logo

नेपाल पत्रकार महासंघ निर्वाचनः बिधि सम्मत रुपमा समस्याको हल खोज्न निर्वाचन समितिलाई प्रेस चौतारीको ज्ञापन

      3/26/2021 गते 00 00 मा प्रकाशित     571   पटक पढिएको

प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासङ्घको नयाँ सदस्यता वितरण विधानसम्मत नभएको उल्लेख गर्दै ज्ञापनपत्र बुझाएको छ ।

 

चौतारीका अध्यक्ष गणेश बस्नेत सहितको समूहले आज महासङ्घमा पुगेर विधानसम्मत तरिकाले नयाँ सदस्यताको टुङ्गो लगाएर मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन निर्वाचन समितिका संयोजक कपिल काफ्लेलाई  ज्ञापनपत्र बुझाएको हो ।

महासङ्घको विधानअनुसार नयाँ सदस्यता स्वीकृत, अनुमोदन र स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनुभन्दा छ महिना पहिलो भइसक्नुपर्नेछ भन्ने बैधानिक व्यवस्था रहेको छ ।

 

निर्वाचन समितिले प्रकाशन गरेको मतदाता नामावलीमा महासङ्घको विधानमा भएको व्यवस्थाविपरीत मनोमानी ढङ्गले पक्षधरताका आधारमा आग्रह पूर्वाग्रह  राखी अध्यक्ष र महासचिवले पठाएको नामावली जस्ताको तस्तै प्रकाशन गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

 

चौतारीका अध्यक्ष बस्नेतले महासङ्घको विधानसम्मत ढंगले सदस्यताको टुङ्गो लगाई अन्तिम नामावली प्रकाशन र नयाँ सदस्यता प्रदान गर्न महासङ्घबाटै तोकिएको विधिमा टुङ्ग्याउन माग गर्नुभयो ।

 

समितिका संयोजक काफ्लेले आफूले यसबारेमा अध्ययन गर्ने र महासङ्घको विधिबाटै नयाँ सदस्यताको टुङ्गो लगाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.