logo

सेवाप्रदायक र सेवाग्राहीवीच अन्तरक्रिया, स्थानीय तहनै रणभूल्लमा 

      4/2/2018 गते 00 00 मा प्रकाशित     817   पटक पढिएको

बीरगंज १९ चैत  । 
वीरगञ्जमा आज सेवा प्रदायक र सेवाग्राहीबीच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार निगरानी समूह पर्सा र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजनामा कार्यक्रम भएको हो । 

 


कार्यक्रमको बारेमा बोल्दै इन्सेकका पर्सा प्रतिनीधि के.सी. लामिछानेले राजनीतिक अधिकार प्राप्त भईसकेकोले अब सामाजिक आर्थिक, साँस्कृतिक अधिकारका लागि काम गर्नुपर्ने बेला आईसकेको बताए ।

 

राज्यले जनतालाई उपलब्ध गराउँछु भनेको सेवा सुविधा पाएको नपाएको निगरानी गर्ने र सम्बन्धित निकायलाई झकझकाउने काम निगरानी समूहले गरिरहेको उनले बताए । 

 


उनले पर्साको पटेर्वा सुगौलीको वडा नं २ गादी र सखुवा प्रसौनी गाउँपालिकाको वडा नं १ मधुवन मथवलमा मानव अधिकार निगरानी समुह बनाएर राज्यले दिने सेवा र सेवा प्रवाहबाट बन्चित नागरिकको वीचमा सहजीकरण गर्ने काम भइरहेको उनले जानकारी दिए ।

 


जिल्ला स्थित कार्यालयको अधिकार अब स्थानीय तहमा गईसकेकोले त्यहाँबाट हुने सेवा प्रवाहका बारेमा निगरानी समूहले निगरानी गर्ने उनको भनाई छ । 


नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा भएको कार्यक्रममा मानव अधिकार निगरानी समूह गादीका अध्यक्ष एवं वडा अध्यक्ष विजय गैरेले मानव अधिकार निगरानी समूह मार्फत गादीमा शिक्षा, स्वास्थ्य र खाद्यान्नको क्षेत्रमा उल्लेखनीय काम भईरहेको बताए ।


मानव अधिकार निगरानी समूह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय पर्साका स्रोत ब्यक्ति  नेपालेन्दु साहले शिक्षाको सबै अधिकार स्थानीय तहमा गएको चर्चा गर्दै स्थानीय तहले अहिले सम्म कार्यविधि बनाउन नसकेको बताए ।

 

उनले स्थानीय तहले नीति नियम कार्यविधि नवनाएकोले अन्यौलता समेत बढेको उनले बताए । उनले जिल्ला शिक्षा कार्यालय पर्साले हिजोका दिनमा सम्पादन गर्दै आएको काम अव स्थानीय तहबाट हुने बताए । 

 


 जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राज किशोर पण्डितले नयाँ ब्यवस्था र संरचना अनुसार नागरिक स्वास्थ्यको क्षेत्रमा स्थानीय तह जिम्मेवार हुनु पर्ने बताए । उनले जनस्वास्थ्यका कर्मचारीहरु सबै स्थानीय तह अन्र्तगत ब्यवस्थापन भएको उनले बताए ।

 

जनस्वास्थ्यका कर्मचारीहरु स्थानीय तहमा समायोजन भएको समेत उनले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा पहिला जस्तो कार्यकारी तहमा नरहेको उनले बताए ।

 

उनले स्थानीय तहले नै औषधी खरिद गर्न पाउने गरि बजेट निकासा समेत भएको बताए । जिल्ला कृषि विकास कार्यालय पर्साका प्रमुख विरेन्द्र सिन्हाले पनि अहिलेको संरचना अनुसार स्थानीय तहले काम गर्न नसकेको बताए ।

 

उनले स्थानीय तहले बुझेर पनि बुझ पचाएको हो की भन्ने आशंका ब्यक्त गर्दै उनले स्थानीय तहको कामले जनताले प्रभावकारी सेवा पाउन नसकेको मात्र होइ नझ अन्यौलता बढेको बताए ।

 

 कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखा अध्यक्ष श्याम वञ्जरा, महिला नेतृ रञ्जु दहाल गैर सरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह  लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रमको संचालन मानव अधिकार निगरानी समुह पर्साका सचिव समशुल हवारीले गरेका थिए ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.