logo

परिचय फेर्दै वीरगन्ज

नाकाबन्दीको केन्द्रविन्दु बनेको आर्थिक नगरी वीरगन्जमा पछिल्लो समय पूर्वाधार निर्माणले गति लिएको छ

      1/24/2017 गते 00 00 मा प्रकाशित     1589   पटक पढिएको

वीरगन्ज– गत वर्ष मधेस आन्दोलन र भारतको अघोषित नाकाबन्दीको केन्द्रविन्दु बनेको आर्थिक नगरी वीरगन्जमा पछिल्लो समय पूर्वाधार निर्माणले गति लिएको छ । झन्डै आधा वर्षको बन्द र साढे ४ महिनाको नाका ठप्पले थलिएको यो क्षेत्र अहिले पुरानै लयमा फर्किएको छ । वीरगन्ज र आसपासका क्षेत्रमा पूर्वाधार विकास निर्माण, ठूला होटल, मल, अपार्टमेन्टस“गै पर्सा वारा औद्योगिक कोरिडोरमा नया“ उद्योग स्थापना र विस्तारले गति लिएको हो ।

सहरको मूख्य व्यापारिक केन्द्र मानिने आदर्शनगरमा करिब ७५ करोडको लागतमा ३ तारे दियालो होटल निर्माण भइरहेको छ । अन्डर ग्राउन्ड पार्किङ सहित तेस्रो तल्लामा स्वीमिङ्ग पुल, पार्टी प्यालेस पनि राखिने योजना रहेको सञ्चालक मध्यका एक अनिल रुंगटाले बताएका छन् । आदर्शनगर नजिकैको भगवती टोलमा ४५ वटा फल्याट भएको शालिमार होम्सको दुईवटा टावर निर्माण भइसकेका छन् । थप एउटा टावर निर्माण गर्ने योजना रहेको शालिमार ग्रुपका निर्देशक अशोक वैद्यले जनाए । यही समूहले वीरगन्जको गण्डक नजिकै नारायाणी वयोधा अस्पताल समेत निर्माण थालेको छ । आधुनिक सुविधा सहितको उक्त अस्पतालमा हेलीप्याडको समेत व्यवस्था गरिएको छ । ‘शालीमार सिमेन्टले आफ्नै खानी सञ्चालनमा ल्याएको छ,’ अध्यक्ष वैद्यले भने, ‘डन्डी निर्माण पनि सुरु गरेका छौ“ ।’ वीरगन्जको अर्को व्यापारिक समूहले पीभीआर मल निर्मँणको योजना बनाएको छ । स्टील्स, सिमेन्ट र फलाम उद्योगीले लगानी थपेर उद्योग विस्तार गरिरहेका छन् ।

विगत लामो समयदेखिको डुबान र ढल निकासको समस्यालाई हटाउन वीरगन्जमा सञ्चालित मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार योजनाको करिब ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको छ । करिब ३ अर्ब रुपैया“को यो परियोजनाले व्यापारिक नगरीको ढल निकास समस्या समाधान भई कायापलट हुने योजना प्रमुख शैलेन्द्र श्रेष्ठ बताउ“छन् । वर्षातको पानी र घरबाट निस्किने फोहोर पानी सहज निकासका लागि सहरको पूर्व र पश्चिममा रहेका सिर्सिया र सि“घा नदीसम्म पु¥याउन अन्डरग्राउन्ड नाला निर्माण भइरहेका छन् । ‘योजना सम्पन्न भएस“गै मूख्य डुबानक्षेत्रमानिएको पानीट्यांकी ऐरिया, आदर्शनगर, मुर्ली, जेल रोड, गोश्वारा रोड लगायतका क्ष्ँेत्रको डुबान समस्या समाधान हुनेछ,’ श्रेष्ठले भने । ३ अर्ब लागतमा वीरगन्जको पश्चिम पट्टि निर्माण भइरहेको एकीकृत भन्सार जा“च चौकीको निर्माण कार्य पनि अन्तिम अवस्थामा पुगेको छ ।


यसैगरि सहरबाट निस्किने ठोस फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यले ४७ करोड ६१ लख ८० हजार रुपैया“मा फोहोर मैला व्यवस्थापन केन्द्र निर्माण भइरहेको छ । स्थानीयको विवादले केही सुस्त बनेको निर्माण कार्य अहिले विवाद समाधान भएस“गै गति लिएको छ । फोहोर व्यवस्थापनको समस्या झेलिरहेको वीरगन्जले यो बहुप्रतीक्षित योजना सम्पन्न भएपछि राहत पाउने वीरगन्ज उपमहानगरपालिकाले जनाएको छ । अगामि असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वीरगन्ज बसपार्क टर्मिनलको निर्माण कार्य पनि सुरु भएको छ । १७ करोड रुपैया“ लागतमा अत्याधुनिक बसपार्क निर्माण गरिने उपमहानगरपालिकाका योजना प्रमुख प्रकाशमान सिंह अमात्यले जनाए ।

 

निर्माण कार्यले गति लिएस“गै निर्माण सामग्रीको माग ह्वात्तै बढेको छ । वारा पर्सा औद्योगिक कोरिडोरमा रहेका करिब एक दर्जन सिमेन्ट र डन्डी उद्योगले उत्पादन झन्डै दोब्बर बढाएका छन् । सहरस“गै पर्साको ग्रामीण सडक ग्राभेल गरी पीच गर्ने कार्य पनि सञ्चालनमा छन् । ग्रामीण क्ष्ँेत्रलाई सदरमुकाम वीरगन्जस“ग जोड्ने पोखरिया–तिलावे १० किलोमिटर सडक खण्ड सडक डिभिजन कार्यालयले पक्की गर्ने ठेक्का लगाएको छ । जिल्ला विकास समितिले १३ किलोमिटर लामो आत्माराम पथ र १७ किमी जनता सडक पीच गर्न ठेक्का लगाएको जिविस योजना शाखाका शम्भु चौरसियाले बताए ।


साभार: कान्तिपुर

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.