logo

संकटमा भरोसायोग्य सारथी बने रहवर, गण्डक अस्पतालमा थप तीन महिना बिरामीको उपचार हुने

      7/27/2020 गते 00 00 मा प्रकाशित     2468   पटक पढिएको

आज भन्दा ३ महिना अगाडि अनेक अडचन, आलोचना र अधिकतम राजनीति बेहोर्दै कोविड १९ को बढदो जोखिम र सम्वेदनशीलतालाई बुझ्दै जब पर्सा, बारा लगयत समग्र २ नम्बर प्रदेशमै सन्त्रासको अवस्था सुरु भयो , हामीले थोरै पनि बिचलित नभईकन समाज र जनताका निमित्त आफुबाट हुनसक्ने अधिकतम सहयोग र सद्भाव देखाउने क्रममा प्रत्यक्ष उदाहरणको रूपमा गण्डक हस्पिटल स्थानीय सरकारलाई सुम्प्यौ।

 

सम्बन्धित र सरोकारवाला निकाय संग न्यूनतम जिम्मेवारी बोध समेत नभएको अवस्थामा, स्वस्फुर्त रूपमा ३ महिनाको लागि आफ्नो स्वामित्वमा रहेको गण्डक अस्पताल स्थानीय सरकारलाई हस्तान्तरण गर्ने अडानमा अडिग रहेर हामी अघि बढयौ।

 

यस विषम र असहज पारिसथितिमा हामीले अग्रभागमा रहेर समाज र राष्ट्रप्रतिको दायित्वलाई निष्ठा र इमान्दारीपूर्वक निर्वहन गर्ने प्रतिबध्दताका साथ थप ३ महिनाका लागि गण्डक अस्पताल स्थानीय सरकारलाई अस्थायी कोविड अस्पतालको रूपमा प्रयोग गर्न दिने निर्णय गरेका छौं र हिजोको जस्तै आज पनि हामी आफ्नो अडानमा प्रतिबद्ध छौ।

 

गण्डक अस्पताल जति बेला हामीले स्थानीय सरकारलाई सुम्प्यौ , त्यस बखत यहाँका सुविधा सम्पन्न अन्य अस्पताल लगायातका स्वास्थ्य संस्था समेतको कुनै चासो र सरोकार नदेखिएको कुरा आम महानगरवासीले नजिकबाट अनुभूत गरेका छन् ।

 

हाम्रो यो सानो प्रयास नितान्त देश, समाज र जनताको हितको लागि हो र यस बाहेक हाम्रो अरु कुनै पनि स्वार्थ नरहेको कुरा प्रष्ट पार्न चहन्छौ। त्यसको प्रत्यक्ष साक्षी हाल सम्म सयौं को संख्यामा गण्डक बाट कोरोना जितेर फर्केका तथा हाल इलाज भै रहेका बिरामी हरु हुन्।

 

 

आज पून: एक पटक जसरी हामीले गण्डक अस्पताल सुम्पेका छौं , त्यसैगरी यस महानगरमा रहेका विभिन्न निजि तथा गैर सरकारी संस्थाहरुबाट पनि स्वस्फूर्त रूपमा यस किसिमको अग्रसरता देखियोस भन्ने हामीले अपेक्षा राखेका छौं ।

 

यो समय हामी सबै सतर्क भएर कोविड १९ को महामारी को नियन्त्रण, रोकथाम र यसका चेकजाचमा तदारुकता गर्ने कर्यमा हाम्रो सामुहिक समर्थ्यता र शक्ति प्रदर्शन गर्ने बेला हो ।

 

यस विकराल अवस्थामा हामीले एक अर्का माथि लान्छना लगाएर बस्यौ भने हामी कोविड १९ को महामारीको जोखिम नियन्त्रण गर्न असफल हुनेछौ र त्यसमा  हामी सबै सामुहिक रूपमा जिम्मेवार हुनेछौ।

यो आलेख अन्सारीको समाजिक संजालबाट लिइएको हो -सम्पादक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.