logo

महिलाहरुको अधिकारको पक्ष नेपाल दक्षीण एशियामै अगाडि

      1/17/2018 गते 00 00 मा प्रकाशित     7178   पटक पढिएको

बीरगंज ३ माघ
महिलाहरुको अधिकार सुरक्षीत गर्ने बिषयमा नेपालको सम्बिधान र कानून दक्षीण एशियामै सबैभन्दा अग्रस्थानमा रहेको बिज्ञहरुको भनाई छ ।

महिलाहरुको बिषयमा नेपालमा जे सम्बैधानिक ब्यवस्था छ त्यो कम भयो भनेर पछुताउनु पर्ने अवस्था नरहेको बिज्ञहरुको ठोकुवा छ ।

नेपालको सम्बिधानको कार्यान्वयनकोलागि महिला बिरुद्धको हिंसा निवारण र महिलाको बिशेष अवसर सम्बन्धी कानूनी मस्यौदाका बिषयमा बीरगंजमा आयोजना गरिएको छलफलमा बिज्ञहरुले यस्तो बताएका हुन । छलफल बीरगंजको होटेल कुमु प्यालेसमा सम्पन्न भएको हो । 


बिज्ञहरुले लैङ्गि हिंसा नियन्त्रणकालागि कानूनको पर्याप्तता रहेको चर्चा गर्दै त्यसको कार्यान्वयनमा भने ध्यान दिनु पर्ने सुझाव दिएका थिए ।


    पर्साका प्रमुख जिल्ला अधिकारी बिनोद प्रकाश सिंहको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपालको सम्बिधानको घारा ३८ को ३ र ५ मा महिला सम्बन्धी अधिकारको प्रत्याभूतीका निम्ति छलफल भएको हो ।


सम्बिधानको घारा ३८ को ३ अन्र्तगत महिला बिरुद्ध हुने हिंसालाई कस्तो दण्डनीय बनाउने र क्षतीपूर्ती दिने बिषयमा कस्तो कानूनी ब्यवस्था बनाउने भन्ने बिषयमा छलफल भएको थियो । बिषयबिज्ञका रुपमा अधिवक्ता सविन श्रेष्ठले सहभागिलाई मुलुकमा बिद्यमान कानूनी अवस्थाको बारेमा प्रकाश पारेका थिए । 


    त्यसैगरि सम्बिधानको धारा ३८ को ५ अन्र्तगत शिक्षा स्वास्थ्य र रोजगारमा महिलाहरुको ३३ प्रतिशत सभागिताको र सामाजिक सुरक्षाक सुनिश्चितता सन्दर्भमा कस्तो कानून मस्यौदा गर्ने भन्ने बिषयमा छलफल भएको थियो ।

नेपाल ल क्याम्पसका उपप्राध्यापक अधिवक्ता बिष्णु बस्यालले मस्यौदाको बिषयमा प्रकाश पारेकी थिइन ।


    कार्यक्रममा अधिवक्ता रामेश्वर सेढाई,के दर्शना झा,अभय दास,नेपाल बार एशोसिएशन पर्साका अध्यक्ष अधिवक्ता रामाशिष यादव, सावित्री कुमारी भण्डारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.