logo

दोश्रो निर्मल गोल्डकपमा  सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी

      11/4/2020 गते 00 00 मा प्रकाशित     1523   पटक पढिएको

ठोरी गाउँपालिकाको वडा नं ४ निर्मलवस्तीमा जारी दोश्रो  निर्मल गोल्डकप अन्तरगत आजका खेलहरुमा सुवर्णपुर र ठोरी सुन्दरबस्ती बिजयी भएका छ्न । 


आजको पहिलो खेल अन्तरगत बनशक्ती युवा क्लब ठोरी र सुवर्णपुर युवा क्लब सुवर्णपुर रहेको भएपनी ठोरीको टीम समयानुसार मैदानमा उपस्थित नभएको कारण नेट गोल मार्फत सुवर्णपुर बिजयी भएको आयोजक निर्मल युवा क्लबले जनाएको छ ।

 

त्यसैगरी आजै भएको दोश्रो खेल अन्तरगत अमृत युवा क्लब सुन्दरबस्ती ठोरी र महादेबपाटी युवा क्लब जीराभवानी बीच भएको खेलमा निर्धारित ९० मिनेटको समयमा कुनै पनि टीमका तर्फबाट गोल हुन सकेन ।

 

अन्त्यन्तै रोमान्चक प्रतिस्पर्धा भएको आजको खेलमा पहिलो हाफमा महादेवपाटीका खेलाडीहरुले कलात्मक प्रदर्शन गर्दै खेल प्रस्तुत गरेका थिए । प्रर्दशन राम्रो भएपनी गोल गर्न भने सकेका थिएनन। दोश्रो हाफमा फेरि ठोरीका खेलाडीहरुले राम्रो प्रदर्शन गरेपनी गोल भने हुन सकेको थिएन । आजको खेलमा महादेवपाटी टीमका राज उराव मेन अफ द म्याच घोषित भएका थिए ।


९० मिनेटको खेलको समाप्ति पछि ट्राइ ब्रेकरको माध्यम बाट  ठोरी बिजयी भएको छ । ट्राइब्रेकरमा ४ ३ गोल अन्तरले ठोरी सुन्दरबस्ती बिजयी भएको  समितिका अध्यक्ष हिरा श्रेष्ठले बताउनु भयो । 


यसैबिच भोलि हुने पहिलो खेल युवा हरियाली क्लब ठोरी र चौतारी युवा क्लब गडुवालाइन बिच हुनेछ भने दोश्रो खेल बुद्धनगर युथ क्लब बुद्धनगर र निर्मल समाज युथ क्लब मिलचोक बिच हुने श्रेष्ठले जानकारी दिनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.