logo

कोरोना विरुद्ध लड्न महानगरलाई नागरिक समाजको साथ 

      5/29/2020 गते 00 00 मा प्रकाशित     1055   पटक पढिएको

वीरगन्ज, १६ जेठ । मानव सभ्यताको कै चुनौतीको रुपमा देखा परेको कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि अहोरात्र खटिएका वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीलाई नागरिक समाजले पनि साथ दिने भएका छन् ।

महानगरपालिकामा शुक्रबार बसेको नागरिक समाजको भेलाले कोरोना नियन्त्रण र रोकथामका लागि मेयर सरावगीको सक्रिय भूमिकाको प्रशंसा गर्दै अहिलेको विषम परिस्थितिमा कोरोनासँग लड्न पूmटेर होईन जुटेर गर्नुपर्नेमा जोड दिए ।

भेलामा बोल्ने नागरिक समाजका अगुवाहरुले नागरिकलाई कोरोनाबाट बचाउनका लागि संघ र प्रदेश सरकारको भूमिका शुन्य देखिएको र स्थानीय सरकारको भूमिकामा कुनै कमी नदेखिएको बताए । नागरिक समाजका अगुवा प्राध्यापक डाक्टर दीपक शाक्यले कोरोना भाईरस नियन्त्रणमा कोही पनि एक्लै लड्न नसक्ने बताउदै कोरोनासँग लड्न महानगरपालिको साथमा सहयोग गर्नुपर्ने बताए ।

संकटको घडीमा नागरिकको जीवन रक्षा नै महत्वपूर्ण भएकोले महानगरपालिकाले गरेको सकारात्मक कामको सहयोग र नकारात्मक कामको आलोचना सहित सुधार गर्न नागरिक समाजको पनि महत्वपूर्ण भूमिका रहने बताए ।

अर्का अगुवा सुशील भट्टराईले संघ सरकारले कोरोना नियन्त्रणमा खासै भूमिका नखेलेको बताउदै प्रदेश सरकारको पनि उपस्थिति नहुँदा नागरिकमा निराशा छाएको बताए । उनले जनताको भोट लिएर जितेका प्रदेशका ८ जना विद्यायक र संघीय संसदमा रहेका ९ जना सांसद सहित १७ जना सांसदहरु पर्साका भएपनि कसैले वीरगन्जको नागरिकको विषयमा गम्भीरता नदेखाएकोमा गुनासो गरे ।

नेपाल चिकित्सक संघका केन्द्रीय सचिव डाक्टर निरज सिंहले भौगोलिक रुपमा वीरगन्ज मुख्य नाका भएकोले यहाँ वीरगन्जको मात्रै होईन नेपालभरीका नागरिक आउने भएकोले यो संकटको बेला स्थानीय वीरगन्जवासी र अन्य स्थानका नागरिकको जीवन रक्षाका लागि महानगरपालिकाले खेल्नुपर्ने भूमिकामा कुनै कमी नभएको बताए ।

लायन्स क्लब इन्टरनेशनलका पूर्व डाईरेक्टर सञ्जय खेतानले कोरोनाले कुनै पेशा, व्यावसाय, धर्म, जात, लिंग र समुदायका व्यक्तिलाई नचिन्ने भएकोले यसको कुनै वादको आधारमा राजनीति गर्न नहुने बताए ।

उनले वीरगन्जलाई सुरक्षित राख्नका लागि लगातार परीक्षणको आवश्यक रहेको र त्यसका लागि वीरगन्जमा पीसीआर मेशिनको आवश्यकता रहेको बताए । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोरोना संक्रमणपछि लकडाउनदेखि नै वीरगन्ज महानगरपालिकाको साथमा रहेकोले अझै आगामी दिनमा पनि आवश्यक सहयोग र सहकार्य निरन्तर रहने बताए ।

बैंकर्स एशोसिएसनका रोशनभक्त श्रेष्ठले वीरगन्जमा कोरोना नियन्त्रणका लागि महानगरपालिकाले पीसीआर मेशिन खरिदका लागि साथ र सहयोग रहने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व मध्यमाञ्चल संयोजक महेश दासले वीरगन्ज महानगरपालिकाले स्थानीय सरकारको हैसियतले गरेको काम सराहनीय रहेको बताउदै यो पीडाको अवस्थामा प्रदेश सरकार, संघ सरकारले वीरगन्जमा कोरोना विशेष अस्पताल र व्यावस्थापनमा सहयोग नगरे नागरिक समाज अगाडि आउनुपर्ने आवश्यकता रहेको बताए ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीको अध्यक्षतामा भएको भेलाले महानगरपालिकाको अभियानमा साथ दिनका लागि विभिन्न पेशा, क्षेत्र, र व्यावसायमा संलग्न नागरिक समाजको समिति गठन गरेको छ ।

प्राध्यापक डाक्टर दीपक शाक्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा नेपाल बार एशोसिएसनका शालिकराम प्रसाद, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बैकर्स एशोसिएसनका रोशनभक्त श्रेष्ठ, सामाजिक संस्थाबाट इब्राहिम देवान, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारी र कमल मोहन पोखरेल रहेका छन् ।    
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

वीरगंजमा पानी संकट, सडकमा जनमत, मुख्यमन्त्री कार्यालयसमेत घेराउ गर्ने चेतावनी

वीरगन्ज । वीरगन्ज र यसका आसपासका क्षेत्रहरूमा खानेपानीको चरम संकट उत्पन्न भएको छ।

आर्थिक वर्षको अन्तिम दिन, जाग्राम बसेर कार्यालय चल्दै,आज १ खर्व ९५ अर्व भूक्तानी दिनु पर्ने

काठमाडौं । आज बुधबार (असार २५) आर्थिक वर्ष २०८१÷८२ मा हुने सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम दिन रहेको छ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.