logo

आसन्न भारत भ्रमणमा कुनै सन्धी सम्झौता हुदैनन - प्रधानमन्त्री ओली

      4/4/2018 गते 00 00 मा प्रकाशित     659   पटक पढिएको

काठमाडौं,२१ चैत, प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो आसन्नभारत भ्रमण सद्ध्भावना भ्रमण भएको बताएका छन  ।

आज बिहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसंगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितकालागि हुने समेत स्पष्ट पारे  । “यसपालीको भ्रमणमा कुनै सन्धी समझौता हुदैनन् उनले भने देशको अहितमा कुनै काम गरिदैन ।

 

प्रम ओलीले भ्रमणका क्रममा विगतका सन्धी सम्झौत कार्यन्वयनमाजोड दिइने बताए ।  प्रधानमन्त्री ओलीले भ्रमणले दुई देश बीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिकानिर्वाह गर्ने बिश्वास ब्यक्त गरे ।

 

छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल,माधवकुमार नेपाल,झलनाथ खनाल,शेरबहादुर देउवा,लोकेन्द्र बहादुर चन्द मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलाराज रेग्मीको उपस्थिति थियो ।

 

पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिएका थिए । नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने पर्व प्रमहरुको धारणा थियोे ।

 

पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थीर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिए  । उनले  नेपालभारत सम्बन्ध  “ भाइभाइको हैन मित्र÷मित्र जस्तो हुनु पर्ने” बताए ।

 

पूर्व प्रधानमन्त्री दाहालले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताए  । उनले भने “भारतलाई हामीले संविधान कार्यन्वयनमा गइसक्यो खास समस्या छैन भनेर बुझाउनु पर्छ । ”

 

पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताए  ।

 

 छलफलमा  पराष्ट्र मन्त्री प्रदिप ज्ञवाली,नेपालभारत प्रवुद्ध व्यक्ति समुहको पनि प्रतिनिधित्व थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।

समाज

रिलिफको ३४ औं स्थापना दिवस, समाजको बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तित्व सम्मानीत

वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तिलाई सम्मान गरेको छ ।

३७ संशोधन अस्वीकृत ,प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

काठमाडौँ।   प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२र८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.