logo

जोन्सन एण्ड जोन्सनको १० लाख र चीनबाट ३० लाख कोरोना बिरुद्धको खोप आउदै 

      7/4/2021 गते 00 00 मा प्रकाशित     567   पटक पढिएको

नेपालमा अबको एक महिनाभित्र जोन्सन एण्ड जोन्सनको कोभिड विरुद्धको खोप आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  कोभ्याक्स फ्यासिलिटी मार्फत जोन्सन एण्ड जोन्सनको १० लाख खोप आउने जानकारी दिएको हो।


कोरोना विरुद्ध बनेका अन्य खोप दुई डोज लगाउनुपर्ने भएपनि जोन्सन एण्ड जोन्सनको खोप एक डोज मात्र लगाए पुग्छ। नेपाल सरकारले सोझै जोन्सन एण्ड जोन्सनको कम्पनीसँग खरीद गर्ने गरी प्रयास गरेको थियो।

 

यसका लागि छलफलको प्रक्रिया समेत अगाडि बढेको थियो। तर कम्पनीले उपलब्ध गराउन नसक्ने बताएको थियो।

नेपालमा कोभ्याक्स फ्यासिलिटी मार्फत अहिलेसम्म अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको भारतको सेरम इन्टिस्च्यूटले उत्पादन गर्दै आएको कोभिसिल्ड खोप ३ लाख ४८ हजार डोज आएको छ। कोभ्याक्सले कुल जनसख्ंयाको २० प्रतिशतलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिवद्धता गरेको छ।

 

यसैवीच चीन सरकारसँग खरिद गरेको कोरोना भाइरसविरुद्धको भेरोसेल खोप नेपाल ल्याउन लागि वायु सेवा निगमले उडान तालिका सार्वजनिक गरेको छ ।

निगमका अनुसार पहिलो उडान जुलाई ८, दोस्रो र तेस्रो उडान जुलाई १५ र २२ मा हुने भएको छ । स्वास्थ्य मन्त्रालयले चीनको बेइजिङस्थित सिनोर्फाम कम्पनीसँग सम्झौता गरेको थियो ।

 

मन्त्रालयले असार २४ गतेबाट खोप आपूर्ति हुने जनाएको छ । चीनबाट तीन सातामा ३० लाख भेरोसेल खोप आउने भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.