logo

अपराध महाशाखा प्रमुख यस्ता छन पाँच प्रमुख प्रथामिकता 

      4/22/2018 गते 00 00 मा प्रकाशित     971   पटक पढिएको

काठमाडौं ९ बैशाख।  महानगरीय अपराध महाशाखाको कमाण्ड यतिवेला एसएसपी धिरज सिंहको हातमा पुगेको छ । 

 सिंह संघीय प्रहरी इकाइ कार्यालय, बागमतीबाट आएका हुन् ।कडा अनुशासन र शून्य सहनशीलतामा जोड दिने सिंहको कमाण्डले माहाशाखालाई थप गतीशील बनाउने छ ।


अपराध अनुसन्धानमा विशेष अनुभवी मानिने सिंहले  सबै प्रकारको गुन्डागर्दीलाई पूर्ण नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा राखेका छन । फरार अपराधीको खोजी र पक्राउ मेरो उनको दोश्रो प्रथामिकता रहेको छ ।
सुरक्षाका निम्ति चुनौती बनेको साना हतियारको प्रयोग ,ओसार पसारलाई नियन्त्रण गरेर शान्ति सु ब्यवस्था कायम राख्ने कुरा उनको तेश्रो प्रथामिकतमा परेको छ । 

एसएसपी सिंहको योजनाको चौथो बुँदामा तस्करी र हुण्डी जस्ता आर्थिक अपराधविरुद्ध सशक्त कारबाही छ । सिंहले मानव अधिकारको प्रत्याभूती संरक्षण र प्रर्वद्धनलाई समेत आम नागरिकले अनुभुत गर्न पाउने गरि कार्य सम्पादन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । 

त्यसबाहेक गृहमन्त्रालयले जारी गरेको ८२ बुँदे मार्ग चित्र र प्रहरी महानिरीक्षकद्वारा सार्वजनीक गरिएका मार्गचित्रलार्इ पनि अनुशरण गर्दै अघि बढ्ने उनको योजना छ ।

 सुसुप्त रहेको अपराधले संगठित रुप लिन सक्ने सम्भावनाहरु छन् । यसलाई रोक्नु हाम्रो चुनौतीपूर्ण छ उनले भने त्यही चुनौतीलाई सामना गर्ने हो । 


जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुख हुँदा सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई गोली प्रहार गर्ने सुटर रुपेश गिरीलाई समेत उनले पक्राउ गरेका थिए ।

पर्सामा प्रहरी प्रमुख भएका वेला उनले तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए । शान्ति सुरक्षा कायम गर्नुका साथै प्रथाजन्य कुरितीको बिरुद्ध अभियान नै चलाएका थिए । पर्साका गाउँ गाउँमा पुगेर उनले जनताको भावना बुझेर प्रहरी जनताकोलागि हो भन्ने कुरा स्थापित गराएका थिए ।

 

कानूनको सवलीकरणकालागि उनले नागरिक समाजका बिभिन्न सरोकार समुहसंग निरन्तर सम्वाद चलाएका थिए । यसले नागरिक मैत्री प्रहरीको भूमिका स्थापित भएको थियो ।

पछिल्लो पटक दाङका व्यवसायी राजकुमार श्रेष्ठ हत्याको प्रमुख अभियुक्तलाई पक्राउ गरेको श्रेय पनि उनैलाई जान्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.