logo

 गाउँपालिका उपप्रमुख चौधरी प्रहरी नियन्त्रणमा,रक्सीका कारण चल्यो गोली

      5/6/2018 गते 00 00 मा प्रकाशित     796   पटक पढिएको

कृष्णमोहन साह
सेढवा २४ बेशाख । 
पर्सा प्रहरीले जिराभवानी गाउँपालिकाका उपप्रमुख उषा चौधरीलाई नियन्त्रणमा लिएको छ ।
हिजो इलाका प्रहरी कार्यालय सेढवामा स्थानीय र प्रहरीकावीच भएको झडप उनकै निर्दैशनमा भएको भन्दै चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याएको छ । 
    हिजो भएको झडपमा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको थियो । प्रहरीलाई नै अपहरण गर्न खोज्ने ४ जना भारतीय नागरिकलाई पनि प्रहरीले पक्राउ गरेको छ । तिनै भारतीयलाई छुटाउनकालागि स्थानीयले प्रहरी कार्यालय घेराउ गर्दा हिजो झडप भएको हो । प्रहरीले भारत बिहारको बेतिया जिल्लाको भंगाहा थाना अन्र्तगत पर्ने शिसवा निवासी बजरंगी गौरो ,रामप्रवेश गौरो,बिष्णुभर गौरो,र दिनदयाल महतोलाई पक्राउ गरेको हो ।
हिजो नेपाल प्रवेश गरि मदिरा सेवन गरेर एउटै मोटरसाइकलमा चार जना सवार भएर भारत तर्फ फर्कन खोज्दा सीमावर्ती चौकी बलुवा नजिक डिउटीमा खटिएको प्रहरीले चेकजाँचको क्रममा रोकी सम्झाउदा प्रहरीलाई नै गाली गरेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका दुईजनालाई उनीहरुकै मोटरसाइकलमा र अन्य दुई जनालाई प्रहरीको मोटरसाइकलमा राखी प्रहरी हवल्दार बीर बहादुर गुरुङले ल्याउन खोज्दा प्रहरी हवलदार गुरुङलाई उनीहरुले भारत तर्फ लगेका थिए । अपहरण शैलीमा प्रहरी हवलदार लिएर भारत तर्फ गइरहेकाहरुलाई भारतीय प्रहरी एसएसवीको टोलीले पक्राउ गरि नेपाल प्रहरीलाई बुझाएको थियो । 
प्रहरीलाई अपहरण गर्न खोजेको आरोपमा उनीहरुलाई कारवाही अगाडि बढाउन इलाका प्रहरी कार्यालय सेढवामा ल्याएपछि स्थानीय आक्रोशित भएका हुन । स्थानीयहरुले आफना आफन्तलाई प्रहरीले फसाउन खोजेको भन्दै  प्रहरी बिरुद्ध राती आठ बजे देखी नारावाजी गरेका थिए ।
स्थानीयले प्रहरीको बा २ ब ५७०५ तथा ना १४ प ४५७७ नम्बरको सरकारी मोटर साइकल जलाएका छन । जिल्ला प्रहरी कार्यालय पर्साको मोटरमा समेत तोडफोड गरेका छन । स्थानीय बासी तोडफोड र आगजनीमा उत्रिएपछि प्रहरीले १२ राउण्ड हवाई फायर गरेको प्रहरी प्रवक्ता डिएसपी राजन लिम्बुले जानकारी दिनु भयो  अहिले त्याहाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

समाज

सखुवा प्रसौनी गाउँपालिकामा शिक्षा सुधार अभियान, गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी

पंचगावा ।सखुवा प्रसौनी गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार ल्याउने उद्देश्यसहित नेपाल रष्ट्रिय माध्यामिक बिद्यालय  महुवनका पूर्व प्रधानाध्यापक भरत गिरीलाई शिक्षा प्रमुखको जिम्मेवारी दिएको छ।

वीरगंजमा हुण्डी कारोबारमा संलग्न युवक पक्राउ, साढे चार लाख रुपैयाँ बरामद

वीरगंज ।  विशेष सूचनाका आधारमा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक युवकलाई पक्राउ गरेको छ।

खेलकुद

उराव फुटबल क्लब बन्कुललाई रङपुर नकआउट फुटबलको उपाधि

रंगपुर ।  पटेर्वा सुगौली गाउँपालिका–२ मा रङपुर युवा समाजद्वारा आयोजित नकआउट फुटबल प्रतियोगिताको उपाधि उराव फुटबल क्लब बन्कुलले हात पारेको छ।

स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा  फुलपातिको दिनदेखि ‘ठोरी गोल्ड कप’ सुरु हुने

वीरगञ्ज ।  स्व. समाजसेवी रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजना हुने ठोरी गोल्ड कप फुटबल प्रतियोगिता आश्विन १३ गते (फुलपाति) बाट सुरु हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.