logo

एमालेलाई एनसेलको अफर, सरकार नीति परिर्वतन गर्दै

      3/28/2017 गते 00 00 मा प्रकाशित     1177   पटक पढिएको

काठमाण्डौ, १५ चैत । एमाले नेता तथा कार्यकर्ताहरुले एनसेलको सिम बहिष्कार गर्ने निर्णय गरेपछि आत्तिएको एनसेलले  एक एमाले नेतामार्फत नेतृत्व तहमै चुनाव खर्च दिने र बहिष्कार नगर्न आग्रह गरेको छ ।
स्रोतका अनुसार एमालेका कार्यकर्ता, नेता, विद्यार्थी र भातृसंगठनहरुले मात्रै १० लाख एनसेलका सिम लिएको खबर छ ।
त्यो सिम बहिष्कार गरे भने एनसेललाई ठूलै धक्का लाग्ने भएकाले एनसेलका विदेशी कार्यकारीले चुनाव खर्च दिने पेसकस गरेका हुन् भनिदैछ ।
३३ अर्व सरकारलाई बुझाउनु पर्ने लाभकर नबुझाएका कारण एमाले विद्यार्थीहरुले एनसेल सिम बहिष्कार अभियान नै चलाएका छन्   ।

यता  लाभकर नतिरी एनसेलले सरकारलाई ठग्न खोजेपछि सरकारले दूरसञ्चार नियमावली परिवर्तन गर्ने भएको छ ।
एनसेलले राजस्व छलि गर्न खोजेपछि सरकारले दूरसञ्चार कम्पनी एक आपसमा गाभिँदा पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था नियमावलीमै राख्ने तयारी गरेको हो ।
एनसेलको सेयर बिक्रीका क्रममा पुँजीगत लाभकर छली भएपछि दूरसञ्चार कम्पनी गाभ्न सरकारले बनाइरहेको निमयावलीमा स्पष्ट रूपले लाभकरको प्रावधान राख्न लागिएको अधिकारीहरुले बताए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जकपुरका मेयर साहका काकाको हत्या आरोपी महासेठ पक्राउ

जनकपुरधाम । प्रहरीले जनकपुरमा आफ्नै ससुराको हत्या गरेर फरार भएका ज्वाइँलाई पक्राउ गरेको छ ।

वीरगंजमा पानी संकट, सडकमा जनमत, मुख्यमन्त्री कार्यालयसमेत घेराउ गर्ने चेतावनी

वीरगन्ज । वीरगन्ज र यसका आसपासका क्षेत्रहरूमा खानेपानीको चरम संकट उत्पन्न भएको छ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.