logo

अपराध महाशाखा प्रमुख यस्ता छन पाँच प्रमुख प्रथामिकता 

      4/22/2018 गते 00 00 मा प्रकाशित     1010   पटक पढिएको

काठमाडौं ९ बैशाख।  महानगरीय अपराध महाशाखाको कमाण्ड यतिवेला एसएसपी धिरज सिंहको हातमा पुगेको छ । 

 सिंह संघीय प्रहरी इकाइ कार्यालय, बागमतीबाट आएका हुन् ।कडा अनुशासन र शून्य सहनशीलतामा जोड दिने सिंहको कमाण्डले माहाशाखालाई थप गतीशील बनाउने छ ।


अपराध अनुसन्धानमा विशेष अनुभवी मानिने सिंहले  सबै प्रकारको गुन्डागर्दीलाई पूर्ण नियन्त्रण आफ्नो पहिलो प्राथमिकतामा राखेका छन । फरार अपराधीको खोजी र पक्राउ मेरो उनको दोश्रो प्रथामिकता रहेको छ ।
सुरक्षाका निम्ति चुनौती बनेको साना हतियारको प्रयोग ,ओसार पसारलाई नियन्त्रण गरेर शान्ति सु ब्यवस्था कायम राख्ने कुरा उनको तेश्रो प्रथामिकतमा परेको छ । 

एसएसपी सिंहको योजनाको चौथो बुँदामा तस्करी र हुण्डी जस्ता आर्थिक अपराधविरुद्ध सशक्त कारबाही छ । सिंहले मानव अधिकारको प्रत्याभूती संरक्षण र प्रर्वद्धनलाई समेत आम नागरिकले अनुभुत गर्न पाउने गरि कार्य सम्पादन गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन । 

त्यसबाहेक गृहमन्त्रालयले जारी गरेको ८२ बुँदे मार्ग चित्र र प्रहरी महानिरीक्षकद्वारा सार्वजनीक गरिएका मार्गचित्रलार्इ पनि अनुशरण गर्दै अघि बढ्ने उनको योजना छ ।

 सुसुप्त रहेको अपराधले संगठित रुप लिन सक्ने सम्भावनाहरु छन् । यसलाई रोक्नु हाम्रो चुनौतीपूर्ण छ उनले भने त्यही चुनौतीलाई सामना गर्ने हो । 


जिल्ला प्रहरी कार्यालय, पर्साको प्रमुख हुँदा सहायक प्रमुख जिल्ला अधिकारी बलबहादुर मल्ललाई गोली प्रहार गर्ने सुटर रुपेश गिरीलाई समेत उनले पक्राउ गरेका थिए ।

पर्सामा प्रहरी प्रमुख भएका वेला उनले तस्करी नियन्त्रणमा उल्लेखनीय भूमिका खेलेका थिए । शान्ति सुरक्षा कायम गर्नुका साथै प्रथाजन्य कुरितीको बिरुद्ध अभियान नै चलाएका थिए । पर्साका गाउँ गाउँमा पुगेर उनले जनताको भावना बुझेर प्रहरी जनताकोलागि हो भन्ने कुरा स्थापित गराएका थिए ।

 

कानूनको सवलीकरणकालागि उनले नागरिक समाजका बिभिन्न सरोकार समुहसंग निरन्तर सम्वाद चलाएका थिए । यसले नागरिक मैत्री प्रहरीको भूमिका स्थापित भएको थियो ।

पछिल्लो पटक दाङका व्यवसायी राजकुमार श्रेष्ठ हत्याको प्रमुख अभियुक्तलाई पक्राउ गरेको श्रेय पनि उनैलाई जान्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

९ महिला सहित ८१ जनाद्वारा रक्तदान

वीरगंज । बीरगञ्ज पब्लिक कलेजको आयोजना तथा राउण्ड टेबल नेपाल (बीरगञ्ज राउण्ड टेबल ३) को सहकार्यमा कलेज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

डोली यात्राको पूर्वसन्ध्यामा ८ महिला सहित ६५ जनाद्वारा रक्तदान

वीरगंज ।  माइस्थान मन्दीर सञ्चालक समिति वीरगंजले  आयोजना गरेको रक्तदान कार्यक्रममा ६५ जनाले रक्तदान गरेका छन् ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.