logo

सामाजिक सदभावलाई बिन्यास हुन दिन्न -उम्मेदवार गुप्ता

      11/24/2017 गते 00 00 मा प्रकाशित     1660   पटक पढिएको

नेवार समुदायमा कन्या रजस्वला हुनुभन्दा अगाडि बेलविवाह गर्ने प्रचलन छ । नारायणको प्रतीक बेलसँग विवाह गरिसकेपछि गुफा बस्ने काम गरेमा राम्रो हुने धार्मिक विश्वास रहिआएको हुँदा नेवार समुदायका कन्याको बेलसँग विवाह गर्ने प्रचलन रहेको हो।

शास्त्रीय विधानअनुसार रजस्वला नहँुदै नारायणको प्रतीक बेलसँग विवाह गर्ने चलन परम्परादेखि नै रहिआएको सामाजिक अगुवाहरु बताउछन ।  बीरगंजको माइस्थान मन्दीर अगाडि  मंसिर ६ गते इही शुरु भयो र ७ गते सकियो ।  

अरुवेला भन्दा यसपटक वेलबिवाहको महोल पनि अर्कै बन्यो । सम्विधान जारी भएपछिको पहिलो आम निर्वाचनको संघारमा भएको वेलबिवाह चुनावमय पनि भयो । बीरगंज आफैमा बिविध संस्कृतिको विविधताले भरिपूर्ण छ । नेपालका सबै ठाउमा एक समुदायको संस्कृति अर्को समुदायले पनि उत्तीकै आदरभावका साथ ग्रहण गर्ने भएकोले सामाजिक एकता अदभूत छ ।

त्यसैको एउटा नमुना बेलविवाहमा पनि देख्न पाइयो । त्यो आकर्षणका केन्द्र थिए वामगठबन्धनको तर्फबाट पर्सा चुनाव क्षेत्र नं १ को “ख”का प्रदेश सभाका उम्मेदवार शम्भु गुप्ता ।

बीरगंजका रैथाने गुप्ताको साथीसंगी नेवार समुदायका पनि थुप्रै छन । त्यही संगतकै कारण उनले नेपाल जेसीजको राष्ट्रीय उपाध्यक्षको नेतृत्व सम्हाले । बीरगंजको नेवार समुदायसंगको संगत नभएको भए गुप्ताको जेसीज यात्रा यसै हुन्थ्यो भन्न सकिन्नथ्यो ।

त्यसैले त होला सामाजिक कर्म, अ‍ैचो पैचोमा गुप्ता र उनका साथीहरुको ब्यवहार अनुकरणीय देखिन्छ । आफनै साथी उम्मेदवारको रुपमा आउदा उनका साथीसंगी पनि उत्साहित छन । हामीमा उमंग आएको छ आफनै साथी उम्मेदवार भएकोले हाम्रो दुःख सुखको कुरा बुझ्ने मान्छे भएकोले ठिक लागेको छ उनका एक साथीले भने । 

 बीरगंजमा मधेश आन्दोलन हुदा सामाजिक रुपमा रहेको एकतामा ठुलो दरार आयो । मनोबिज्ञान त्रसित बन्यो । एकै आँगनका छिमेकी एकले अर्कोलाई हेर्दा संशयका नजरले हेर्ने अवस्था थियो । कहिले काही अवान्छीत तत्वले घरका ढोका हानेको सम्झनेहरु अहिले पनि बीरगंजमा छन ।

सुरक्षीत थाँतथलो खोज्दै हामी त हिड्यौ भन्ने पनि छन । यही अवस्थामा एकले अर्कोलाई मजवुत साथ दिनेहरुको पनि कमी थिएन । सदभाव बिगार्न खोज्नेहरु जति थिए त्यो भन्दा बढी जोगाउन खोज्नेहरु पनि थिए ।

यही माटोमा जन्मी हुर्की बढेको साथी संगी र दौतरीहरुको मनमा त्यस्तो बिभेद थिएन । थियो त केवल माया प्रेम  । यही मध्यका हुन थिए गुप्ता पनि । त्यसैले त होनी वेलविवाहको पावन कर्ममा मुल पुरोहितले गुप्ताको निम्ति पूजा गरे बिजय पाउनु भन्दै उनले गरेको पूजा अर्चनाले पनि हाम्रो समाजको एकताको सुत्रलाई देखाउछ ।

म सदभावको सेतु नै हु उम्मेदवार गुप्ता भन्छन । हाम्रो समाज सप्तरंगीपूर्ण छ । याहा हामी जो छौ सबै छौ यो सबै नै हाम्रो समाजको सौन्दर्यता र शक्ति हो ।  यसलाई बिन्यास हुन दिने पक्षमा आफू नरहेको  गुप्ताको भनाई  छ ।    उनकोलागि मुल पुरोहितले पूजा गरिरहदा उनका अग्रज र साथीहरुपनि उत्साहका साथ संगै थिए ।

मोहन प्रधान,रामश्रेष्ठ,गणेश श्रेष्ठ,अमित श्रेष्ठ संदीप श्रेष्ठ,प्रविण मान्नधर ,दीपक शम्भू बिनोद मान्नधर लगायतको सहभागिता रहेको थियो । पुराना दिन ताजा भए जनमत लिएर जनताको सेवा गर्न साथी हिडेकोमा आफूहरु खुशी रहेको उनीहरुको प्रतिक्रिया थियो ।

नेकपा एमालेका तर्फबाट चुनाव क्षेत्र नं १ को प्रदेश सभा “ख”का उम्मेदवार गुप्ताको सामाजिक जवीनमा रहेको संलग्नताले उनलाई जनताकोवीचमा प्रिय बनाएको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.