logo

चौतारी सेन्टरको बैठक सम्पन्न,चौहानको नेतृत्वमा रहेको प्यानललाई जिताउने निर्णय

      4/24/2018 गते 00 00 मा प्रकाशित     1326   पटक पढिएको

बीरगंज १२ बैशाख । 
प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल पर्साको संयुक्त बैठक बुधवार बीरगंजमा सम्पन्न भएको छ ।

ब्यवसायीक मर्यादा र श्रमजीवी पत्रकारको पेशागत हितका लागि प्रेस चौतारी नेपाल ,नेपाल प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त गठबन्धनले निर्वाचन जित्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालेको छ ।

 

तीनै संगठनको तर्फबाट बैठकले दीपेन्द्र चौहानको नेतृत्वमा रहेको संयुक्त प्यानललाई बिजयी गराउनकालागि बिभिन्न कार्यक्रमहरु गर्ने निर्णय गरेको छ । 


बैठकमा तीनवटै संगठनले केन्द्रमा निर्माण गरेको गठबन्धनलाई कमजोर र बिकृत तुल्याउने कुनै पनि हरकत सह्य नहुने निर्णय गरेको छ । 


संयुक्त प्यानलको खिलाफमा जाने गतिविधि र र अभिब्यक्ति दिने दुबै संगठनका जो कोही सदस्यहरु कारवाहीको दायरामा आउने बैठकले निर्णय गरेको छ ।

 

बैठकले ब्रोडकास्टिङ एशोशिएसन अफ नेपालका प्रदेश २ का संयोजक आर.सी.यादव माथि भएको कुटपीटको कडा शब्दमा निन्दा गरेको छ । पत्रकारिता पेशा प्रति पश्न खडा गर्ने यसता गतिविधि दुःखदायी भएको बैठकले निर्णय गरेको छ । 


बैठकमा प्रदेश २ का नेपाल पत्रकार महासंघका उपाध्यक्षका उम्मेदवार के.सी.लामिछाने सदस्यका उम्मेदवार जगत राई  अको¥यावका महासचिव गोविन्द देवकोटा,नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य महेश दास ,  श्याम बन्जारा, शत्रुघन नेपाल, महेशचन्द्र गौतम, अरबिन्द सिँह, निरज पिठाकोठे तिवारी यादब, जितेन्द्र साह, मनोज पटेल, सन्तोष पटेल, सफल खतिवडा, ग्यासु मियाँ, बिजय भण्डारी,बृजलाल पासवान, संजिब मिश्र, पुष्पराज तिमल्सिना, बिनोद परियार, राकेश साह लगायतको सहभागिता रहेको थियो । बैठक अनुप तिवारीको अध्यक्षतामा भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.