logo

यस्ता छन ब्यवसायीका बीरगंज भेलाका निष्कर्ष

      8/8/2018 गते 00 00 मा प्रकाशित     1326   पटक पढिएको

नेपाल उद्योग वाणिज्य महासङ्घको 
जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घको राष्ट्रिय भेला
वीरगञ्ज घोषणा पत्र

मुलुक सङ्घीय संरचनामा प्रवेश गरे सँगै नेपाल उद्योग वाणिज्य महासङ्घ पनि सोही अनुसार आफ्नो संरचनामा परिवर्तन गरी सङ्घीय संरचनामा गई सकेको वर्तमान परिस्थितिमा नेपाल उद्योग वाणिज्य महासङ्घले वीरगञ्ज उद्योग वाणिज्य सङ्घको आतिथ्यतामा पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष मा। श्री पुष्पकमल दाहाल ९प्रचण्ड०ज्यूको प्रमुख आतिथ्यता र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मा। श्री मातृकाप्रसाद यादवज्यूको विशिष्ट आतिथ्यतामा जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य सङ्घहरुको राष्ट्रिय भेला मिति २०७५ श्रावण २२ गते वीरगञ्जमा सम्पन्न भएको छ ।
उक्त भेलामा मुलुकभरीका उद्योगी व्यवसायीहरुले भोग्नु परेका समस्या र समाधानका बारेमा छलफल भएको छ । मुलुकमा सङ्घीयता कार्यान्वयन भइराख्दा स्थानीय एवम् प्रदेशबाट लागु गरिएका करका दरहरु अत्यधिक भएको, अध्ययनबिना लागु गरिएको, करमा दोहोरोपन भएको, एकीकृत सम्पत्ति कर, घर बहाल कर, बैंकको ब्याज दर अत्यधिक बृद्धि भएको, एकद्वार प्रणाली, राजस्व सम्बन्धी विवादमा न्याय पाउन कठिन भएकोे, कर्मचारीतन्त्रको स्वविवेकीय अधिकारको दुरुपयोग, विगत ४०—५० वर्ष पुराना ऐन नियमबाट राज्य व्यवस्था सञ्चालन भएको, फर्म नवीकरण हुन नसकेको, बजार अनुगमन व्यवस्थित नभएको, व्यापार घाटा अत्यधिक बढ्दै गएको र स्थानीय विकास निर्माण लगायतका विषयका बारेमा छलफल भएको छ ।
कृषिको आधुनिकीकरण, व्यवसायीकरण, पर्यटन क्षेत्र, जलविद्युत, जडीबुटीजन्य उद्योग मार्फत् सम्बृद्धि हासिल गर्न सकिन्छ । सरकारले यी विषयहरुलाई गम्भीर रुपमा लिई समाधान गर्ने छ भन्ने निजी क्षेत्रको सङ्घीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घले विश्वास लिएको छ ।
मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने निजी क्षेत्रको विकास एवम् विस्तारबिना सम्बृद्धि हासिल गर्न सकिदैन । वस्तु तथा सेवा उत्पादन गर्ने, रोजगारी सिर्जना गर्ने, र सरकारलाई राजस्व बुझाउने निजी क्षेत्रप्रति राजनितिज्ञ, कर्मचारीतन्त्र र सरकारको सोचमा परिवर्तन आउनु जरुरी छ ।

कार्यक्रमको समुद्घाटन सत्रमा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मा। श्री पुष्पकमल दाहाल ९प्रचण्ड०ज्यू बाट नेपालको आधिकारिक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा सुपरिचित निजी क्षेत्रको स्थापित एक मात्र संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ हो भन्ने अभिव्यक्ति व्यक्त भएबाट हामीलाई हौसला मिलेको छ । सँगसँगै, निजी क्षेत्रसँगको सहकार्य र राष्ट्रिय पूँजीको संरक्षण भएबाट मात्र सम्बृद्धि हासिल गर्न सकिने उद्घोष भएबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र महासङ्घका सदस्यहरुलाई झनै हौसला मिलेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मा। श्री मातृकाप्रसाद यादवज्यूले सुशासन कायम गर्न लागेको र उद्योग क्षेत्रका समस्या समाधान गर्न तयार रहेको अभिव्यक्ति व्यक्त भएबाट हामी उत्साहित भएका छौं ।
उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न निम्न विषयहरुमा सरकारको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छौ ।

घोषणा पत्रमा उल्लेखित बुँदाहरु

 स्थायी सरकार भएको अनुभूति उद्योगी व्यवसायीलाई हुनुपर्ने ।
स्वदेशी उद्योगलाई अनिवार्य प्रबद्र्धन गर्नुपर्ने ।
 स्थानीय तह कर संकलन गर्नका लागि भन्दा पनि जनतालाई सेवा दिने हुनुपर्ने ।
 स्थानीय तह र प्रदेश सरकारबाट कर निर्धारण गर्दा स्थानीय उद्योग वाणिज्य सङ्घको अनिवार्य सहभागिता गराइनुपर्ने ।
न्यूनतम जरिवाना लिई पmर्म नवीकरणको व्यवस्था हुनुपर्ने ।
उद्योग व्यवसाय क्षेत्रमा प्रवाह गरिने ऋणको ब्याज ८ प्रतिशत भन्दा बढी नहुने गरी कर्जा प्रवाह हुनु पर्ने ।
नेपाल उद्योग वाणिज्य महासङ्घ बजार अनुगमनको विपक्षमा नरहेको तर बजार अनुगमन गर्दा कार्यविधि बनाई स्थानीय उद्योग वाणिज्य सङ्घको सहभागितामा व्यवस्थित ढङ्गले हुनुपर्दछ ।
उद्योगको लागि चाहिने पूर्वाधार सडक, बिजुली उपलब्ध गराइनु पर्ने ।
बढ्दो ब्यापार घाटा कम गर्न कार्य गर्नुपर्ने ।

 कर प्रणालीमा Reform गरिनुपर्ने ।
 राजस्व सम्बन्धि विवादमा ५० प्रतिशतसम्म रकम धरौटी राखेर मात्र न्याय पाउन निवेदन दर्ता हुने भएकोले न्यायमा पहुँच हुन कठिन भएको छ । तसर्थ, १० प्रतिशत मात्र धरौटी राखे पुग्ने व्यवस्था हुनुपर्ने ।
 तयारी वस्तुभन्दा कच्चा पदार्थको भन्सार महसुल कम हुनुपर्ने ।
EXIM Code लिँदा बैंक ग्यारेन्टी नलग्ने व्यवस्था हुनुपर्ने ।
उद्योग दर्तादेखि खारेजी सम्मका सम्पूर्ण सेवाहरु एकद्वार प्रणालीबाट प्रदान गरिनुपर्ने ।
रुग्ण उद्योग पुनरुद्धार गर्न प्याकेज ल्याइनुपर्ने ।
कृषि क्षेत्रको व्यवसायीकरणमा जोड दिइनुपर्ने । करार खेती ऐन ल्याइनु पर्ने ।
कृषि तथा वनजन्य वस्तुको उत्पादन सार्वजनिक निजी साझेदारीबाट अगाडि बढाउनु
पर्ने ।
 सार्वजनिक निजी साझेदारीमा जोड दिई आर्थिक विकासमा सहभागी गराउनुपर्ने ।
आन्तरिक व्यापार व्यवसाय प्रबद्र्धन गर्न मेला महोत्सवलाई नेपाल उद्योग वाणिज्य महासङ्घसँग सहकार्य गरिनुपर्ने ।
 पञ्चायत कालका पुराना ऐन नियमको संशोधन÷पुनर्लेखन हुनुपर्ने । ९जस्तैः कालो बजारी ऐन २०३२, पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क ऐन २०२२ आदि
 सबै प्रकारका सिण्डिकेट खारेज हुनुपर्ने ।
 जनताप्रति उत्तरदायी र कानूनको शासन हुनुपर्ने ।
 वर्तमान सरकारको लक्ष्य “सम्बृद्ध नेपाल, सुखी नेपाली” अभिष्ट सफल पार्न निजी क्षेत्र सधैं तयार रहेको छ । निजी क्षेत्र सँगको सहकार्य गरेमा मात्र उक्त परिकल्पना हासिल गर्न सकिने विश्वास छ ।
धन्यवाद ।
२०७५ श्रावण २३ गते, बुधवार
वीरगञ्ज ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.