logo

पिसीआर खरिदको निर्णय आवश्यकतामा आधारित छ,फुटेर होइन जुटेर अगाडि बढौ

डा.दीपक शाक्य

      6/1/2020 गते 00 00 मा प्रकाशित     1317   पटक पढिएको

बीरगंज र पर्सा जिल्ला कोरोना संक्रमित रेड जोनमा परेको छ।यसको अर्थ यहाँ कोरोना संक्रमणको तेस्रो चरण अर्थात  समाजिकरणको चरणमा प्रवेश गरिसकेको छ।

यो अवस्थाम अति नै संक्रमित अवस्था हो। यसबेला कोरोना तिब्र गतिमा बढीरहेको हुन्छ। तपाईं हामि निरै हुन्छ हामी चिन्न पनि सक्दैनौ। यसैले बीरगंज र  पर्सा जिल्लामै थुप्रै संक्रमित हुनसक्ने सम्भावना रहेको छ।

समयमै पहिचान र उपचार गर्न नसके यसले महामारीको रूप लिने डर छ। यसकारण कोरोना संक्रमित थाहा पाउन र उपचार र नियन्त्रणको लागि समयमै बढि भन्दा बढि ट्रेसिङ्ग र टेस्टिङ गर्नुअति आवश्यक देखिन्छ। यसको लागि बढी क्षमता भएको पीसीआर मेशिन र टेस्टिङ किटको आवश्यकता छ ।  

पर्सामा अति न्युन मात्रामा परिक्षण हुनाले यसको टेस्टिङ पनि सार्है कछुवा गतिमा भइरहेको छ र हामीले संक्रमितहरुको पहिचान गर्न सकिरहेका छैनौ।यसैकारण अहिले हामी सबै उच्च जोखिममा रहेका छौ।यसको नियन्त्रण र उपचारको व्यवस्थापनमा पनि कमजोर देखिएका छन् ।

यस अवस्थालाई नै आत्माबोध र दृष्टिगत गरी बिरगंज महानगरपालिकाले बढी क्षमता भएको पि सि आर मेशिन र किटसहरु खरिद गर्ने निर्णय गरेको छ  । महानगरको निर्णय आवश्यकतामा आधारित छ र यो अति नै  स्वागतयोग्य छ।

अब प्रश्न उठ्छ महानगरपालिकाले खरिद गर्ने मेशिन बाट महानगरपालिका वडावासीहरुले मात्र सेवा प्राप्त गर्ने कि ? पर्सा जिल्लावासीले पनि सेवा पाउने यस्तो मानवीय संवेदनाको बेला यस्तो तुच्छ प्रश्न आउनु नपर्ने हो ।

सेवा उपचारको सीमाना र सीमितता हुदैन क्षमता को हुनसक्छ। यसर्थ यो सेवा मात्र जिल्ला होइन प्रदेश,राज्य र जो जहाँको भएपनि सबैलाई आवश्यकता परेको बेला सरल सुलभ रुपमा पाउनु पर्छ । यो सेवा प्रदान गर्नु जरुरी हुन्छ र दिनु पनि पर्छ।


टेस्टिङ पछि संक्रमितको संख्या बढ्न सक्ने हुनाले सोही अनुरूप बीरगंज र पर्सा जिल्लामा स्थित कोभिड अस्पतालको क्षमताबृद्धि , भेन्टिलेटरको संख्यामा बृद्धि, व्यवस्थित क्वारेन्टिनको क्षमताबृद्धि, स्तरीय भोजन र बसोबासको व्यवस्था तथा कोरोना संक्रमितहरुको सेवामा समर्पित चिकित्सा कर्मिहरुको क्वारेन्टिनमा खानेबस्ने ब्यवस्थापन,लकडाउनको बढ्दै गएकोले दैनिक ज्यालादारी मजदुर,गरिब असाहय दुः खीहरुलाइ राहतको ब्यवस्थापन गर्नु जरुरी हुन्छ।

यस स्थितिमा सांसद, प्रदेश सरकार, महानगरपालिका,नगरपालिका, प्रशासन, नागरिक समाजका अगुवाहरू कोहिले पनि एक्लै गर्छु भनेर सम्भव हुँदैन  ।

 सबैको साझा सहयोग, सहकार्य, सहमति, सदभाव, समन्वय र समझदारीले सेवा प्रदान गर्ने हो भने यो असम्भव पनि छैन। यसर्थ यस्तो संकटको घडीमा आ आफ्नो अहम् त्यागेर, असमझदारी मेटाएर संधघय सरकारको सहयोगमा प्रदेश सरकारको अभिभाकत्वमा यस जिल्लाको संघिय सांसद, प्रदेश सांसद जिल्ला समन्वय समिति, महानगरपालिका, नगरपालिकाहरु सबै राजनीतिक दलहरु, सम्बन्धित निकायहरु एकै ठाउमा आएर कोरोना बिरुद्धको लडाईमा सहभागि हुनु पर्छ ।

महानगरको अगुवाइमा सबै ले आ आफ्नै जिम्मेवारी पूर्बक सहयोग गरि माथि उल्लेखित सबै सेवाहरू संचालन ब्यवस्थापन नियन्त्रण गर्नु आजको आवश्यकता हो। साथै लकडाउनको समय अबधि बढाउने मात्र होइन कि यस अवधिमा एक्टिभ र प्रोएक्टिभ भै अत्यन्त महत्वपूर्ण जरुरी बजार,स्कुल कलेज, व्यापार व्यवसाय, उधोगधन्दा, कृषि व्यापार ,बैक, सहकारी, संघ संस्थाहरुलाई व्यवस्थितरुपमा संचालन गर्ने सहज वातावरणको सृजना गर्नु जरुरी देखिन्छ।

कोरोनाको कहरबाट समयमै पाठ नसिक्ने  हो भने यसको हामीले ठूलो मुल्य चुकाउन पनि तयार भएर बस्नु पर्छ। अन्त्यमा सबै जिम्मेवार नेतृत्वदायि निकायहरूलाई फुटेर होइन जुटेर अगाडि बढौ। कोरोना माथि बिजय प्राप्त गरौ भन्ने अनुरोध तथा शुभेच्छा।

डा. शाक्य बीरगंजका नागरिक अगुवा हुनुहुन्छ । यो सामाग्री उहाँको सामाजिक संजालबाट लिइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.