logo

बीरगंजको आइसिपी नेपाल र भारतका प्रधानमंत्रीले दिल्लीबाटै उद्धघाटन गर्ने

      4/5/2018 गते 00 00 मा प्रकाशित     711   पटक पढिएको

बीरगंज २३ चैत। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पर्साको वीरगञ्जस्थित एकीकृत सुरक्षा जाँच पोष्ट (आइसीपी) संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।

 

प्रधानमन्त्री ओली भारत भ्रमणमा गएको बेला दिल्लीबाट चैत २४ गते बटन दबाएर आइसीपीको उद्घाटन गर्ने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

 

लगभग तयारी अवस्थामा रहेको वीरगञ्जस्थित आइसीपीको अवलोकन गर्न नेपालका लागि भारतीय राजदूत मन्जिम्भसिंह पुरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले  १९ चैतमा आइसीपीको  अवलोकन भ्रमण गरेका थिए ।

 

अवलोकनपछि मन्त्री यादवले २२ गते पछि जुन सुकै बेला आइपीसी  उद्घाटन हुने भन्दै बाँकी काम सक्न र उद्धघाटनकालागि तयारी पुरा गर्न निर्देशन दिएका थिए । 

 

चैत २३ गतेदेखि हुन गइरहेको भारत भ्रमणको क्रममा २४ गते हुने संयुक्त पत्रकार सम्मेलनमा आइसीपी र पञ्चेश्वर जलबिधुत आयोजनाको दुवैजना प्रधानमन्त्रीले उद्घाटन गर्ने बताइएको छ । 

 

नेपाल भारतको व्यपार व्यवसायीलाई सहजीकरण गर्नका लागि संयुक्त रुपमा सो पोष्ट तयार गरेको हो । यो पोष्ट तयार भएपछि दुवै देशलाई समान निर्यात र आयातमा फाइदा पुग्ने विश्वास लिएको छ । आइसिपीमा विद्युत सवस्टेशन, कार्गो भवन, क्वारेन्टाइन भवन, प्रशासनिक भवन, गोदाम, सुरक्षा व्यारेक, शौचालय ब्लगलगायत संरचना तयार भइसकेको छ । 

 

भारततर्फबाट सबै संरचना तयार भएपनि नेपालतर्फ बाटोको काम अझै सकिएको छैन । यद्यपि बाटोको काम धमाधम भइरहेको छ । 

 

नेपालतर्फ पर्साको अलौंमा ११५ बिघा र भारततर्फ ११० बिघा गरी सवा दुई सय बिघामा  आइसीपी तयार भएको छ ।  संरचना निर्माण गर्दा अलौंका स्थानीयको जग्गा पनि परेको छ । त्यसको मुआब्जा नपाएको भन्दै  उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

 

अनुगमनमा गएका मन्त्री यादवले सबैलाई मुआब्जा दिने व्यवस्था सरकारले चाँडै गर्ने भनेपछि आन्दोलन स्थगित भएको बताइएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

शोसक वर्गले संघीयता विरुद्ध षड्यन्त्र गरिरहेको  जनमत अध्यक्ष डा. राउतको दावी

वीरगंज । बिभिन्न पार्टी परित्याग गरि दर्जनौ ब्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

पाँच करोडको लागतमा  चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा

चलचित्र ‘राजकुमारी’ को औपचारिक निर्माण घोषणा गरिएको छ। करिब ५ करोड लगानी लागत अनुमान गरेर निर्माणमा होमिएको निर्माण टिमले चलचित्रको टाइटल सार्वजनिक गर्दै यस चलचित्रले प्रेम, संघर्ष र साहसको अद्वितीय कथा नेपाली दर्शकमाझ प्रस्तुत गर्ने जानकारी दिएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.