logo

तराईमा रैथाने जाग्नै पर्थ्यो, जागेका छौं

      1/29/2017 गते 00 00 मा प्रकाशित     1470   पटक पढिएको

 

सिराहाको लाहान पडेरियामा हाम्रो परिवार कहिलेदेखि बस्न थाल्यो भन्ने मलाई, मेरो बुबालाई मात्र नभएर मेरो हजुरबालाई पनि थाहा छैन, हजुरबाले आफ्नो हजुरबाबाट पनि पुख्र्याैली ठाउँ अन्त भएको थाहा पाएको भए सन्तानलाई सुनाउनु हुन्थ्यो होला । सायद हाम्रो अनगिन्ती पुस्ता यही जन्मियो, हुर्कियो र सन्तानलाई यो भूभाग छाडेर गयो । कतैबाट आएको भएपनि यतै दुई चार किलोमिटर यताउताबाट आयो होला ।

कयौं मधेसी, दलित, मुश्लिमको कुरा पनि यही हो । सयौं बर्षदेखि उनीहरु यही जमिनमा जन्मिए, यहीको पानीबाट सिंचित भए, यही हावामा सास फेरेर जिन्दगी अघि बढाए । पहाडिहरु पनि यही माथिको पहाडबाट आएका हुन् । त्यतैबाट बगेर आएको पानीले हाम्रो जमिन सिञ्चित भएको हों, यसकारण पहाडिहरुसँग हाम्रो पुस्तौंदेखि पानीको नाता छ । एउटै खोलाले हाम्रो जिवन बचायो र अघि बढायो ।

तर, पछिल्लो केही बर्षदेखि कतै कुनै सम्बन्ध नभएका बाहिरियाहरु हाम्रो जमिनमा हावी हुँदै आएका छन् । समाजमा उनीहरुकै बोलबोला छ, राजनीतिमा उनीहरुकै चहलपहल छ । कतिसम्म भने आफ्नो बोलबाला कायम राख्न र बढाउन उनीहरुले हामी रैथानेलाई फुटाउने चाल समेत चलेका छन् ।

पहाडिहरु पनि यही माथिको पहाडबाट आएका हुन् । त्यतैबाट बगेर आएको पानीले हाम्रो जमिन सिञ्चित भएको हों, यसकारण पहाडिहरुसँग हाम्रो पुस्तौंदेखि पानीको नाता छ ।

बाहिर भाषणमा उनीहरु सम्पूर्ण मधेसी एक हुनुपर्छ भन्छन् । थारु पनि मधेसी नै हुन् भन्छन् । पहाडिहरुले सम्पूर्ण मधेसीलाई पछि पारेकाले पहाडिबिरुद्ध सम्पूर्ण मधेसी मिल्नुपर्छ भन्छन् । तर भित्रभित्र अंगिकृतहरु एक हुनुपर्छ भन्छन् । एक नहुँदा नागरिकता खोसिन्छ भन्ने डरले उनीहरु एकिकृत र संगठित पनि भएका छन् ।

पछिल्लो समय अंगिकृतहरुलाई संगठित बनाउने र राजनीतिसहित सबै क्षेत्रमा उनीहरुलाई अघि बढाउने राजनीतिक शक्ति मधेसी मोर्चा बनेकाले उनीहरु तराई—मधेसका सबै क्षेत्रमा अघि बढेका छन् । अंगिकृतहरु सबै क्षेत्रमा अघि बढेपछि रैथानेहरु स्वतः पछि पर्ने नै भए । मधेसी, दलित, थारु, पहाडि मिल्नु हुँदैन भन्दै अंगिकृतले भ्रम फैलाएकाले रैथाने बिभाजित छन् । यसरी, भूमिपुत्र भएर तथा धेरै बढि संख्या भएर पनि रैथाने पछि पर्नुपरेको छ ।

अहिले त कतिसम्म भने, तराई—मधेसको हामी नै ठेकेदार हौं भन्दै उनीहरुलाई जे मनमा लाग्छ त्यही तराई—मधेसको माग हो भन्ने ढिंडोरा पिट्छन् । ती माग पूरा भएनन् भने तराई—मधेस बन्द गर्छाैं, आगो लगाउँछौं भन्दै धम्की दिन्छन् । हामी रैथाने संगठित नभएकाले यी सबै नाटक हेर्न र सुन्न वाध्य छौं । सरकार पनि उनीहरुकै स्वर ठूलो सुनेर त होला, उनीहरुलाई नै तराई—मधेसको ठेकेदार मान्छ । उनीहरुसँगै वार्ता गर्छ । यसरी, दिनहुँ मुठ्ठिभरका केही अंगिकृत र अंगिकृत पक्षधरहरुको नाटक काठमाडौं र तराई—मधेसमा टुलुटुल हेरिरहनु परेको छ ।

रैथाने एकता परिषद यही कारण

यो सबै परिस्थिति चित्त नबुझेर हामीले हिजो रैथाने एकता परिषदको गठन गरेका हौंं । यसैले हिजोको दिन पुस्तौं पुस्तादेखि यो जमिनमा बसोबास गर्दै आएका नेपालीका लागि ऐतिहासिक महत्वको दिन हो ।

रैथाने एकता परिषद यहाँको जमिन, हावा, पानीसँग अभिन्न ढंगले गाँसिएका नेपालीहरुको अधिकार पुनस्र्थापना गर्न गठन गरिएको मंच हो । यो राजनीतिक पार्टी होइन । यसमा जुनसुकै राजनीतिक पार्टीमा रहेका या नरहेकाहरु संलग्न हुनसक्छन् ।

अहिले चाहे मधेसी हुन्, आदिवाशी जनजाति हुन्, थारु हुन्, दलित हुन्, मुश्लिम हुन् वा पहाडि हुन्, रैथानेहरु एक जुट हुनु परेको छ । आर्थिक, सामाजिक र राजनीतिकरुपमा पछि परेका रैथानेहरु एकिकृत नहुँदासम्म अघि बढ्न सक्दैनौं, रैथानेहरुलाई अहिले जात, समुदाय, धर्म, भाषा, क्षेत्रका नाममा बिभाजन गर्ने षड्यन्त्र गरिएको छ ।

हामी कोही मधेसी, कोही थारु, कोही दलित, कोही पहाडि छौं । हामी कोही हिन्दु धर्म मान्छौं, कोही बुद्ध धर्म मान्छौं, कोही मुश्लिम धर्म मान्छौं, कोही प्राकृतिक धर्म मान्छौं । भाषा पनि हाम्रो फरक फरक छ । तर, हामी सबै नेपाली हौं । यो जमिन हाम्रा पिता पुर्खाले रगत पसिना बगाएर आवाद गरेका हुन्, यो देशको निर्माण हाम्रो पिता पुर्खाले गरेका हुन् । त्यसैले हामीलाई यो माटोप्रति, यो देशप्रति गर्व छ । रैथाने एकता परिषदले यो देशप्रति गर्व गर्ने संस्कृति अघि बढाउनेछ ।

यो देशको अखण्डताप्रति हामीलाई गर्व छ । हामी यो देशको अखण्डताबिरुद्ध हुने कुनै गतिविधी सहने छैनौं । यस्तो षड्यन्त्र पछिल्लो समय सतहमा देखिएको हामीलाई थाहा छ । रैथानेहरुलाई एक बनाएर हामी यो षड्यन्त्रलाई परास्त गर्नेछौं ।

सयौं हजारौं वर्षदेखि हामीले मानिआएको धर्म, हामीले बोल्दै आएको भाषा, हामीले लगाउँदै आएको पोशाक र हामीले मान्दै आएको संस्कृति चाडपर्व सबैप्रति हामीलाई गर्व छ । हामी यसलाई जोगाउँन चाहन्छौं । किनभने, यी सबै हाम्रा पुर्खाका चिनो हुन्, यी सबै हाम्रो यही माटो, हावासँग अभिन्नरुपमा जोडिएका छन् ।

हिजो पनि पहाड थियो, हिजो पनि हिमाल थियो, हिजो पनि तराई मधेस थियो, हिजो पनि यी सबै भूगोलहरुमा मानिस बस्थे । हिमालको अर्कै दुख छ, पाहाडको अर्कै दुख छ । तराईको दुख अर्कै छ । दुखहरुसँग संघर्ष गरेरै हामीले हाम्रो देशलाई यहाँसम्म ल्याएका हौं । सँगै बस्ने क्रममा कसैले कसैलाई छोयो होला, एउटै परिवार, लोग्ने स्वास्नीमा त कहिलेकाहिँ भनाभन हुन्छ भने समाजमा, देशमा दोष लगाउने ठाउँ नै नपाउने भन्ने हुदैन । तर, इतिहासदेखि नै हामी मिलेर बस्यौं र अहिले पनि हामी मिलेरै बसेका छौं । त्यसैले, यो देशको अखण्डताप्रति हामीलाई गर्व छ । हामी यो देशको अखण्डताबिरुद्ध हुने कुनै गतिविधी सहने छैनौं । यस्तो षड्यन्त्र पछिल्लो समय सतहमा देखिएको हामीलाई थाहा छ । रैथानेहरुलाई एक बनाएर हामी यो षड्यन्त्रलाई परास्त गर्नेछौं ।

हरेक समुदायले आफ्नो अधिकारका लागि माग राख्न पाउँछ । एउटाको जायज मागलाई अर्काे समुदायले पनि समर्थन गर्छ । हिजोदेखि नै हाम्रो यो संस्कार हो । तर, पुस्तौदेखि मिलेर बसेका, संघर्ष गरेर, रगत पसिना बगाएर समाजलाई यहाँसम्म ल्याइपुर्याएका हामी रैथानेले मात्र यो सबै बुझ्न सक्छौं । रैथानेहरुले मात्र एक अर्काका सुख दुख महशुस गर्न सक्छौं । आपत परेकालाई चाहे, अर्कै समुदायको होस्, चाहे अर्कै धर्मको होस, चाहे अर्कै भाषा बोल्ने होस्, चाहे खेलापारीको चाहे खोला वारीको होस्, हामी रैथानेले हिजो पनि एकले अर्कालाई सघाएकै हौं । मर्दा पर्दा एकले अर्काको काँध थापेकै हौं । आज पनि हामी हाम्रो त्यो संस्कार कायम रहनु पर्छ । हामी त्यही संस्कार कायम राख्दै अरु विकसित गर्न चाहन्छौं ।

यो कुनै राजनीतिक पार्टी नभएकाले यसमा जुनसुकै राजनीतिक पार्टीमा रहेका पनि लाग्न सक्छन् । यसमा लाग्न पार्टी छाड्नु पर्दैन । कुनै राजनीतिक पार्टीमा नभएका पनि यसमा लाग्न सक्छन् । यसमा लाग्न राजनीतिक पार्टीको सदस्य हुनैपर्छ भन्ने पनि छैन ।

हामी अब पुस्तौपुस्ता देखि यो माटोमा बसोबास गरिरहेका नेपालीहरुको पक्षमा दृढतापूर्व लाग्ने छौं । एकिकृत, सार्वभौम, अखण्ड नेपाल हाम्रो उदेश्य हो । सबै रैथाने नेपालीबीचको एकता हाम्रो ध्येय हो । हामीलाई विश्वास छ, सम्पूर्ण रैथाने नेपालीहरुबाट हामीले सहयोग पाउने नै छौं ।

आठैप्रहर डटकम

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.