logo

मनीषाको बहानामा एउटा देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका पिछलग्गु पत्रकार

आनन्द स्वरूप बर्मा 

      5/22/2020 गते 00 00 मा प्रकाशित     1285   पटक पढिएको

कुरा हिजोको हो
टेलिभिजन स्क्रीनमा मोटो अक्षरमा आयो( “भारतको खान्छौ, चीनको गीत गाउँछौ।” त्यसपछि शुरू हुन्छ अभिनेत्री मनीषा कोइरालामाथि तीनजना समाचारवाचकद्वारा आक्रमण ती समाचारवाचक जसले हरेक बिहानी एबीपी न्यूज च्यानलमा ‘नमस्ते भारत’ नामक कार्यक्रम चलाउँछन्। सन्दर्भ थियो कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो भूभाग भन्दै नेपालद्वारा जारी नक्साका सम्बन्धमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीद्वारा गरिएको ट्वीटबारे मनीषाले गरेको एउटा ट्वीट। त्यसमा उनले लेखेकी थिइन्, “हाम्रो सानो देशको गरिमा राखेकोमा धन्यवाद।

 

तीन महान् देशीबीच शान्तिपूर्ण र सम्मानजनक संवादको हामीले अपेक्षा गरिरहेका छौँ।” बस् यति नै। अत्यन्त शालीन भाषामा एक नागरिकले आफ्नो देशको सम्प्रभुता र आत्मसम्मानलाई रेखाङ्कित गरेको एउटा टिप्पणी।


समाचारवाचक विकास भदौरियाले भारतमा मनीषा कोइरालाले अथाह पैसा र नाम कमाएको भन्दै अहिले आएर उनी भारतविरुद्ध चीनको पक्षमा उभिइन् भन्ने कुरा गरे।

उनले भने, “खान्छन् भारतको तर गीत गाउँछन् चीनको।” यी समाचार च्यानलहरूको बौद्धिक दरिद्रता देखेर आश्चर्य लाग्छ। के अब समाचार च्यानलमा पढेलेखेका सम्पादकको अस्तित्व नै छैनरु के अनपढहरूको जमातले नै कुन कुरा प्रसारण हुने र कुन कुरा नहुने भन्ने निर्धारण गरिरहेका छन्रु अथवा हरेक च्यानलमा पढेलेखेका सीमित मानिसहरू मौन बस्न अभिशप्त छन् .।


यी प्रश्नहरूका जवाफ दिँदै मेरा एक युवा पत्रकार मित्रले भने, खासमा मोदी सरकार आएपछि र खासगरी जेएनयू प्रकरणपछि ‘राष्ट्रभक्त’ र ‘देशद्रोही’ कित्तामा बाँड्न शुरू भएको छ।

 

यो तिनै कित्ताभित्र हरेक समाचारलाई ढाल्ने कुरा हो। एउटा मापदण्ड के बनिरहेको छ भने समाचारलाई त्यसरी प्रस्तुत गर्दा संस्थापन पक्षधर भइरहन सकिन्छ। जसलाई साँच्चै पत्रकारिता गर्नुछ उनीहरूले यी च्यानलहरूभन्दा बाहिर विकल्प खोजून्।


दिउँसो भएपछि यी र यस्ता समाचारहरू बहसको रूप लिने च्यानलमा लगभग चलन नै भइसकेको छ। समाचारको बागडोर च्यानलको सबैभन्दा समझदार र अनुभवी वाचिका रोमाना इसार खानको हातमा पुग्यो तर उनले पनि बिहानमा जस्तै त्यो समाचारलाई प्रस्तुत गरिन्।

रोमानालाई पनि लागिरहेको थियो कि मनीषालाई भारतले सबैथोक दिए पनि अहिले उनी चीनको पक्षमा उभिएकी छन्।


एक समझदार समाचारवाचक सत्ताको दबावमा कसरी जानी(नजानी मूर्खताको दलदलमा भासिँदै जान्छ भन्ने कुराको एउटा गतिलो उदाहरण रोमाना हुन्।

 

रोमानाको प्रश्न थियो( “७० वर्षको अवधिमा के पहिलो पटक नेपालले भारतसँग टाउको उठाएर कुरा गर्ने कोशिश गरिरहेको छरु” यो वाक्य कुनै पत्रकारको हुनै सक्दैन, बरू एउटा सानो छिमेकी देशको सम्प्रभुतालाई औँला देखाउने शासक वर्गका कुनै सदस्यको मात्र हुन सक्छ।


कार्यक्रममा दुईजना अतिथि थिए( भाजपाका प्रेमशङ्कर शुक्ला र भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल जीडी बक्शी। दुवै जनालाई नक्सा प्रकरणबारे पूर्ण जानकारी थिएन।

 

चीन र पाकिस्तानविरुद्ध त विनातयारी जतिबेला पनि बोल्न सकिन्छ। दुवै अतिथिले चिनियाँ षड्यन्त्रबारे कुरा गरे र जनरल बक्शीले त्यसका लागि अघिल्लो सरकारको आलोचना गरे।

 

अघिल्लो सरकारले जेएनयूका वामपन्थीहरूलाई नेपाल पठाएर माओवादीहरूलाई बलियो बनाउन लगाएको र त्यसको मूल्य अहिले चुकाउनुपरेको उनले आरोप लगाए। यो ग्रहकै “एक मात्र हिन्दूराष्ट्र” लाई बचाउन गुहार गर्दै उनले आफ्नो ज्ञानको अवस्था प्रदर्शित गरे। कार्यक्रमका अर्का ज्ञानी अतिथि शुक्लाले नेपालका पूर्वमाओवादी नेता प्रचण्डलाई जेएनयूले हुर्काए बढाएको राजनीतिक रूपमा  बताए।


जबकि जेएनयूसँग प्रचण्डको कहिल्यै कुनै साइनो नै भएन। निःसन्देह बाबुराम भट्टराईले त्यहाँ पीएचडी गरेका हुन्। समाचारवाचिका रोमानालाई यो लागेको हुनुपर्छ कि कार्यक्रमका ती दुई अतिथिलाई धेरैबेर स्क्रीनमा स्थान दिइराख्न उपयुक्त नहुन सक्छ। अतः उनले दुई जनाको आरोपबारे जवाफ दिन विपक्षी दल कांग्रेसका कोही उपस्थित नभएको भन्दै कार्यक्रमको समापन गरिन्।


त्यो टेलिभिजन कार्यक्रममा तर्कपूर्ण ढङ्गले यो कुरा हेर्न पाइएन कि कालापानी, लिपुलेक विवाद वस्तुतः के हो र दुई देश कहाँ चुके जसका कारण स्थिति तनावपूर्ण हुन पुग्यो।

 

समय छँदै संवादमार्फत् किन समस्याको समाधान खोजिएनरु नेपालका दुई छिमेकी देश छन्( भारत र चीन। के कसैले यो विषयमा चर्चा गरे कि भारतसँग सांस्कृतिक, सामाजिक र भौगोलिक निकटता हुँदाहुँदै नेपाल किन चीनसँग नजिकिँदै गएको भान हुँदैछरु यी कुराहरू नगरेर चीनको इशारामा नेपालले नयाँ नक्सा जारी गरेको भन्नु समस्याको गहिराइसम्म पुग्नबाट पन्छिनु मात्रै हो।


वास्तवमा कालापानीमा भारतले र लिपुलेकमा चीनले नेपाललाई डसेको छ। यो कुरा शासक र तिनका पिछलग्गु पत्रकारले बुझून्। सानो देश सानो सम्प्रभुता भन्ने औपनिवेशिक मानसिकताबाट मुक्त होऊन्। कुनै देशको भौगोलिक आकार र आर्थिक हैसियतका आधारमा कुनै देशको सम्प्रभुतालाई मापन गर्न मिल्दैन। जबसम्म यो कुरा बुझ्दैनौ तबसम्म छिमेकीबाट घृणा पाइरहन्छौ।

भारतीय बरिष्ठ पत्रकार आनन्द स्वरूप बर्माको लेखको भावानुवाद  पत्रकार गनी अन्सारीले गर्नु भएको हो । यो आलेख उहाँकै सामाजिक संजालबाट लिइएको हो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.