logo

रौतहटमा आठलाख रुपैया सहित एक पक्राउ,अनधिकृत कारोवार प्रति डिआइजी सिंहको गम्भिर चासो

      6/9/2020 गते 00 00 मा प्रकाशित     981   पटक पढिएको

रौतहटमा आठ लाख अवैध रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार बिहान  ११ बजे प्रहरीले इशनाथ नगरपालिका ४ का धर्मेन्द्र साहलाई आठ लाख अवैध रकमसहित पक्राउ गरेको हो।

 

पक्राउ परेको सबै नेपाली रुपैया रहेको छ । बिशेष सूचनाको आधारमा प्रदेश प्रहरी कार्यालयको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा रुपैया फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरिक्षक बरुण सिंहले जानकारी दिनु भयो ।


साहलाई गौर नगरपालिका ४ बाट पक्राउ गरीएको हो। प्रहरीलाई शंका लागेर उनलाई सोधपुछ गरीएको थिय । सोधपुछ गर्न खोज्दा भाग्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

 

’ पक्राउ गर्दा ‘झोलामा पैसा थीयो । साहले उक्त रकमको स्रोत खुलाउन नसके पछि प्रहरीले आवश्यक कारवाहीकोलागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाएको थियो । 


यसअघि पनि रौतहटमा अवैध रकम फेला परेको थियो। त्यसबारेमा पनि अनुसन्धान भइरहेको छ । प्रदेश प्रहरी कार्यालयले रौतहटको सीमा प्रयोग गरेर हुण्डीको रकम अनधिकृत आइरहेको प्रती प्रदेश प्रहरी प्रमुख डिआइजी धिरज सिंहले गम्भिर चासो देखाउनु भएको छ ।

उहाँले अनधिकृत कारोवारको नियन्त्रणकालागि इमान्दारीतापूर्वक काम गर्न मातहत प्रहरीलाई निर्देशन दिनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

अनुसन्धानकालागि सामान्य प्रशासन मन्त्री गुप्ताले दिए राजीनामा

वीरगंज । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफनो पदबाट राजीनामा दिएका छन ।

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्वित ,छानबिन  समिति बन्यो

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सरकारले छानबिन समिति गठन गरेको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.