logo

राष्ट्रीय सहमतीको सरकार निर्माणकालागि दलहरुलाई सहकार्यमा आउन प्रधानमंत्री ओलीको अपिल

      5/21/2021 गते 00 00 मा प्रकाशित     444   पटक पढिएको

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमंत्री के.पी.ओलीले राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा आक्रोशको अभिब्यक्ति भएको बताउनु भएको छ ।

 

उहाँले संबिधानमा के लेखेको छ ? भन्ने प्रतिप्रश्न गर्दै उहाँले प्रधानमंत्रीले जे सिफारिश गर्छ राष्ट्रपतीले त्यही गर्ने सम्बैधानिक प्रावधान रहेको छ त्यसैले त्यसको जस अपजस प्रधानमंत्रीको हुने भएकोले प्रधानमंत्रीका बिरुद्ध  अबिश्वास प्रस्ताव ल्याउन चुनौती दिनु भयो ।शुक्रवार उहाँले काठमाण्डौमा सम्पादकहरुसंगको अन्तरक्रियामा यस्तो  चेतावनी दिनु भएको हो । 


प्रधानमंत्री ओलीले राष्ट्रपतिको बिरोध गर्नु भनेको गणतन्त्रको बिरोध गरिएको हो भन्दै लोकतान्त्रिक गणतन्त्रको प्रतिक हो राष्ट्रपती राष्ट्रपतीको हुर्मत लिएर गणतनत्रलाई कमजोर बनाउने काम भइरहेको पति चिन्ता ब्यक्त गर्नु भयो  । 


उहाँले अहिलेको सरकारका बिरोधीहरुलाई एकजुट भएर बैकल्पिक सरकार बनाउनकालागि बाटो खोलिदिएको बताउदै प्रम ओलीले त्यसरी आउने सरकारलाई आफनो पार्टीले रचानात्मक रुपमा लिएर सहयोग गर्ने बताउनु भयो । 


के.पी.ओलीले शपथ लिएको बिषयमा प्रतिगमन भयो भनेर निकै हल्ला गरियो भन्दै प्रधानमंत्री ओलीले  प्रधानमंत्रीमा को नियुक्ति भयो भने प्रतिगमन हुने  को भयो भने क्रान्तिकारी हुने भन्ने नहुने प्रष्ट पार्नु भयो ।

 

जसले लोकतन्त्रको बिरुद्ध लडाई गर्यो जित्न नसकेपछि आधा मनले लोकतन्त्र स्वीकार गर्नेले हामीलाई लोकतन्त्र सिकाउन खोज्नु ठिक नभएको बताउनु भयो ।

 

 अहिले  आवेश उत्तेजनामा  होइन  गम्भिरता पूर्वक बिचार गरेर कोभिडको संक्रमणको नियन्त्रणमा साझा प्रयास  गर्नु पर्ने अवस्था रहेको चर्चा गर्दै प्रधानमंत्री ओलीले आफैलाई समर्थन गर्न वा बैकल्पिक सरकार निर्माण गर्न आव्हान गर्नु भयो । 


मलाई हटाउन दिनेको प्रतिक्षा गर्दै गर्दा यो संसद बिघठनको मोडमा पुग्न थालिसक्यो प्रधानमंत्री ओलीले भन्नु भयो यो अवस्था ल्याउनमा उहाँहरुकै योगदान छ , पत्रकार मित्रहरुलाई पनि यो बिषयमा बुझिदिन आग्रह  गर्दछु यसमा सम्बैधानिक प्रवन्ध भन्दा बाहिर केही छैन । 

उहाँले  राष्ट्रीय सहमतीको सरकार निर्माणकालागि दलहरुलाई सहकार्यमा आउन अपिल समेत गर्नु भयो  ।  आउनुहोस राष्ट्रिय सरकार सहमतीको आधारमा बनाऔ र कोभिडका बिरुद्ध लडौ । लोकतन्त्र भनेको अड्को थाप्ने पद्धती होइन यो बिधि र अनुशासनको शासन पद्धती हो उहाँले भन्नु भयो  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

समाज

बीरगंज कलेजले कक्षा १२ का बिद्यार्थीलाई प्रशिक्षण सहित गर्यो बिदाई

वीरगन्ज । वीरगन्ज कलेजले कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई प्रशिक्षण सहित बिदाई गरेको छ ।

रामभौरी भाठाको दुग्धेश्वरनाथ महादेवको मन्दीरको बिकासमा ध्यान दिन वक्ताहरुको जोड

बीरगंज । दुग्धेश्वरनाथ महादेवको मन्दीर रहेको पर्साको प्रसिद्ध रामभौरी भाठाको भौतीक बिकास तथा धार्मिक बिकासकालागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.