक मार्गमा द्रुत गतिमा अघि बढ्ने र देश भौगोलिक रुपमा अखण्ड रहने बताए  ।  

 

प्रधानमन्त्री ओलीले नेपाली सेनाले सबै प्रकारका उतारचढाव देख्दै आएको र राष्ट्रहितको पक्षमा उभिएको बताएका छन  ।प्रधानमन्त्री ओलीले नेपालीहरु तोपसँग खुकुरीले लडेर जित हासिल गरेको जाती भएको स्मरण गर्दै राष्ट्रिय सुरक्षा र नेपाली सेनालाई भित्रैदेखि बलियो बनाउने  बताए । 

 


प्रधानमन्त्री ओलीले सरकारले राष्ट्रिय सुरक्षा सम्बन्धि धारणालाई समयअनुकुल ढंगले अघि बढाउने तयारी गरेको बताए  । दासता नस्विकारेका र पराधिन नभएको नेपाल अनन्तसम्म यही हैसियतमा रहने प्रधानमंत्री ओलीले प्रष्ट पारे ।


बैठकमा रक्षामन्त्री इश्वर पोख्रेल,अर्थमन्त्री डा.युवराज खतिवडा प्रधानमन्त्रीका मूख्य सल्लाहकार बिष्णु रिमाल लगायतको उपस्थिति थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.