logo

नगर प्रमुख सरावगीद्वारा ३५ छात्रलाई साईकल वितरण 

      7/9/2021 गते 00 00 मा प्रकाशित     466   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका नरण प्रमुख विजय कुमार सरावगीले महानगरक्षेत्रका छात्राहरुलाई साईकल वितरण गर्नुभएको छ ।

 

महानगरपालिकाको अनुदान सहयोगमा वडा नम्बर १८ नेरामावि भवानीपुरका गरिब, जेहेन्दार, दलित  ३५ जना छात्राहरुलाई नगरप्रमुख बिजय कुमार सरावगीले साईकल हस्तान्तरण गर्नुभयो ।

 

साईकल वितरण गरिसकेपछि नगर प्रमुख सरावगीले बालिका शिक्षामा मधेस कमजोर रहेकोले पछिल्लो समयमा बालिकाहरुलाई विद्यालयमा पहुँच सहज बनाउन महानगरपालिकाले पनि साईकल वितरण गरेको बताउनु भयो ।

 

विद्यालयका प्रधानाध्यापक हरिमाधव यादवको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख  सरावगी सहित वडाध्यक्ष ब्रहमदेव कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.