logo

मधेशी दलका नेतालाई रामचन्द्र पौडेलको सवाल, पचास लाख खोई?

      11/16/2018 गते 00 00 मा प्रकाशित     1439   पटक पढिएको

बीरगंज ३० कार्तिक । 
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  मुलुकलाई बर्तमान सरकारले सर्वसत्तावाद तर्फ लाने मेसो मिलाउन लागेको आरोप लगाए । 


पर्सा जिल्लाको क्षेत्र नं ४ को आसवारीमा शुक्रवार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले यस्तो आरोप लगाएका हुन ।

 

कम्युष्टि सरकारले अदालत अख्तियार लगायतका  संस्थाहरुलाई आफनो नियन्त्रणमा लिने प्रयास गर्दै अधिकार जती प्रधानमंत्रीको मुठ्ठीमा राख्ने अभ्यास गरेको बताए । उनले  अदालत र अख्तियार जस्ता संस्थाहरुलाई कमजोर बनाएर अधिकार जती प्रधानमंत्रीको मातहतमा लगेर सर्वसत्तावाद लाद्ने  प्रयास भएको भन्दै  नेता पौडेलले चिन्ता प्रकट गरे  । 


दुइ तिहाई बहुमतको आडमा सरकार लोकतन्त्रलाई समाप्त पारेर अधिनायकवाद लादने षडयन्त्रमा लाग्यो नेता पौडेलले भने त्यतीमात्र हैन बिकास र समृद्धिको नारा दिएर आएको सरकार भ्रष्टाचारको काण्डैकाण्डामा डुवेको छ” । उनले म पनि खान्न र अरुलाई पनि खान दिन्न भन्ने प्रधानमंत्री ओलीको भनाईलाई आफूले  पनि स्वागत गरेको तर स्वागत गर्नु निर्रथकसिद्ध भएको उनले बताए । 


उनले सरकार बनेको ६ महिना बितिसक्दा पनि देश र जनताको पक्षमा कुनै काम हुन नसकेकोले जनतामा निराशा ब्याप्त भएको बताए । 


नेता पौडेलले मधेशमै उभिएर मधेशी दललाई प्रश्न गरे राजेन्द्र र उपेन्द्र जी आन्दोलनमा शहीद हुनेहरुलाई ५० लाख दिने भन्नु भयो किन दिनु भएन ? शहीद र घाइतेहरुलाई किन बिर्सिनु भयो  ? नेता पौडेलले नेपाली कांग्रेसले मधेश आन्दोलनका शहीद र घाइतेको अवस्थाका बारेमा छानविन गरि क्षतीपूर्ती उपलब्ध गराउन छानवीन आयोग बनाएर काम गर्ने घोषण गरे । 


ग्रामीण क्षेत्रका नागरिको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नेता पौडेलले सत्ता साझेदारीमा सरकार चलाउने मधेशी दललाई प्रश्न गरे खोई बिकास ? जनतालाई गरेका बाचा सम्झना गर्न उनले आग्रह गर्दै भने जनताको पक्षमा प्रदेश सरकारले भलाईको के काम ग¥यो ?  


कार्यक्रममा राजपा पर्साका सचिव धर्मेन्द्र पटेल बहुदरमाई नगरपालिका वडा नं २ वाट वडाध्यक्षमा निर्वाचित स्वतन्त्र वडाध्यक्ष जितेन्द्र पटेल ।महेश यादव डा अनिल झा पुरुषोत्तम दुवे गणेश पटेल लगायत दर्जनौ ब्यक्तिहरु संघीय समाजवादी फोरम राजपा र नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले लोकतन्त्र धरापमा परेको चर्चा गर्दै नेपाली कांग्रेस रहे मात्र भावी पुस्तालाई लोकतन्त्र र मुलुक हस्तान्तरण गर्न सकिने बताए । त्यस्तै पूर्व मंत्री सुरेन्द्र चौधरीले बर्तमान सरकार गरिव जनताकोलागि नभई ढाँड भाँच्न उद्धत रहेको बताए ।

पूर्व सभासद अनिल रुङगटाले उग्रराष्ट्रवाद र उग्रमधेशवादका कारण जनता भ्रममा परेको बताए । उनले भने अवस्था त्यो छैन कुनै पनि अतिवादले मुलुकलाई भलो हुदैन मुलुकको हित र प्रगतीकालागि नेपाली कांग्रेसलाई मजवुत बनाउनुको बिकल्प नभएको बताउ ।


कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता जनार्दन सिंह क्षेत्रले मधेशी दलले जनतालाई केही समय भ्रममा पारेको बताए । उनले भने क्षेत्री दलमा सरकार र देश चलाउने ल्याकत छैन ।

 

नेता सिंहले सम्बिधान संशोधन बिना चुनाव समेत हुदैन भन्नेहरु अहिले सत्ताको चास्नीमा डुवेकोले पनि उनीहरुको वास्तविकता उजागर भएको बताए । 


कार्यक्रममा नेपाली कांग्रेसका नेता अजय चौरसिया, पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो  बपशष्ठ नारायण कुर्मी महेश यादव ,पुरुषोत्तम दुवे , धर्मेन्द्र पटेल ,जितेन्द्र पटेल श्रीकान्त यादव लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व पार्टीका क्षेत्रीय सभापति रमेश पाण्डेले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.