logo

न मागिएको सल्लाह

      6/16/2020 गते 00 00 मा प्रकाशित     1071   पटक पढिएको

शम्भू कोइराला

१  कालापानी , लिपुलेक र लिम्पियाधुरा समेत समावेश भएको नेपालको नक्सा सार्वजनिक गरी नेपालको संविधान दोस्रो संशोधन विधेयकप्रतिनिधि सभावाट सर्व सम्मत रुपमा पारित भएको छ।

यो विधेयकलाइ राष्ट्रियसभाले पारित गरी राष्ट्रपतिवाट प्रमाणित भएपछि नेपालको संविधानमा रहेको निशानाछाप परिवर्तन हुनेछ र आधिकारिक रुपमा देशभरिका सवै निकायमा हालै जारी भएको नक्सा प्रचलनमा आउँनेछ। यो एक ऐतिहासिक काम भएको छ। यस्तो महान् कामको नेतृत्व गर्नुहुने प्रधानमंत्री के . पी. शर्मा ओली वधाइका पात्र हुनुहुन्छ ।

 

यो कामको लागि इतिहासले वहाँलाइ सम्झिरहने छ। यसैगरी यसकाममा अभूतपूर्व राष्ट्रिय एकता प्रदर्शन गर्नु भएकोमा प्रमुख प्रतिपक्षी दल, अन्य दलहरु, सन्चार जगत्, नागरिक समाज, सीमाविद्हरु, सामाजिक सन्जालमा आफ्ना सकारात्मक विचार व्यक्त गर्नुहुनेहरु र राष्ट्रिय भावनालेओतप्रोत सम्पूर्ण नेपाली जनताहरु पनि धन्यवादका पात्र हुनुहुन्छ।


एउटा महत्वपूर्ण काम त सम्पन्न भएको छ, तर अवको चुनौती भनेको भारतले भोगचलन गरेको हाम्रो भूभाग फिर्ता ल्याउँने हो। यस्कोलागि सार्थक र निरन्तर प्रयासको खाँचों छ। अनि खाँचों छ ( हाम्रा नेता , प्रशासक लगायत सवैको इमान्दारिताको। नेपालमा भारतीयहरु सूक्ष्म व्यवस्थापनमा हावी हुनुमा अरु कसैको पनि दोष छैन, हाम्रा नेता र प्रशासकको नैं दोष छ, वर्तमान संविधान जारी हुने समयमा एकजना विदेश सचिवलाइ भेट्न द्वारिका होटलमा लागेको लामलाइ संझिए पुग्छ,खै नेपाली नेताहरुको आत्मसम्मान रु यो त एउटा पछिल्लो उदाहरणमात्र हो यस्ता घटनाहरुको फ़ेहरिस्त लामै वनाउँन सकिन्छ । छात्रवृत्ति सिफ़ारिश , आफ्नो र आफन्तको औषधोपचार, दूतावास लगायत अन्यत्र न जाँदा पनि हुने लन्च डिनर वैठक लगायत स(साना कुरावाट हामीले आफूलाइ कमजोर वनाइराखेका छौं। अवका दिनमा सवै नेता ,प्रशासक लगायत सवैले आफ्नो अत्मसम्मानलाई जोगाउँन सक्यौं भनेमात्र हाम्रा मागहरु ओजपूर्ण हुनेछन्।

 


हाम्रो मिचिएको ज़मीन भोगचलनमा ल्याउँने उपाय भनेको वार्ता नैं हो, अहिले तत्कालको प्रतिक्रियामा जे जस्तो भनाइ भारतीय पक्षको आएता पनि समय वित्तै जाँदा अडानमा परिवर्तन आउँन सक्छ, त्यस्मा संयम र शालीनताको खाँचो छ। यस्ले समय लिन पनि सक्छ, तर अवका हाम्रो सरकारीपक्षका प्रस्तुतिहरु संयमित र सन्तुलित हुनुपर्दछ। खासगरी प्रधानमन्त्रीका भनाइहरु आन्तरिक राजनीतिको उपयोगका लागि होइन समस्या समाधानकोलागि जगहाल्ने किसिमको हुनुपर्दछ।

 

वाक्पटुता अरु वेला धेरै काम लाग्छ तर कुटनीतिमा धेरै सुनेको , मनन गरेको र उपयुक्त समयमा निर्णय गरेको राम्रो , प्रधानमन्त्रीले परिस्थिति विग्रने किसिमले वोलेपछि त्यस्लाइ कस्ले मिलाउँने रु हामीले हाम्रो अतिक्रमित भूभाग प्राप्त गर्ने ३ विकल्प भन्नुपर्दा वार्ता अनि वार्ता अझै पनि वार्ता नैं हो। अतएव ,अवका दिनमा
प्रधानमंत्री लगायत ज़िम्मेवार व्यक्तिलेजिव्रो होइन दिमाग चलाउँनु श्रेयस्कर हुनेछ।

 


२  अमेरिकी सहयोग परियोजना , मिलिनियम च्यालेन्ज कर्पोरोशन९ एम्। सी। सी।० को विषयमा नेपालमा लामो नैं वहस भयो, ने. क. पा. को आफ्नैं पार्टी भित्रको विवादले गर्दा यो परियोजना गिजोलिएको गिजोल्यै छ।

 

यस्मा प्रमुख प्रतिपक्ष सत्तापक्ष र सत्तापक्षका केही नेताहरु कठोर प्रतिपक्ष जस्तो देखिएका छन्। ने । क। पा। का यस्को विपक्षमा भएका नेताहरु यो वहसलाइ सर्वसाधारण जनताको स्तर सम्म पुर्याउँन सफल हुनु भएको छ र जनस्तरमा केही नकारात्मक सन्देश पनि गएको छ। के यो परियोजना नेपालको सार्वभौमिकतालाइ नैं असर गर्ने किसिमको हो तरु हालैका दिनहरुमा यस्वारेमा अझ धेरै वहस भैसकेको छ।


अमेरिकी सुरक्षा छाता भित्र पर्ने, अमेरिकी फौज आएर अमुक स्थानमा वस्ने , नेपालले अडिट नैं गर्न न पाउँने, लगायतका यथार्थ भन्दा टाढाका विषयलाइ वहसमा ल्याएर यो परियोजना सम्वन्धमा निर्णय हुन सकेको छैन। नकारात्मक विषय र राष्ट्रियतासंग जोडिएको सवालले सर्वसाधारणमा एउटा धारणा वन्छ र त्यस्लाइ वदल्न समय लाग्छ, तर गलत रुपमा प्रचार गरिएका धारणाको कारण सस्तोलोकप्रियताका लागि मुलुकलाइ अहित हुने काम कुरा पनि गर्नु हुदैन ,नेतृत्वको परीक्षा यस्तो वेलामा नैं हुने हो। यो करीव ५५र६० अरवको अनुदानमा आउँन लागेकोपरियोजना हो।

 

यो रकम नेपालको प्राथमिकतामा रहेका विद्युत् , सडक लगायतका महत्वपूर्ण भौतिक विकाससंग सम्वन्धित आयोजनाहरुमा खर्च गरिने हो, यो संझौतामा कुनै सुरक्षाछाता भित्र पर्ने विषय उल्लेख भएको पनि छैन, अडिट नेपालको जिम्मेवार निकायवाट नैं हुने हो , यस्वारेमा नागरिक समाजका स्वतन्त्र चिन्तकहरुवाट पनि स्पस्ट भनाइ आएको छ र वहाँहरुले यो सम्झौता नेपालको अहितमा छैन भन्ने भनाइ व्यक्त गरिसक्नु भएको छ। यो परियोजनाले अरुण ३ को नियति भोग्नुपर्ला कि भन्ने परिस्थिति वन्न लागेको छ।

 

अरुण उपत्यकाको जैविक विविधताको समेत कुरा उठाएर अगाडि वढिसकेको योजनालाइ तुहाइयो, तत्कालीन अवस्थामा केही अभियन्ताले अरुणको विषयलाइ पनि अहिलेकै जसरी उठाएका थिए, यो आयोजना कार्यान्वयन हुन सकेन , पूर्वी नेपालको मुहार फेर्न कोशेढुंगा हुन सक्ने आयोजना असफल भयो, प्रायोजित रुपमा असफल वनाइयो।
तत्कालीन अवस्थाका कथित अभियन्ताहरु अहिले कुन् कुनामा वसेका छन् रु थाहा भएन। त्यसैले अफवाह होइन यथार्थको पछि लागौं।


एउटा सत्य कुरा के हो भनें कुनैं पनि द्विपक्षीय वा वहुपक्षीय सहयोगको पछाडि केही न केही स्वार्थ लुकेको नैं हुन्छ , हामीले अहिलेसम्म लिएका सवै सहयोग र दुनियामा एउटा देशर निकायले दिएका कुनैं पनि सहयोग पूर्णतया निस्वार्थ छैनन् भन्न सकिन्छ । वैदेशिक छात्रवृत्ति, भ्रमण आदान प्रदान देखि ठूला ठूला परियोजनामा केही न केही स्वार्थ लुकेकै हुन्छ।

 

एउटा गरीव देशको गरीवि , अशिक्षा , असुरक्षाले अर्को देशलाइ असर गरिरहेको हुन्छ, धनी देशको सम्पन्नता, सभ्यता र सुरक्षाको निरन्तरताका लागि कमजोर देशमा सहयोग गर्नुपर्ने हुन्छ। यो पनि स्वार्थ नैं हो। यो स्वार्थलाइ पनि स्वीकार न गर्नुको विकल्प भनेको कसैको पनि सहयोग स्वीकार न गर्नु हो , के यो सम्भव छरु अतएव , एम् . सी. सी. परियोजना सार्वभौमिकतालाइ प्रभावित गर्ने परियोजना होइन , यस्लाइ धेरै न गिजोलौं, यस्ले हाम्रो अन्तराष्ट्रिय विश्वसनीयतामा असर गर्छ।


अन्तमा, कोभिड (१९ ) संग सारा संसार संघर्ष गरिरहेको छ, हामी पनि क्षमताले भ्याएसम्म लडिरहेका छौं, लामो समयसम्म नैं संघर्ष गर्नुपर्ला जस्तो छ।


त्यसैगरी हामीले हालै जारीगरेको नक्सा अनुसारको लिम्पियाधुरासम्मको जमीन फिर्ता ल्याउनु छ, फिर्ता ल्याउँने क्रममा हुने भारतसंगको सम्वन्धमा हुने उतार चढावलाइ पनि भोग्नैंछ, आयात निर्यातमा हुने प्रभावलेमात्र पनि हाम्रो समृध्दिको यात्रालाइ न राम्रोसंग प्रभावित गर्छ।


अव आयो एम्. सी. सी. को कुरा यस्लाइ पनि हामीले अघि वढाएनौं भनें अनतर्राष्ट्रिय जगत्मा हाम्रो विश्वसनीयता गुम्नेछ र उक्त परियोजना अन्तर्गतका आयोजनाहरु पनि प्रभावित हुनेछन्, विद्युत विकासवाट समृध्दि हासिल गर्ने कुरा पनि गफाडीको गफमात्र हुनेछ।

 

दाताहरुसंगको सम्वन्धमा पनि चिसोपन आउँनेछ , जव हामी सवैतिरवाट अप्ठेरोमा हुनेछौं उत्तरको छिमेकीले पनि हाम्रो अप्ठेरोको फाइदा उठाउँन खोज्नेछ । अव हामी कोरोनाको व्यवस्थापन गर्ने किरु भारतसंगको सीमा समस्याको व्यवस्थापन गर्ने किरु एम। सी। सी। संझौता अस्वीकार गरेपछिको परिस्थितिको व्यवस्थापन गर्ने रु वहकावमा न लागौं , धरातलीय यथार्थलाइ मनन गरौं ,सही समयमा सही निर्णय गरौं , नेतृत्वको परीक्षा यस्तै अप्ठेरो समयमा नैं हुने हो।

(यो आलेख लेखकको समाजिक संचालबाट लिइएको हो । लेखक नेपालका पूर्व प्रशासक हुनुहुन्छ । उहाँले केही समय पर्सा जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि निर्वाह गर्नु भएको थियो )

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.