logo

नेकपा सुदृढ एकता आजको आवश्यकता

      7/7/2020 गते 00 00 मा प्रकाशित     1189   पटक पढिएको

दिनेश राई,
नेकपा केन्द्रीय सदस्य 

पृष्ठभूमि :
 नेपालको मजदुर किसान तथा गरिब सर्वहारावर्गको र महिला, दलित समुदायकोबीचमा भएका विभेदका समस्याहरुको अन्त्य र समाधान गर्ने लक्षयका साथ  राणाकालीन शासनको समयमा पुष्पलालको नेतृत्वमा  २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको पनि ७१ वर्ष पुग्दै छ ।  यस अवधिमा नेपालको राजनीतिक आरोह अवरोह, उतारचढाव सहितको धेरै आन्दोलनको चरणहरु पार गरेको आजको नेकपा पार्टी हो । २००७ सालको जनआन्दोलन पछि स्थापित भएको राजा सहितको प्रजातान्त्रिक शासन व्यवस्थाले २००८ देखि अघोषित रुपमा कम्युनिष्ट गतिविधिलाई घुमाउरो तरिकाले प्रतिबन्ध लगाउने काम भएको इतिहासमै उल्लेख छ । २०१५ सालको निर्वाचनमा नेकपाले ४ सीटमा विजय प्राप्त  गरेको थियो । २०१७ पछि कम्युनिष्ट आन्दोलनले अर्को मोड लिएको देखिन्छ । २०२८ सालतिर कम्युनिष्ट आन्दोलनमा नयाँ चरण शुरु भयो । जसलाई झापा विद्रोहले चिनिन्छ । २०३५ सालमा पुनः कम्युनिष्ट आन्दोलनले अर्को मोड लियो  र २०३७ सालमा जनमत संग्रहको निर्वाचनमा बहुदलको पक्षमा उभियो । जब २०४६ सालको आन्दोलनमा संयुक्त वाममोर्चाबाट आन्दोलन सहभागी भएको थियो । यस अवधिमा आई पुग्दा कम्युनिष्ट आन्दोलन भित्र फुट, गुट र जुट हुँदै अगाडि बढ्ने क्रममा २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा तत्कालीन नेकपा एमाले अल्पमतको सरकार सञ्चालन ९ महिना सम्म  भयो । यो सरकारले नेपाली जनताको समृद्धिको चाहना र समाजवादतिर जाने नयाँ परिवेश सृजना गरेको थियो । त्यसपछि कम्युनिष्ट आन्दोलनमा दुई नयाँ मोडहरु आयो जो सशास्त्र र शान्तिपूर्ण आन्दोलन,अन्ततगोत्वा शान्तिपूर्ण सहमतिमा नै २०६२/०६३ को आन्दोलन भएको थियो र त्यस कम्युनिष्ट भित्र विभाजन, संयोजन हुँदै अगाडि बढेको परिवेश रह्यो ।
 

२०६२/०६३ (२०७५ सम्मको अवधी :

यस अवधिमा कम्युनिष्ट आन्दोलन करिब १२ वर्षको अवधिमा पनि कम्युनिष्ट आन्दोलन भित्र धेरै खालका परिस्थितिहरु सृजना भएको र ती सबै परिस्थितिहरुलाई संयोजनकारी भूमिकाबाट समाधान गर्दै राजतन्त्रको अन्त्य र गणतन्त्र शासन व्वस्थाको स्थापना भएको हो । २०६५ मा संविधानसभाको पहिलो चुनाव र २०७० मा दोस्रो चुनावबाट गणतन्त्र शासन संस्थागत गर्ने २०७२ मा नेपालको संबिधान जारी भएको छ । यो संबिधान निर्माणका लागि कम्युनिष्ट आन्दोलनको महत्त्वपूर्ण योगदान रहेको छ । यो संघीय गणतन्त्र नेपाल स्गापना गर्न धेरै सपुतहरुले बलिदान गरेका छन् , २००६ साल देखि हाल सम्म हजारौं कम्युनिष्ट कार्यकर्ता योद्धहरु सहिद भएका छन् । आज शहिदहरुको बलिदानबाट नेपालमा विश्व परिवेश भन्दा फरक प्रणालीबाट कम्युनिष्ट शासन सञ्चालन भई रहेको हुँदा, देश विदेशका कम्युनिष्ट शासन विरोधी शक्ति केन्द्रहरुको निन्द्रा हराम भएको छ । 

२०७५ देखि आज सम्म :
नेपालमा २०७२ सनलमा संविधान घोषणापछि भएको स्थानीय चुनावमा साविक एमाले र साविक नेकपा माओवादी केन्द्र छुट छुट्टै चुनाव भाग लिए र आ( आफ्नो हैसियत पनि पहिचान गरे । त्यसको लगत्तै संघीय संसद र प्रदेशसभाको चुनावमा साविक एमाले र साविक माओवादी केन्द्रबीच चुनावी तालमेल गरि चुनाव भाग लिए र नतिजा करीब दुई तिहाइ नजिकको  सीट सँख्याको परिणाम प्राप्त भयो । यसै जनमतको मत परिणाम र नेपाली जनताको इच्छा, आकांक्ष, चाहना, राष्ट्रिय आवश्यकताको आधारमा साविक एमाले र साविक माओवादी केन्द्रले सुखि नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्ष सहितको कार्यभार र कार्यदिशा सहितको कार्यक्रम र नेकपाको तत्कालको लक्ष्य जनताको जनवादबाट समाजवाद उन्मुख समाज व्यवस्था निर्माणका आधार बनाई २०७५ जेठ ३ गते नेपालको कम्युनिष्ट आन्दोलनको नयाँ र उमंग, जोस सहित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० गठन पार्टी एकताको हर्सोल्साका साथ घोषणा गरियो । त्यसपछि नेकपाले सरकार सञ्चालन नेतृत्व गर्दै २०७५ भदौ १५ गते भित्र एकताको सबै काम टुङ्गोमा पु¥याउने प्रतिवद्धता सहित पार्टी काम शुरु भयो ।  नेकपा कांधमा दुई प्रमुख जिम्मेवारी पूरा गर्ने कार्यभार आयो । पहिलो पार्टी संगठन निर्माण र एकताको सबै काम सम्पन्न गर्ने र दोस्रो सरकारलाई प्रभावकारी सञ्चालन गर्दै सुखि नेपाली, समृद्ध नेपालको राष्ट्रिय चाहना पूरा गर्दै समाजवाद उन्मुख समनज व्यवस्था र अर्थतन्त्र निर्माण गर्ने कार्यभार पूरा गर्दै जाने । तर विडम्बना के भयो भने, २०७५ जेठ ३ मा नेकपा गठन भए पछि केन्द्रीय कमिटीको २०७६ माघ १५–१९ सम्म काठमाडौंमा सम्पन्न गरियो । सो ब‌ैठकबाट सरकार सञ्चालनमा पार्टी  केन्द्र को परामर्श र अन्य तहगत अनुसार सञ्चालन गर्ने र पार्टी एकताको वांकी काम १५ दिनमा टुंगो लगाउने,  एमसिसि बारे कार्यदल गठन, अतिक्रमित नेपालको भूमि स्वामित्वको पहल गर्ने अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउदै जाने लगनयतका आर्थिक समृद्धिको कार्यक्रम परिचालन गर्ने लगायतका विषयमा सर्वसम्मत निर्णय गरिएको थियो । पार्टी कामको विशेष जिम्मेवारी र सरकार सञ्चालन को विशेष जिम्मेवारी सहित सम्बन्धित निकायमा सहभागी कमरेडहरुले भूमिका निर्वाह गर्ने भनिएको छ । नेकपाले कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत अतिक्रमित नेपालको भूमि सहित नेपालको नयाँ नक्शा र सोही अनुसारको निशान छापको लागि संविधान संशोधन भएको छ । यो निर्णयले नेकपा र नेपालको छवि उच्च भएको छ । नेकपा स्थायी समितिको असार १० गते शुरु भएको यस वीचमा पार्टीको आन्तरिक बहस सतहमा पुग्ने गरि भईरहेको छ । कम्युनिष्ट पार्टी भित्र विषयबस्तुमा गम्भीर वहस, छलफल, मतमतान्तरहरु हुने हुन्छ । अहिलेसम्म पार्टी सांगठनिक काम पूरा हुन सकेको छैन र सरकारले मनोनित, नियुक्ति र सिफारिसहरु निरन्तर भई रहेको देखिन्छ । सांगठनिक काम भन्दा र सरकार सञ्चालनमा पार्टीको बढी ध्यान केन्द्रित भएको छ । कम्युनिष्ट नीति सिद्धान्तमा नीति, विधि, पद्धति प्रधान कुरा हो र व्यक्ति गौण कुरा हो । तर, कहिले कहीं व्यक्ति प्रधान जस्तो देखिन्छ । त्यसैले गर्दा पार्टी भित्र वहस, छलफलहरु विवादको उत्कर्षमा पुगेको हुन्छ । पार्टी स्थायी समितिको बैठकमा एजेन्डा हरुस् अध्यक्षहरुको मन्तव्य, पार्टी एकता बाँकी काम, सरकारको कामको समीक्षा र प्रभावकारी कार्यान्वयन, एमसिसि, कोभिड १९ रोग नियन्त्रण र व्यवस्थापन, सिमा सम्बन्धि , विविध लगायतकामा वहस र छलफल हुदै गर्दा, पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले आफुलाई सत्ताबाट हटाउन पार्टी भित्रबाट भारतीय चलखेल भएको राम्रो संग थाहा छ भनेर अन्तर्वार्ता दिएको विषयले नेकपा जटिल मोडमा पुगेको देखिन्छ ।


अहिले विश्वलाई कोरोना भाइरस ले महामारीको भुमरीमा पारेको वेला नेकपा भित्र एकताको आवश्यकता छ । मलाई विश्वास छ, धेरै हन्डर, ठक्कर, कष्टकर जीवन विताएका नेतृत्वहरुले पार्टीको उद्धेश्य, लक्ष्य अनुसार र कार्यकर्ता चाहना र जनताहरुको भावना अनुसार नेकपामा मतदान गर्नु हुने मतदाताहरुको मन र भावना चोट नपु¥याउने गरि निर्णयमा पुग्नु जरुरी छ । नेकपा भित्रको अन्तरविरोधको समाधान गर्नका लागि सहमतिमा प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्ये कुन‌ै पदमा रहेर निकास दिन सकिन्छ । खास गरि पार्टी नेतृत्व एक जनाले सरकारको नेतृत्व एक जानले पनि संचालन गर्न सकिन्छ । पार्टी र सरकार सञ्चालन पार्टी सचिवालयको अपनत्व हुने गरि बनाउने अथवा  कमरेड केपी शर्मा ओली, कमरेड पुष्पकमल दाहाल, कमरेड झलनाथ खनाल, कमरेड माधवकुमार नेपाल र कमरेड बामदेव गौताम रहने गरि टीम बनाएर पनि निकास दिनु पर्छ । पार्टी पद्धति , विधि, नीति लाई सर्वोपरि मान्ने । साथै कुनै पनि नेतृत्व रहरुको विरोध र समर्थन मा पार्टी पंक्ति, पार्टी आवद्ध जनसंगठनहरु आवद्ध कोही नलाग्न र नेकपाको बलियो एकताको पक्षमा सतिसाल जस्तो उभिन अपिल गर्छु र वर्तमानमा नेकपामा आवश्यकता पनि यही हो । 
 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.