logo

के असारे विकासले कोरोना विर्साएकै हो त ?  

      6/24/2020 गते 00 00 मा प्रकाशित     1362   पटक पढिएको

 शिवनाथ यादव

विश्न नै कोरोना भाईरस (कोभिड–१९) को महामारीमा छ । देशमा लकडाउनको अवस्था छ । लकडाउन धेरै दिन भएपछि कष्टकर बन्दै गाएको जीवन सहज बनाउन, ठप्प परेको आर्थिक गतिविधि चलायमान बनाउन र लकडाउनलाई खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाउनुको अर्थ सावधानी नअपनाउनु भने होईन ।

लकडाउन खकुलो बनाउनुको अर्थ कोरोना भाईरस संक्रमणको अवस्था नभएको होईन । कोरोनाको महामारी हटेको अवस्था होईन । बाहिर निस्किदाँ सरकारले वा विश्व स्वास्थ्य संठनले तोकेको मापदण्ड पुरा गर्नु पर्ने हुन्छ । आवश्यक काम परेको बेला मात्र निस्कने हो । आम भेला गर्ने, कार्यक्रमको उद्धघाटन र समापन गर्ने होईन तर यहाँ त असारे विकासले कोरोनाको कुरा विर्सेको जस्तो छ । कोरोना भाईरसले हाम्रो जीवनमा धेरै परिवर्तन ल्याएको छ । काम गर्ने शैली, बस्ने खाने शैली परिवर्तन गरेको छ तर असारे विकासको मोडेललाई परिवर्तन गर्न सकेको छैन ।

जेठ विकास निर्माणको काम गर्दा रोक्ने भाईरसले असारमा काम गर्दा रोक्न सकेको छैन । असार लाग्नै लाग्दा शुरु भएको असारे विकासको अभियान असारको गते बढदै गएसंगै जनप्रतिनिधिको व्यस्तता पनि बढाएको छ । वडा अध्यक्ष देखि मुख्यमन्त्री सम्मले आफ्नो क्षेत्रको विकासमा लाग्नु भएको छ । विकास निर्माणको कामको अनुगमनमा जम्बोटोली सहित निस्कनु भएको छ । मेयरले जग खनेर उद्घाटन कार्यक्रम राख्नु भएको छ ।

प्रदेश मन्त्रीले रिबन काटेर सडक ढलानको उदघाटन गर्नु भएको छ । के साच्चिकै  असारे विकसको ताकतले कोरोना संक्रमणलाई विर्साएकै हो ? खोई त हाम्रो शर्तकता ? खोई त सरकारको नीति पालन ? के उद्धघाटन गर्नै पर्ने हो ? उदघाटन र अनुगमनमा जाँदा लावालस्कर देखाउनै पर्ने हो ? खोई त हाम्रो शर्तकता ? 
व्यवस्था परिवर्तन भयो तर व्यवहार परिर्तन भएन । बर्ष भरी हुन नसकेका विकास निर्माणको कामलाई असार भत्र सिध्याउनु पर्ने हाम्रो नियम हो की नियत हो ? आम जनातले बुझ्न सकेका छैनन ।

यस्तो संक्रमणको बेला त तीन तहका सरकारका प्रतिनिधिले असारे विकास भन्दा पनि आवश्यकतामा आधारित विकासको काममा लाग्नु पर्ने होईन र ? आम जनतालाई सचेत गाउनु पर्ने खण्डमा आफैले भीडभाड गर्दै हिडने, शर्तकता नअपनाउने र संक्रमण फैलिन सक्ने कामलाई बढावा दिने काम गर्नु हुदै यस तफ हाम्रा जनप्रतिधिहरुको ध्यान जान जरुरी छ । विकास निर्माणको काम असारमा मात्र हुन्छ भन्ने धारण कहिले परिवर्तन हुने ? असारमा गरिएको विकास कतिको टिकाउ हुन्छ ? कतिको आवश्यता छ यस तर्फ हाम्रो ध्यान कहिले जाने ? आम जनतालाई एक ठाउँबाट अरु ठाउँमा जानका लागि समस्यै समस्या ह्ने तर हाम्रा नेताहरुलाई सधै छुट हुने ।

आफैले बनाएको नियम पालना नगर्ने संसकार कहिले सम्म ? दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढी रहेकै छ । जोखिम कम भएको छैन । सम्बन्धित निकायले अझ बढन सक्ने आंकलन गरिरहेको बेला विकास निर्माणको बहानामा जोखिम बढाउनु कतिको जायज छ ? हाम्रा जनप्रतिनिधिले नै संक्रमण रोक्ने उपाय अपनाएन भने आम जनतामा के सन्देश जान्छ ? आम जनताले यसलाई कसरी लिने हो ? एकातिर सरकारले नीति नियम ल्याउने, भीडभाड गर्नु हुदैन भनेर सन्देश दिने, आम नागरिकलाई कारवाही तर ठूलबडालाई कारवाही किन गर्ने ? अहिलेको अवस्था भनेको आफनो पछाडि भीडभाड देखाउने होईन ।

विकासको निर्माण गर्दा उदघाटन कार्यक्रमको आयोजना गर्ने होई बरु कुन काम हो ? कति लागत हो ? कहिले सकिने हो ? को हो जिम्मेवार व्यतिm लगायतको सूचना बोर्ड राखेर पारदर्शी बन्ने समय हो । हाम्रो समाजमा रहेको औपचारिक कार्यक्रम र भाषण गर्ने प्रवृत्ति हटाउने समय हो ? यस्ता परम्परालाई हटाउने समय हो तर खोई त हाम्रा जनप्रतिनिधिको ध्यान यस तर्फ गएको ? खोई विकास निर्माणको काममा शर्तकता अपनाएको ? कोरोना महामारीेले खोई त असारे विकासलाई असर गरेको ? 


विकास निर्माण पनि हाम्रै लागि हो तर कस्तो विकास ? असारे विकासको नाममा आफनो कार्यकर्ता पाल्ने ? विनियोजन गरेको रकम सिध्याउनै पर्ने कस्तो हाम्रो परम्परा ? आखिर वर्षभरी हुन नसकेको काम असार मै आएर सिध्याउने पर्ने नियम हो की नियत हो बुझनै सकिएन ? उता कोरोना संक्रमितको संख्या दश हजार भन्दा माथि पुगेको छ यता हामी विकास निर्माणको नाममा अनुगमन र उद्धघाटन गर्दै हिडने हाम्रा जनप्रतिनिधिको ध्यान कता छ ? मेशिनको अभाव, मेशिन भएपनि किटको अभावमा कोरोना परिक्षणको काम रोकिरहदा पनि हाम्रा सरकारहरुको ध्यान कोरोना भन्दा पनि असारे विकासमा गएको देखिन्छ ।

क्वारेन्टिको अवस्थाका बारेमा कति गुनासो आएपनि एकपटक फर्केर नहेर्ने हाम्रा जनप्रतिनिधि, माननीय मन्त्रीज्युहरु विकास निर्माणको उद्धघाटन गरेको देख्दा आम जनताको मन केही शंका उत्पन्न हुनु स्वभाविक नै हो । जनताको आवश्यता एकातिर तर जनप्रतिनिधिको चासो अर्काे तिर । कोरोना नियन्त्रण तथा रोकथाम भन्दा पनि असारे विकासमा लागेकोहरुको ध्यान यस तर्फ किन नगएको होला ? के साच्चिकै असारे विकासले कोरोना विर्साएकै हो त ? 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.