logo

अमिशा पराजुली उपर गरिएको साइबर बुलिङ प्रकरणमा रौतहटको गुजराबाट चौधरी समातिए

 इसीमाना सम्वाददाता     २०८२ चैत २१ गते ०४: ३९ मा प्रकाशित     294   पटक पढिएको

                                                                          अमिशा पराजुली

 

रौतहट । सामाजिक संजाल मार्फत अमिशा पराजुली उपर गरिएको साइबर बुलिङ प्रकरणमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको  छ।  


केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत गरिएको साइबर बुलिङ प्रकरणमा  रौतहटको गुजरा क्षेत्रबाट अभिषेक चौधरीलाई शनिबार बिहान पक्राउ गरेको हो ।

 

 

पक्राउ परेका चौधरीलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित ब्यूरो कार्यालयमा लगिएको छ।

 

अमिशा पराजुलीले दिएको उजुरीसँग चौधरीको पक्राउ प्रकरण सम्बन्धित रहेको जनाइएको छ।

 

 पराजुलीले सार्वजनिक रूपमा आफ्नो अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा लक्षित गरी साइबर बुलिङ गरिएको भन्दै प्रमाणसहित साइबर ब्यूरोमा उजुरी दर्ता गराएकी थिइन्।

 

प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। आवश्यक प्रमाण संकलन गरी प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.