logo

मोर्चा निर्वाचनमा सहभागी नहुने

      4/12/2017 गते 00 00 मा प्रकाशित     1134   पटक पढिएको

काठमाडौं, ३० चैत । मधेशकेन्द्रीत दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सरकारले ल्याएको दोश्रो संशोधन प्रस्तावको स्वामित्व नलिने निष्कर्षमा पुगेको छ । प्रदेशको सिमाङ्कन लगायत आफ्ना पूरा माग नसमेटिएको भन्दै  मोर्चाले सरकारले ल्याएको संविधान संशोधनको नयाँ प्रस्तावको स्वामित्व नलिने निर्णय गरेको हो । मोर्चाले संविधान संशोधन विधेयकको नयाँ प्रस्ताव पुरानो प्रस्तावभन्दा पनि पछाडि फर्केको आरोप लगाउँदै स्थानीय चुनावमा सहभागी नहुने निर्णय गरेको छ । मोर्चाले सरकार र कार्यदलले तयार गरेको सहमती भन्दा फरक बिषय  समेटर प्रस्ताव ल्याइएको जनाएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय बिजुलीबजारमा बसेको बैठकले हिजो मंगलबार सरकारले संसदमा पेस गरेको विधेयकले मोर्चाको मुख्य माग सीमांकनलाई सम्बोधन नगरेको, पुरानो विधेयकमा उल्लेखित नागरिकता, राष्ट्रिय सभा, भाषाको विषय परिमार्जन नगरिएको भन्दै यो विधेयकको स्वामित्व नलिने निर्णय गरेको हो ।

 मोर्चाले स्थानीय तहको मात्रै होइन अव हुने कुनै पनि तहको चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो । सरकार गठन गर्दा भएको सम्झौता अनुरुप कांग्रेस माओवादी गठबन्धनले भने मधेसी मोर्चालाई रिझाउन हर सम्भव प्रयास गर्दै आएको छ । निर्वाचनका सबै कार्यक्रम बहिस्कार गर्ने र आन्दोलनका कार्यक्रम घोषणा गर्ने मोर्चाले जनाएको छ । 

तर, मोर्चाका कार्यकर्ता भने निर्वाचन तयारीमा जुटिसकेका छन् । मोर्चाले निर्वाचनमा भाग नलिए अन्य पार्टीहरुमा प्रवेश गरेर निर्वाचित हुने लहर तराई मधेसमा बढेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक १६ बुँदे निर्णय गर्दै सम्पन्न

बेल्जियम । प्रवासी नेपाली मञ्च (ओएनएफ) युरोप महादेशको दोस्रो बिस्तारित बैठक यही जुन ९  मा बेल्जियमको आन्त्वर्पेन शहरमा सम्पन्न भएको छ ।

प्रवासी नेपाली मंच बेल्जियमको अध्यक्षमा न्यौपाने सर्वसम्मत

वीरगंज । प्रवासी नेपाली मंच बेल्जियमको सातौ अधिवेशनले बिनोद न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।

समाज

जिल्ला प्रहरीलाई अनुसन्धान प्रगती पेश गर्न उच्च अदालतको आदेश

वीरगंज । उच्च अदालत जकपुर अस्थाई इजलाश वीरगंजले जिल्ला प्रहरी कार्यालय पर्सालाई नागरिकता किर्ते सम्बनधी एउटा घटनाको अनुसन्धान प्रगती पेश गर्न आदेश गरेको छ ।

रक्तसंचार केन्द्रलाई वीरगंज वडा नं ३ र बहुदरमाई नगरपालिकाले उपलब्ध गरायो सहयोग

वीरगंज । वीरगंज महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बैजु स्वर्णकारले रेडक्रस सोसाईटी पर्सा द्वारा संचालित रक्तसंचार केन्द्रलाई एक थान एसी उपलब्ध गराएका छन ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.