logo

व्याडमिण्टन प्रतियोगितामा नेपाल प्रहरीको जित 

      1/26/2021 गते 00 00 मा प्रकाशित     1223   पटक पढिएको

अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित व्याडमिण्टन प्रतियोगितामा नेपाल प्रहरीले जित हासिल गरेको छ । वीरगन्ज भन्सार कार्यालय परिसरमा आज बिहान आयोजित प्रतियोगितामा भन्सार कार्मचारीको टिमलाई नेपाल प्रहरीको टिमले २–० को सोझो सेटमा पराजित गरेको हो । अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा एकहप्तादेखि विभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

भन्सार कार्यालय, भन्सार एजेण्ट संघको संयुक्त आयोजनामा सरसफाई, रक्तदान लगायतका विभिन्न क्रियाकलापहरुपछि आज मंगलबार अन्तिम दिन भन्सार दिवसको अवसरमा व्याटमिण्टन प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा विजयी टिमलाई प्रमुख भन्सार प्रशासक महेश आचार्यले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख भन्सार अधिकृत हरिहर पौडेल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनाल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

समाज

स्रोत नखुलेको रकम सहित कलवार पक्राउ

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले ६ लाख नेपाली रुपैया सहित एकजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका १६ दुर्गाहल पछाडीको गल्लीबाट रकमसहित एकजनालाई नियन्त्रणमा लिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.