logo

दाइजोको निहुमा आगोले पोलेर बुहारीको हत्या प्रयास आरोपीहरु फरार

      4/6/2018 गते 00 00 मा प्रकाशित     1540   पटक पढिएको

बीरगंज २३ चैत ।
छिपहरमाई गाउँपालिका वडा नं ४ तुलसीवर्वा निवासी १८ वर्षिया रविना खातुनलाई  उनका पति २२ वर्षिय साविर मिया धोवी ५२ वर्षिय ससुरा फर्जन मिया ५० वर्षिया सासु शोभा खातुन र १७ वर्षिया नन्दा नजरानाले  आगो लगाएर मार्ने प्रयास गरेको सार्वजनीक भएको छ । 

 

    खातुनलाई चैत १३ गते जलाएर उनलाई कुनै उपचार नगराई घरमै बन्दक बनाएर राखिएको थियो । श्रीमान र उनको परिवारले गहना दाइजो बापत माग गरेका थिए ” मैले हुदैन भनेपछि उनीहरुले आगो लगाए  खातुनले भनिन । 
    उनले लगाएका गहना खोसेर उनलार्ई घरबाट निकाल्न खोज्दा उनले प्रतिकार गरेपछि आगो लगाइएको उनले बताइन । पहिला १७ वर्षिया नन्द नजरानाले आगोको अगुल्टोले पोलेको उनले बताइन । नन्दले आगो झोस्न थाले पछि परिवारका अरु सदस्यले आफूलाई समातेको उनले बताइन । 

 

    पर्सा प्रहरीका प्रवक्ता राजन लिम्बुले परिवारबाट मार्ने नियतले आगो लगाइएको देखिएको बताए । १३ गते घटना भएपनि खातुन २१ गते घरबाट भागेर बीरगंज चल्ने बस मार्फत बीरगंजको वडा नं ३ छपकैयामा रहेको आफनी ठुली आमाको घरमा आइपुगेपछि मात्र २२ गते घटना सार्वजनीक भएको हो । उनी २२ गते महिला तथा वालवालिका सेवाकेन्द्रमा  उजुरी गर्न पुगेपछि उनलाई उपचारको लागि पनि भर्ना गरिएको प्रवक्ता लिम्बुले बताए ।खातुनको अहिले बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।


खातुनको दाहिने खुट्टा र कम्मरमा आगोले पोलेको छ । रविनाले दिएको उजुरीको आधारमा प्रहरीले आफनो मातहत निकायालाई उनीहरुलाई उपस्थिति गराउनकालागि निर्देशन दिएको प्रवक्ता लिम्बुले बताए । प्रवक्ता लिम्बुका अनुसार खातुनका श्रीमान भने फरार भएका छन । 

 

खातुनाका अनुसार दिल्लीमा काम गर्ने श्रीमानले त्यतै बिवाह गरेको र उनीहरुबाट एउटा छोराको समेत जायजन्म भएको छ । बिवाह भएको तीन वर्ष भइसक्दा पनि खातुन आमा नबनेको भन्दै अर्कीलाई भित्रयाएर खातुनलाई हटाउन खोजेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनायो । रबिनाको माइत भारतको बिहार राज्यको पारसवा, भेलाही । तीन वर्षअघि उनको विवाह भएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.