logo

शिक्षा र स्वास्थ्यको सेवा प्रवाह र बिकासका काम बारे जानकारी लिन महानगरप्रमुख नागरिकको घर दैलोमा

      3/21/2021 गते 00 00 मा प्रकाशित     606   पटक पढिएको

वीरगन्ज महानगरपालिकाका  प्रमुख विजय कुमार सरावगीले वडा नं १८ भवानीपुरमा रहेको स्वासथय चौकी तथा बिदालयको अनुगमन गर्नु भएको छ ।

 

अनुगमनका क्रममा उहाँले विद्यालयहरु समयमा खुल्छ खुल्दैन, पठनपाठन नियमित भएको छ कि छैन ? स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवाहरु सहज ढंगबाट भएको छ कि छैन भन्नेबारेमा चासो लिनु भएको थियो ।

 

उहाँले नागरिकलाई दिइने सेवा सुलभ र प्रभावकारी बनाउन निर्देशन समेत दिनु भयो  । महानगरपालिका प्रमुख सरावगी औपचारिक कार्यक्रम बाहेक अनुगमन र निरीक्षणका कामलाई पनि  निरन्तरता दिनु भएको छ ।

 

महानगरप्रमुखको अनुगमलाई स्थानीय नागरिकले भने प्रशंसा गरेका छन । यसैगरि आजै 
 महानगरपालिकाको वडा नम्बर ९ मा अनुगमन गरेर विभिन्न समस्याहरुको बारेमा जानकारी लिनुभएको छ ।

 

अनुगमनका क्रममा नगरक्षेत्रमा जथाभावी फोहोर फालिएको पाईएको र त्यसलाई व्यावस्थापन गर्न समेत निर्देशन दिनुभयो । उहाँले वडा नम्बर ९ को ढलनाला खाली स्थानमा थुपारिएको फोहोर व्यावस्थापनका लागि निर्देशन दिनु भएको छ ।

 

ढलनालामा जथाभावी फोहोरहरु फाल्ने गर्दा नाला जाम हुने र बर्षातमा पानी जमेर महानगरपालिका डुबानमा पर्ने गरेकोले त्यसलाई समयमा नै व्यवस्थित गर्नुपर्ने बताउनुभयो । उहाँले शहरलाई सुन्दर सफा राख्न नागरिकको सहयोग आवश्यक रहेकोमा जोडदिनु भयो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.