logo

सिमरा भेट्रानको उपाधि हेटौंडालाइ,खेल क्षेत्रको विकासको लागि स्थानीय सरकारको भुमिका  महत्वपूर्ण-पूर्व मन्त्री पौडेल

      12/5/2020 गते 00 00 मा प्रकाशित     979   पटक पढिएको

बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ को सिमरामा कोसेली तथा हुलास युवा क्लबको संयुक्त आयोजना सम्पन्न सिमरा दोस्रो भेट्रान फुटबल प्रतियोगिता २०७७ को उपाधि हेटौंडा भेट्रानले हात पारेको छ ।

 

हेटौडा भेट्रान र बीरगंज युथ एकेडेमीको बीचमा सम्पन्न खेलमा हेटौंडाले १ का बिरुद्ध ३ गोल गरी जीत हासिल गरेको हो । कार्यक्रममा प्रथम हुने समूहलाई ३० हजार र दोश्रोलाई २० हजार सहित सशल्ड तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

 

कार्यक्रमका  पुर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले सरकारले खेल क्षेत्रमा ध्यान पूराउनुपर्ने कुरामा जोड दिनुभयो ।

 

उहांले सरकारले स्थानीय तहका लागि १ अरव ५० करोड बजेट छुट्याइएको उल्लेख गर्दै सरकारले छुट्याएको बजेटलाई खेलक्षेत्रमा लगाउनु पर्ने कुरामा जोड दिनुभयो उहाँले स्थानीय तहले खेल क्षेत्रको विकासको लागि छुट्टाइएको बजेटलाई विकास निर्माणमा खर्च गर्न नहुने कुरा उल्लेख गर्दै त्यस्तो गरिएको भए युवा तथा खेलाडीहरुले खबरदारी गर्नुपर्ने बताउनु भयो ।

 

पूर्वमन्त्री पौडेलले एउटा भेट्रानखेल सञ्चालन गर्न २ लाख लागेको आफूले जानकारी पाएको उल्लेख गर्दै इच्छाशक्ति भए प्रतियोगिता संचालन गर्न र खेलाडीहरूको प्रबर्द्धनकालागि कुनै समस्या नहुने  जिकिर गर्नुभयो ।

 

त्यसैगरी कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य शोभा लामाले प्रदेश सरकाले खेल क्षेत्रमा ध्यान नदिएको उल्लेख गर्दै आफुले सधै खबरदारी गरिरहेको र आफ्नो तर्फबाट पूर्ण सहयोग हुने जानकारी दिनुभयो ।

 

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य दिनेश राई, नेकपा बाराका अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ,नेकपा बाराका नेता तथा जितपुरसिमरा सार्वजनिक सरोकाकार समितिका संयोजक मनोज पौडेल, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, तराई यातायात व्यवसायी सङ्घका अध्यक्ष शंकर कुमार विष्ट, कोषाध्यक्ष नारायणप्रसाद घिमिरे नेकपाका प्रतिनिधि रबिन्द्र खकुरेल लगायतले विजयी  प्रतियोगीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

मूल आयोजक समितिका संयोजक सोमलाल बोम्जनको सभापतित्वमा र अनिस अधिकारीको सहजीकरणमा सम्पन्न कार्यक्रमको स्वागत बिशाल घिमिरेले गर्नुभएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.