logo

प्रदेश दुईमा एक अरव दुई करोडको बजेट प्रस्तुत,सांसद लाई दश लाख बिकास बजेट

      4/24/2018 गते 00 00 मा प्रकाशित     877   पटक पढिएको

धनुषा-

प्रदेश नम्बर २ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। 

आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मंगलबार एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ ५७ करोड ८० लाख ३१ हजार रुपैयाँ अर्थात् ५६ दशमलब ६४ प्रतिशत र पुँजीगततर्फ ४४ करोड २४ लाख ६८ हजार रुपैयाँ अर्थात् ४३ दशमलव ३६ प्रतिशत छ। 
प्रदेशको विकास र समृद्धिका लागि कृषि, सिँचाइ, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, साना तथा घरेलु उद्योग, निजी क्षेत्रको विकास, सूचना प्रविधिको विकास, सामाजिक पुँजीको परिचालन, रोजगारी सिर्जना जस्ता बिषयलाई बजेटमा समावेश गरिएको छ। 

चालु आर्थिक वर्षको बजेटमा सुशासन, नीतिगत, कानुनी र संरचनागत पूर्वाधार निर्माण, सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि, समाजिक सुरक्षा, संघ र स्थानीय तहसँग सहकार्य, समन्वय र साझेदारीको संस्कृति विकास, सार्वजनिक खर्चमा वित्तीय अनुशासन र पारदर्शिता, वातावरणीय स्वच्छता अभिवृद्धि प्रदेशको ऐतिहासिकताको संरक्षण र प्रवर्द्धन, प्रकोप व्यवस्थापन, महिला सशक्तीकरण र क्षमता विकास तथा प्रदेश प्रोफाइल निर्माणलाई प्राथमिकतामा राखिएको छ। 

प्रस्तुत बजेटमा 'स्वच्छ प्रदेश : स्वस्थ जनता' कार्यक्रम अन्तर्गत मुख्यमन्त्री स्वच्छता अभियानका लागि एक करोड ५० लाख रुपैयाँ, 'किसानको हितः सरकारको जित' कार्यक्रम अन्तर्गत कृषि क्षेत्रका विकासका लागि नौ करोड, राहत तथा पुनः स्थापना अन्तर्गत प्राकृतिक प्रकोपबाट प्रभावित पीडितको तत्काल उद्धार, राहत र उपचारका लागि प्राकृतिक विपद् व्यवस्थापन कोष स्थापनाका लागि रु दुई करोड, मुख्यमन्त्री राहत तथा पुनः स्थापना कोषका लागि रु पाँच करोड, जंगली जनावरको आक्रमणबाट हताहत भएका नागरिकका परिवारजनको राहत तथा पुनः स्थापनाका लागि ५० लाख रुपैयाँ छुट्याइएको छ।

यस्तै, मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियानका लागि ८० लाख, संसद् विकास कोषअन्तर्गत प्रत्येक सांसदलाई १०/१० लाखका दरले १० करोड ७० लाख रुपैयाँ तथा दुई वा दुईभन्दा स्थानीय तह जोड्ने सडक निर्माण, स्तरोन्नति र मर्मतसम्भारका लागि चार करोड ८० लाख रकम विनियोजन गरिएको छ। 

प्रस्तुत बजेटमा नयाँ कर लगाइएको छैन भने सरकारले उपलब्ध गराएको बजेटकै आधारमा बजेट बनाइएकाले यथार्थपरक रहेको बताइएको छ। 

मन्त्री यादवले प्रस्तुत गरेको बजेट वक्तव्यको टेबुल समेत गरिएको छ। अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ। (रासस)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.