logo

प्रेस चौतारी नेपाल पर्साको बैठक सम्पन्न शनिवार जिल्ला भेला हुने

      3/19/2021 गते 00 00 मा प्रकाशित     557   पटक पढिएको

प्रेस चौतारी नेपाल पर्सा जिल्ला कमिटीको बैठक आज सम्पन्न भएको छ । संगठनका अध्यक्ष श्याम बन्जाराको अध्यक्षतामा भएको बैठकमा प्रेस चौतारी नेपालका प्रदेश २ का इन्चार्ज लालबाबु शेख, प्रेस चौतारी नेपालका केन्द्रीय लेखा समितिका सदस्य  के.सी.लामिछाने पूर्व उपाध्यक्ष महेश दास प्रेस चौतारीका नेता महेशचन्द्र गौतमले पछिल्लो राजनीतिक अवस्थामा संगठनको भूमिकाको बिषयमा प्रकाश पार्नु भएको थियो । 


बैठकले प्रेस चौतारी नेपालमा आवद्ध पत्रकारहरुको जिल्ला भेला राख्ने निर्णय गरेको छ । शनिवार दिउसो ३ बजे बीरगंजको रोयल पार्टी प्यालेसमा भेलाको आयोजना गरिएको प्रेस चौतारी नेपाल पर्साका सचिव संजीन मिश्रले जानकारी दिनु भयो । 


भेलामा आसन्न नेपाल पत्रकार महासंघको जिल्ला प्रदेश तथा केन्द्रीय निर्वाचनका सन्दर्भमा पर्सा शाखाले निर्वाह गर्नु पर्ने भूमिकाको बिषयमा छलफल हुने आयोजकले जनाएका छन ।

भेलामा नेपाल पत्रकार महासंघ पर्सा शाखाको निर्वाचनमा प्रेस चौतारीले अगाडि सार्ने उम्मेदवारको बिषयमा समेत छलफल हुने जनाइएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.