logo

इतिहास,राजनीति र जनादेशले भागेर होइन सामाना गरेर अघि बढ्न सिकाएको छःमंत्री भट्टराई

      3/28/2020 गते 00 00 मा प्रकाशित     876   पटक पढिएको

काठमाडौं १५  चैत । सस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमाथि आक्रमण शुरु भएको बताउनु भएको छ  । मन्त्री ढकालमाथि कोरोना भाइरसको समयमा पनि स्वास्थ्य सामग्री किन्न अनियमिता गर्ने गरी काम गरेको आरोप लागेपछि मन्त्री भट्टराईले सामाजिक सञ्जालमा ११ बुँदे वक्तव्य सार्वजनिक गर्दै महामारीविरुद्ध सरकारी संयन्त्र परिचालित भएका बेला ‘धमिलो पानीमा जाल थाप्नेहरु’ सल्बलाएको टिप्पणी गर्नु भएको हो ।

‘हाम्रो इतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होइन । सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । यस्तो अवस्थालेख्नु भएको छ , ‘त्यसलाई कामबाट जवाफ दिइने छ र जनस्तरबाट त्यसको भण्डाफोर हुनेछ । ‘कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्यमन्त्रीमाथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नुपर्छ  । हामी सबै तोकिएका जिम्मेवारी पूरा गर्दै स्वास्थ्यमन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम सफल पार्न प्रतिबद्ध छौं ।’

आपतकालीन परिस्थितीमा हतारमा काम गर्नुपर्दा केही कमजोरी भएको हुनसक्ने भन्दै आगामी दिनमा कमजोरी सच्याएर अघि बढ्ने समेत मंत्री भट्टराईले प्रष्ट पार्नु भएको छ । 

मन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको ११ बुँदे वक्तव्यः

१। यो विश्वकै लागि अस्वभाबिक र अप्रत्यासित थियो र नेपालका लागि पनि ।

२। स्वास्थ्य क्षेत्र अत्यन्तै बलियो भएका र सबै हिसाबले सम्पन्न राष्ट्रलाई समेत हम्मे हम्मे परिरहेको छ ।

३। एउटा बिकाशोन्मुख र सार्वजनिक तथा निजी क्षेत्रको क्षमता सानो आकार र दायरामा रहेको हाम्रो जस्तो मुलुकका लागि झनै गम्भीर अवस्था हो ।

४। सम्माननीय प्रधानमन्त्रीज्यूको प्रतक्ष निर्देशनमा उपप्रधान मन्त्री माननीय ईश्वर पोखरेलको अध्यक्षतामा रहेको उच्च स्तरीय समितिले राज्यका तिनै तह, सरकारी तथा गैर सरकारी र निजी क्षेत्र अनी अन्तरास्ट्रिय समुदायसँग समेत समन्वयमा हरसम्भब उपायकासाथ काम गरिरहेको छ ।

५। परिस्थिती अत्यन्तै जटील रहेको र ईमर्जेशी शैलीमा काम गर्नु परेकाले केही गल्तीर कमजोरी हुनसक्ने अवस्थालाई नकार्न सकिदैन । त्यसलाई आत्मासत गर्दै सच्याउदै अघि बढ्न हामी सबै प्रतिबद्ध छौ ।

६। हाम्रो ईतिहास, हाम्रो राजनीति र जनादेशले हामीलाई भागेर होईन बरु सामना गरेर अघि बढ्न र सफल हुन सिकाएको छ । हामी ठिक यहि बाटोमा छौ ।

७। यस्तो अवस्थामा स्वार्थी राजनीतिका घिनौला सुंड यत्र तत्र घुसार्ने कोशिस गरेको देखिन्छ । त्यसलाई कामबाटै जवाफ दीइने छ । जनस्तरबाटै त्यसको भण्डाफोर हुनेनै छ ।

८। स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कर्मचारी र निजी क्षेत्रबाट आफुलाई जोखिममा राखेर पनि अहोरात्र खटीरहनु भएको छ । वहाँहरु सबैको प्रशंसा गर्दछु । वहाँहरुको थप हौसलाका लागि सरकारले बिभिन्न प्याकेज घोषणा गरेको छ । धमिलो पानीमा जाल थाप्नेहरु उनीहरुलाई भड्काउन कोशिस गर्दैछन् । सबै होसियार हुनु पर्दछ । आफ्नो जिम्मेवारी छोड्नु हुँदैन ।

९। उपकरण तथा औषधीको आपुर्ती र बितरणमा स्वास्थ्य मन्त्रीज्युको अगुवाईमा सरकारी तथा निजी क्षेत्रका सबै निकायहरुले गम्भीरतापुर्बक काम गरिरहेको अवस्था छ । अब यसमा छिट्टै सहजता आउने छ ।

१०। कहिले को माथि त कहिले को माथि आक्रमण गर्ने गिरोहले अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकाल माथि आक्रमण शुरु गरेका छन् । उनीहरुको नियत र स्वार्थ सबैले बुझ्नु पर्दछ । हामी सबै तोकिएका जिम्मेवारी पुरा गर्दै स्वास्थ्य मन्त्रीको अगुवाईमा स्वास्थ्य मन्त्रालयले अघि सरेका नीति तथा कार्ययोजना सफल पार्न प्रतिबद्ध छौ ।

११। आज सिगो राष्ट्र र मानवजाति सभ्यताको रक्षाका लागि एक छ र एक रहने छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.