logo

रौनीयारको उद्धेश्य निर्माण गर्नु थिएन वाहवाही लुटनु थियो

      12/4/2017 गते 00 00 मा प्रकाशित     1353   पटक पढिएको

बीरगंज १८ मंसिर ।
देश बिनासका एक जना  सम्वाहक हरिनारायण रौनीयार मधेश आन्दोलनका शहीदको फोटो देखाउदै भोट माग्दै छन । पर्साको क्षेत्र नं ३ मा संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेदवार रहेका रौनीयारले आफू आन्दोलनकारी भएको बताउदै यस्तो गरेका हुन । तर त्यस क्षेत्रका मतदाताले आन्दोलनमा रौनीयारलाई कहिले पनि नदेखेको बताउन थालेका छन । शहीको फोटो लिएर भोट माग्न हिडेका रौनीयारलाई मतदाताले आन्दोलनको बेलामा “काहा थियौ” भनेर सोध्ने गरेका छन । 

 


    ०७३ चैतमा फोरम नेपालमा प्रवेश गरेका रौनीयार त्यो भन्दा अगाडि नेपाली कांग्रेसमा थिए । मधेशमा युवाहरुलाई गोली लाग्दा सुशील कोइरालाको सरकार थियो र रौनीयार त्यही पार्टीमा थिए । तर अहिले उनी तिनै शहीदको फोटो देखाएर भोट तान्ने अभियानमा लागेका छन । रौनीयारले देशकै“क” श्रेणीेको ठेकेदार भएर राष्ट्रको पैसा त होल्ड गरेकै थिए । बिकासको प्रतिफल पाउने जनताको अधिकार त खोसकै थिए ।अहिले शहीदको फोटो देखाएर आफनो स्वार्थ पुरा गर्ने खेल पनि खेल्दै छन । 

 


    रौनीयारले देशलाई झूठो बोले आफू कहिल्यै आन्दोलनमा नलागे पन िआन्दोलनकारी हु भन्दै जनतालाई ढाँटदै छन । त्यती मात्र हैन आफना काला करतुतबाट जोगिनकोलागि राजनीतिको संरक्षण खोजेका चौरसियाले आफनो स्वर्गीय पिताको नाममा समेत ढाँट काम गरेका छन ।

 


    पोखरिया नगरपालिकाको प्रवेशको स्थानमा उनले सामाजिक काममा पप्पु कन्सट्रक्शनको योगदान भन्दै प्रवेशद्वार बनाउने काम समेत शुरु गरेका थिए । तर लामो समय बितिसक्दा समेत उनले प्रवेशद्वारको काम सम्पन्न गरेका छैनन ।

उनले आफनो गृह नगर प्रवेश गर्ने नगर आफनै खर्चमा निर्माण गर्छु भन्दै वाहवाही लुटे पनि काम भने गरेका छैनन । ४ नोभेम्बर २०१६ मा प्रवेशद्वार शिलान्यास गरिएको अहिले भने पिल्लर मात्र उठाइएको छ ।  सारै हौसिएर नाम कमाउने चक्करमा शुरु गरेको काम त बेलैमा फत्ते गरेका छैनन भने अन्य कामहरु समयमै गर्ने कुरा कल्पाना गर्नु बाहेक अरु केही नहुने पटेर्वा सुगौलीको वडा नं २ का उत्तम पौडेलले बताए । 
    पटक पटक राज्यबाट दण्डीत भएका रौनीयारले नेपालमा निर्माण गरेका पुलहरु अधिकाश भत्कने गरेको पाइएको छ । जब्धीघाट रौतहटको लालबैकया पर्साको हुलाकी राजमार्ग खण्डको बहुवर्वाभाठा नजिक रहेको पुल सबै हस्तान्तरण हुनु भन्दा पहलिा भत्केका पुलहरुमा पर्छन । गुणस्तरहीन र ढिलो काम गर्ने प्रवृतिका कारण रौनीयार कारवाहीको दायरामा जाने पक्का छ ।

 

पछिल्लो पटक संसदमा रहेको बिकास समतिले रौनीयारलाई कारवाही गर्न तयारी गरेको थियो तर नेकपा एमालेका एकजना सासदका करण रौनीयार कारवाही मुक्त भएका हुन । यही कारवाही वाट बाच्न राजनीति दंगलमा उत्रिएका रौनीयार अहिले एक हजार रुपैया तिरेर एक भोट किन्दै छन । उनले सखुवा प्रसौनीको कौवावन कटैयामा एक भोटलाई एक हजारका दरले दिएको स्थानीय बासिन्दाले बताएका छन ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

साउने सोमवारमा दुग्धेश्वनाथ महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो

वीरगञ्ज । साउन महिनाको दोस्रो सोमवारको अवसरमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित दुग्धेश्वनाथ महादेव मन्दिरमा सोमवार बिहानैदेखि हजारौं श्रद्धालुहरूको घुइँचो लागेको छ।

सुनसरीमा गोली चल्यो, घटनास्थलमै १७ वर्षिय किशोरीको ज्यान गयो

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.