logo

मेरो कथा र राष्ट्रिय मर्यादित महिनावारी दिवश

      5/29/2018 गते 00 00 मा प्रकाशित     1379   पटक पढिएको

रामकुमारी झाँक्री
२०५० सालको मंसिर ८ गते ।मेरो स्मृतिमा आज पनि ताजै छ। मेरो स्कुलको वार्षिक परिक्षा मंसिर छ गतेबाट सुरू भएको थियो । परिक्षाको समय भएकोले घरको काम गर्न त्यो बेला पर्दैन्थ्यो ।

स्कुल अलि टाढा भएकोले सधै हतार हुन्थ्यो । परिक्षाले त झन तनाव हुने नै भयो ।   त्यो बिहान अर्थात मंसिर ८ गतेको बिहान ।


स्कुल जान तयारी गर्दै थिएँ, हात, गोडा, मुख धुन र एक गाग्रो पानी लिन घर नजिकै पघेरोमा गएँ । हुन त खाने पानीको धारा घरमै आउथ्यो । तर घरमा भन्दा गोठमा पानी धेरै चाहिने भएकोले, हिउँद महिनामा बारीमा हिउँदे गोठ बनाएर गाईबस्तु सार्ने हुदा, धारो परैबाट गोठ बनाएको बारीतिर लाने भएकोले खाने पानी नजिकैको पधेरोबाट बोक्थ्यौं । 


मैले त्यो बेला सबै भन्दा धेरै समय पानीको धारा वा पँधेरोमा बिताउँथें। म पानी क्रेज़ी थिएँ । पँधेर गएर हराउने धेरै समय लगाउने भएकोले गाली पनि खान्थें त्यो बेला । 


त्यो दिन जब पानी लिएर घर फर्के । पधेंर गएकोले हात गोडा धुदा अलि अलि भिज्नु स्वभाविक थियो । घरमा आमा अगेनामा दुध बसाएर कतै जानु भएको रहेछ । दूध उम्लिरहेको थियो ।

ठेको खनाएर दुध पनि हालेँ । आमालाई बोलाएँ, आमा बारीतिरै हुनुहुदो रहेछ । खाना खाएर स्कुल जान भन्नु भयो । म खाना खाएँ । अनि ड्रेस लगाउन कोठामा गएँ । परिक्षा भएकोले कपी किताव लानु पर्दैन्थ्यो । किताब ठिक्क पार्न परेन।
ड्रेस चेन्ज गर्दा चिसो चिसो च्याप च्याप लागेको महसुस गरें । अनि नियालेर आफूलाई हेरें ।

मेरो महिनावारी भएको रहेछ । मेरो पहिलो महिनावारी । हात खुट्टा लगलग काँपे । म अलि अतालिएँ । अब के गर्ने भनेररु आमा पनि हुनुहुन्न । म मात्र छु । अलिबेर पर्खिम स्कुल जान ढिलो हुने, परिक्षा चलिरहेको छ त्यसमा पनि वार्षिक परिक्षा । सोचें यो पाप होईन म समालिनुपर्छ ।

म मेरा आमा वा दिदीहरू भन्दा पछिल्लो पुस्ता हुँ र सचेत पुस्ता पनि हुँ । मेरा दिदीहरूले स्कुलको ग्राउण्ड टेक्ने मौक़ा पाएनन । मैले पाएँ । मैले केही न केही ब्रेकथ्रु गर्नैपर्छ । आफूलाई समालेँ । दृढ़ बनाएँ । जे हुन्छ बेलुकी आएर हुन्छ । आमालाई म बेलुकी फर्केपछि भन्छु भन्ने निश्चय गरेँ ।
र मैले आफै एक्लै निर्णय गरें । आमाको पुरानो सुतीको साड़ी च्यातेर प्याड बनाएँ, र लगाएर स्कुल गएँ ।

सधै जस्तो सामन्य हिसावले नै परिक्षा दिएँ । मेरो अलि अलि ब्याक पेन भएको थियो । अलि थकाई पनि महसुस भएको थियो । आलश्य भाको थेँ । 


बेलुकी घर आएँ खाजा खाएँ तर आमालाई भन्ने मेसो मिलेन । एक मुठा घाँस काट्न खरबरीमा गएँ । घाँस लिएर आउँदा बुबा र ठूल्दाईसंग भेट भएको थियो हिउदे गोठमा तर केही बोलिन । गोठबाट बेलुकी अध्यारो पारेर घर फर्के । सुटुक्क आफ्नो कोठामा आएर बसेकी थिएँ । अध्यारो भएकोले आमाले खोजी गर्नु भयो ।

आमा मेरो कोठामा आउनु भयो अनि आमालाई सबै कुरा भन्ने मौका पाएँ । आमाले धेरै कुरा संझाउनु भयो । 
आमाको अनुहारमा एक प्रकारको खुसी झल्किन्थ्यो । किन की मेरो महिनावारी मेरा कक्षाका साथिहरू भन्दा अलि ढिलो भएको थियो ।

 

मेरा साथिहरू कक्षा चार देखि कक्षा सातसम्म पुग्दा सबै जसो पर सरिसकेका थिएँ अर्थात महिनावारी भईसकेका थिए । सायद आमा त्यही कारण पनि खुसी हुनु भएको हुनसक्छ । मलाई पनि मेरा साथिहरूको सबै कहानी थाहा थियो । र म परिपक्क पनि भईसकेकी थिएँ साथिहरूलाई देखेर र सुनेर ।

आमाले घरमा भन्नु भए होला बुबा र दाईलाई । सायद मेरो परिक्षा पनि चलिरहेकोले होला दिदीहरूको पालाको कठोर परम्परावादी मेरा बुबा आमा पनि परिवर्तन हुनु भयो । आमा आफै पनि महिनावारी बार्नुहुन्थ्यो । तर मैले ११ दिन लुक्ने, घरको धुरी, सुर्य र बुबारदाजुभाई देख्न नहुने, परपुरूषलाई छुन नहुने, छोयोरदेख्यो भने पाप हुने त्यो कठोर अन्धविश्वास तोड्न, नमान्न सफल भएँ । 


म बोलेर वा झगडा गरेर वा अटेरी गरेर होईन । संझाएर कन्भिन्स गरेर र परिस्थितिलाई देखाएर। 
जाडो महिना थियो म आफ्नै बेडमा सिरक डसनामा सुतें । मलाई दूध खान हुदैन भन्नु भएन । म दूध पनि खाएँ घरमा नै बसेँ । बरू थप काम लगाउनु भएन बसेर पढ्ने मौका पाएँ । कमजोर स्वास्थ्य भएको बेला केयर पनि पाएँ । 
के छुन हुन्छ र के हुन्न भन्ने कुरा मेरो लागी गौण भयो । बरू ब्लिडिङ हुने, थकाई वा आलस्य हुने भएकोले आराम र सरसराई गर्ने मौक़ा मिल्यो । 


म प्रति कहिल्यै गुनासो गर्नु भएन मेरा अभिभावकले । त्यस पछिका दिनहरू झन सहज भएँ मेरा लागी । र, आज पर्यन्त म महिनावारी बार्दिन तर सरसफाई गर्छु । मेरो बिहेपछि, मेरो घरमा पनि यस्तै सजिलो वातावरण छ । कसैलाई छुई लाग्दैन यहाँ । तर सबै काम गर्नुपर्छ भन्ने पनि छैन । नगर्न पाईन्छ । पर सरेको बेला भान्सामा नगए पनि हुन्छ । गएर काम गरे पनि हुन्छ । आफ्नै खुसी । र,  महिनावारी पाप होईन । महिनावारी भएपछि नै हरेक महिला सृष्टिका लागि योग्य हुन्छन । 


महिनावारी नभैं कसरी बच्चा जन्मन्छरु विद्वान मित्रहरूले यसतर्फ आजसम्म बहस गरेको देख्दिन ।
कसले भनेको वा बनाएको रिती हो यो ?  पाप भन्ने । के हरेक मान्छे महिलारपुरूष हामी आफूलाई पापको परिणाम मान्न स्वीकार गर्न तयार छौं ? स्वीकार गर्न सक्छौं रु सायद गर्दैनौ होला ?
त्यसैले महिनावारी,गर्भिणी र सुत्केरी अवस्था हरेक महिलारआमाहरूको लागि विशिष्ट र पबित्र अवस्था हो । 
प्रकृति वा समाजले गरेको बिभेद होईन, विशिष्टता र भिन्न अबस्था हो महिलाको । 
यसलाई यसरी सजिलो गरी हामी बुझाऔं ।

अनि महिनावारीमा महिलालाई छाउ गोठमा राख्नु र महिनावारीलाई बहिष्कार गर्नु सामाजिक अपराध हो । यो कानुनी रूपमा दण्डनीय छ । ति महाअपराधी हुन जसले महिनावारीलाई अपराध ठान्छन ।

तर यसो भनेर मात्र समस्या कहाँ समाधान हुन्छ र ? महिनावारीलाई बहिष्कार नगर्ने समाज बनाउने पनि त कर्तव्य तपाई हाम्रो हो । 
त्यसका लागि हामी सबै जागरूक र सचेत बनौँ । भत्काऔं बारीको कुनामा बनाएका छाउ गोठहरू । हटाऔं तपाई हाम्रो मनको कुनामा जिबित महिनावारी र छुवाछुतको अपराबोध गर्ने मन, हिनताबोध गर्ने भावना । 
अनि महिनावारीलाई बुझौं जैविक, प्राकृतिक विशिष्ट अबस्था भनेर । 
तब मात्र समाज शभ्य बन्न सक्छन । हाम्रा नानीहरू पाप र अपराधबोधको सिकार हुनबाट जोगिन्छन । हिनताबोधबाट मुक्त हुन्छन । एक योग्य महिला, सृष्टिदाता र सृष्टिका सुन्दर अंश बन्नसक्छन । हाम्रो समाजले सामाजिक दायित्व बोक्ने जिम्मेबार नागरीक ठान्नेछ । राष्ट्रिय मर्यादित महिनावारी दिवशको सबैमा हार्दिक शुभकामना 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.