logo

पर्सागढी युवा स्पोर्टस क्लबद्वारा  पर्सागोल्डकपको सेमिफाइनलको यात्रा तय 

      2/18/2020 गते 00 00 मा प्रकाशित     1053   पटक पढिएको

बढनीहार ६ फाल्गुण ।
निजगढ एफ सि बारालाई हराउदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब प्रथम पर्सा गोल्डकपको सेमीफाइनलमा प्रबेश गरेको छ ।

पर्साको बढनिहारमा जारी गोल्डकपमा १ का बिरुद्ध ३ गोल गर्दै आयोजक क्लव सेमीफाइनलमा प्रबेश गरेको हो ।

खेलको सुरुवाती २४ औ मिनेटमा निजगढका समिर तामाङले गोल गरेर निजगढलाई अग्रता दिलाएका थिए ।

खेलको पहिलो हाफमा १ गोलले पछि परेको पर्सागढी दोस्रो हाफमा उत्कृष्ट प्रर्दशन गर्यो ।  पर्सागढीका रमेन डंगोलले खेलको ५८ औ मिनेट र ७७ औ मिनेटमा लगातार गोल गरेर टिमलाई अग्रता दिलाए ।

खेलको ७९ औ मिनेटमा पर्सागढीका सुसान्त चौधरीले गोल गरेपछि पर्सागढी ३(१ गोल अन्तरले बिजयी बन्यो ।

खेलको म्यान अफ द म्याच पर्सागढीका रमेन डंगोल भए । उनलाई पर्सागढी नगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष असलम आलमले ट्रफी प्रदान गर्नुभयो ।

प्रतियोगिता अन्र्तगतको भोलीको खेल बीरगंज युथ क्लव र श्याम पराजुली युवा स्पोर्टस क्लव हेटौडाबीच हुनेछ ।

फागुन १४ गते सम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिनु भयो  ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.