वीरगंज। नापी कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत सर्भेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्याय एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
छुट्टै जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहाना बनाएर घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले उनीहरूलाई रँगेहात नियन्त्रणमा लिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार राउत र उपाध्यायले सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस मागेर लिइसकेको अवस्थामा वीरगञ्ज महानगरपालिका–३, आदर्शनगरस्थित पानी ट्यांकी नजिकको नापी कार्यालय पर्सा–१, २, ३ नं. नापी टोली कार्यालयबाट पक्राउ गरिएको हो।
घटनाबारे आवश्यक थप अनुसन्धान अघि बढाइएको प्रवक्ता पौडेलले जानकारी दिएका छन्।
तपाईको प्रतिक्रिया