logo

को हुन त राजेशमान सिंह ?

      9/11/2017 गते 00 00 मा प्रकाशित     1436   पटक पढिएको

वीरगञ्ज, २६ भदौ । वीरगञ्ज महानगरपालिकामा अहिले स्थानिय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका नेताहरुले मेयर पदका लागि उम्मेदवारी समेत दिई सकेका छन् । यहीँ असोज २ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा मेयर देखी वडा अध्यक्ष, नसस समेत होमीएका छन् निर्वाचनमा सबैले आ–आफ्नो घोषणापत्र सार्वजनिक गरी सकेका छन् । भोट माग्नका लागि उम्मेदवारहरुले जनताहरुको घरदैलोमा पुगी आफूलाई बिजयी बनाएपछि वीरगञ्जलाई विकास गर्छु भनी प्रतिबद्धता दिएका छन् । स्थानिय तहको निर्वाचनमा नौलो अनुहार पनि लडेका छन् ।

वीरगञ्ज महानगरपालिकाका वासिन्दाहरुले भन्ने गरेका छन्, मधेस आन्दोलन हुँदा यी नेताहरु कोही सडकमा  देखा परेनन् मधेशी जनताहरुको हत्या हुँदा देश बिदेशको भ्रमणमा रहेका नेताहरुले समाजिक सञ्जालबाट वीरगञ्जमा यस्तो पो भईरहेको छ है, भन्ने नेताहरु पनि स्थानिय तहको निर्वाचनमा मेयर पदका लागि उम्मेदवारी दिएका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं ८ निवासी बिनोद साहले गुनासो पोखे, मधेस आन्दोलन हुँदा नेपाली काँग्रेस र एमाले मिली सरकार समेत बनाएका थिए । एमालेको तर्फबाट गृहमन्त्री बामदेव गौतम थिए भने प्रधानमन्त्री नेपाली काँग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोईराला थिए ।

मधेसी जनताहरुले शान्तिपूर्ण तरिकाबाट आन्दोलन गर्दा प्रशासनले टाउकोमा ताकी ताकी गोली हानी आन्दोलनकारीहरुको हत्या गरीएको थियो । पर्सा जिल्लाबाट संविधानसभाबाट प्रत्यक्ष निर्वाचित भएका नेपाली काँग्रेस एमाले र माओवादी पार्टीका सभासदले पर्सा जिल्लामा प्रहरी प्रशासनले दमन ग¥यो भनेर आवाज समेत उठाएन््ना बरु मधेसी जनताहरुको हत्या ह“ुदा काठमाडौं स्थित रहेको आफनो निवासबाट सभासद ज्यूले फोन गरी आज के के भो कति जनालाई गोली लाग्यो, मधेसी नेता कता छन् भनेर अपटेड लिईरहेका थिए । के ती नेताहरु मधेसमा जन्मेका होईनन् ।

आन्दोलन हुँदा नै गणतन्त्र मुलुकका प्रथम प्रधानमन्त्री पृष्पकमल दाहाल एक कार्यक्रमको उद्घाटन गर्न आएको बेला वीरगञ्जमा मधेसी नेता तथा कार्यकर्ताहरुले कालो झण्डा देखाउदा प्रहरीको खोरमा एक रात समेत बस्नृ पर्यो ती हुन्, राष्ट्रिय जनता पार्टीका महासचिव एवं वीरगञ्ज महानगरपालिका मेयर पदका उम्मेदवार राजेशमान सिंह, मधेस आन्दोलन चर्काउने ब्यतिm राजेशमान सिंह नै हुन् ।

उनी पनि घरमा बसेर फोनबाट अपटेड लिन सक्थे वीरगञ्ज महानगरपालिका वडा नं ८ निवासी बिनोदको भनाई रहेको छ । तर मधेसी जनताहरुको हक र अधिकारका लागि उनी २०७२ साल भदौ १३ गते आफ्नो मोर्चा लिई आन्दोलन गर्न पृगेका थिए । शान्तिपूर्ण आन्दोलनमा बसेका नेता सिंह लगायत अन्य नेताहरु माथि लाठीचार्ज गरेपछि वीरगञ्जमा आन्दोलन चर्काएको हो । लाठीचार्जबाट नेता सिंहको दाहिने हातमा गम्भिर चोट लागेको थियो ।

उनले आफ्नो ज्यानको प्रवाह नगरी मधेस आन्दोलनलाई निरन्तरा दिएका हुन् । आज स्थानिय तहको निर्वाचन हुँदां आन्दोलनमा देखा नपर्ने नेता पनि निर्वाचनमा लडेका छन् यस्ता नेताहरुको चरित्र जनताहरुले थाहा पाई सकेको छन् । मधेस आन्दोलनमा अहम भूमिका खेलेका नेतालाई बिजयी गराउन वीरगञ्जवासीहरु सँग आग्रह गर्दछु गुप्ताले भने ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

ठोरीका कर्मचारीको पक्षमा पालिका अध्यक्ष श्रेष्ठ,सामाजिक संजालमा राखिएका आधारहिन पोष्ट बारे कानूनी बाटो अपनाइने

ठोरी ।ठोरी गाउँपालिकाका कर्मचारीको चरित्र हत्या गर्ने मनसायले  सामाजिक संजालमा पोष्ट गरिएका भ्रामक तथा आधारहीन  बिषय प्रति ठोरी गाउँपालिकाले आफ्नो असहमती सार्वजनीक गरेको छ ।

प्रहरी नायव निरिक्षक यादव ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित

बागमती । इलाका प्रहरी कार्यालय कर्मैयाका कार्यालय प्रमुख प्रहरी नायबनिरिक्षक सभाष यादव   ‘बेस्ट पुलिस अफ द मन्थ’ भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.