logo

एमालेले बिभाजनको मोड बाट एकताको मोडमा फन्को मार्यो , भोली सहमती सार्वजनीक हुने

      7/9/2021 गते 00 00 मा प्रकाशित     717   पटक पढिएको

बिभाजनको संघारमा पुगेको एमाले एकता तर्फ फर्किएको छ । नेकपा एमाले विवाद समाधान कार्यदलमा पार्टी एकताका लागि सहमति जुटेपछि एमालेले बिभाजनको मोड बाट एकताको मोडमा फन्को मारेको हो  ।

शुक्रबार सिंहदरबारमा बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता समेत रहनुभएका कार्यदल सदस्य प्रदीप ज्ञवालीले विवादित विषयमा सहमति जुटाइएको जानकारी दिनुभयो ।

 

पार्टी एकता सुद‍ृढ गर्नका लागि सहमतिमा पुगिएको बताउँदै उहाँले भन्नुभयो  “पार्टी एकता सुद‍ृढ गर्ने क्रममा सहमतिमा पुगेका छौं ।”

सहमतिको दस्तावेजलाई अन्तिम रुप दिन भोलि फेरि बैठक बस्ने बताउँदै उहाँले भन्नुभयो ( सहमतिको दस्तावेजमाथि भाषिक परिमार्जन लगायत विषयमा काम गर्नुपर्ने भएकाले आजको बैठक करिब ७ घण्टा बसेर स्थगित गरिएको छ, सहमतिलाई अन्तिम रुप दिन भोलि अपरान्ह फेरि बस्छौं, भोलि फाइनल गर्छौं ।

 

अहिलेसम्म भएका प्रश्नहरुलाई सहमतिको विन्दुमा ल्याइपुर्‍याइएको बताउँदै उहाँले भन्नुभयो “अब नेकपा एमालेका नेता कार्यकर्ताहरु शुभचिन्तकले पार्टीको भविष्य के होला ? भन्ने चिन्तालाई दूर गर्नेगरी हामी भोलि सहमतिसाथ टुंग्याउँछौं, आजको छलफल सकारात्मक, सौहार्द र रचनात्मक भयो ।

 

अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेतासँग आवश्यक परामर्श लिएपनि सहमतिबारे कार्यदलले नै टुंग्याउने उहाँले प्रष्ट पार्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.