logo

२ नम्बर प्रदेश सरकारको पहिलो निर्णय मधेश आन्दोलनका शहीद परिवारलाई रोजगार

      2/15/2018 गते 00 00 मा प्रकाशित     1422   पटक पढिएको


जनकपुरधाम३ फागुन,  । प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका सहिदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।
मधेशी मोर्चा बनाएर आन्दोलनको शुरु गर्दा मोर्चाले आन्दोलनको क्रममा शहादत प्राप्त गर्ने शहीदका परिवारलाई ५० लाख रुपैया दिने घोषणा गरेका थिए । राजपाले आफनो घोषणापत्रमा समेत राजपा र फोरमको सरकार बनेमा क्याविनेटको पहिलो बैठकबाट ५० लाख दिने उल्लेख गरेको छ । तर पहिलो बैठकले रकम नदिई रोजगार दिने निर्णय गरेको छ ।
अन्य आन्दोलनमा शहादत प्राप्त गर्नेहरुको बिषयमा भने निर्णयमा केही बोलिएको छैन ।

प्रदेश २ मा राजपाको समर्थनमा संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गद्धी मुख्यमन्त्री बनेका छन् । फोरमका विजय यादव अर्थ र जितेन्द्र सोनल भौतिक पूर्वाधारमन्त्री बनेका छन् ।

सपथ लगतै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मधेस आन्दोलनका क्रममा ज्यान गुमाएका तथा असक्त घाइते भएकाहरुको परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

परिवार भन्नले आमाबाबु छोराछोरी र श्रीमती पर्नेछ र रोजगारी दिँदा पहिलो प्राथमिकता श्रीमतीलाई दिइने निर्णय गरिएको छ ।

घाइतेको उपचारका साथै प्रदेशमा उपलब्ध हुने स्वास्थ्य, शिक्षा लगायतका सुविधा दिन सहिद तथा घाइते परिवारलाई उपचार खर्च दिने निर्णय पनि भएको छ ।

बन्द अवस्थामा रहेका सरकारी अर्ध सरकारी उद्योगहरु पुनःसंचालनका लागि पहल गर्ने निर्णय पनि लिएको छ ।

बैठकले प्रदेशमा विकास योजना अघि बढाउन आन्तरिक तथा बैदेशिक सहयोग प्राप्त गर्न केन्द्र सरकारसँग समन्वय गर्ने निर्णय पनि भएको आर्थिक मामिला तथा योजनामन्त्री यादवले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.