logo

श्रमीक महिला दिवसको अवसरमा उद्यमी महिलाहरुको यात्रा र अवसरका बिषयमा छलफल सम्पन्न

      3/8/2021 गते 00 00 मा प्रकाशित     583   पटक पढिएको

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा “महिला उद्यमीको यात्रा – चुनौती र अवसर” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) वीरगञ्जको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सोमबार वीरगञ्जस्थित उद्योग वाणिज्य संघको सभाहलमा आयोजित अन्तरक्रियामा बीरगंज क्षेत्रका अग्रणी महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

 

अन्तरक्रियामा सहभागि महिला उद्यमीहरुले पुरुषहरुको सफलता पछाडी महिलाहरुको हात भएझैँ महिलाहरुको सफलता पछाडी पनि पुरुषहरुको हात रहेको बताएका थिए । उद्ययमशिलताको सुरुवातदेखि हालसम्म परिवारको साथ र सहयोग रहेका कारण आफुहरु यस मुकामसम्म पुगेको कार्यक्रममा सहभागि उद्यमीहरुले जिकिर गरे ।

 

उद्यमी बन्नका लागि उद्यमीकै छोरा–छोरी हुनुपर्छ भन्ने अवस्थाको अन्त्य भएको भन्दै सहभागिहरुले कृषकका छोरा–छोरीहरु पनि सफल उद्यमीको रुपमा स्थापित भएको बताए ।

फरक कार्यको सुरुवात गर्दा साथ दिनेहरुको कमी भएको अनुभव साझा गर्दै उद्यमीहरुले कसैले साथ नदिएपनि आफ्नो लक्ष्य प्रति सदैव दृढ भएर लागिपर्न सुझाव दिएका थिए । सुरुमा रोजगार खोज्दै हिँडेका आफुहरु हाल रोजगारी सृजना गरिरहेको भन्दै हर्ष व्यक्त गरे । वर्षको ३६५ दिनमा एक दिन मात्र महिलाहरुको सम्मान गर्ने परिपाटीको अन्त्य गर्नुपर्ने सहभागिहरुले सुझाव दिएका थिए ।

एनवाईईएफ वीरगञ्ज अध्यायका अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष  गोपाल केडियाले महिला उद्यमीहरुको विकास र प्रवर्द्धनका लागि संघले हरेक सम्भव सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो  ।

 

उहाँले उद्योग वाणिज्य संघले पछिल्लो समय ग्रामिण भेगका महिलाहरुको शिप विकास र रोजगारीका लागि विभिन्न किसिमको शिपमुलक तालिमहरुको आयोजना गर्दै आएको जानकारी समेत गराउनु भयो ।

अन्तरक्रियामा डेसिमल कलेजकी निर्देशक डा.सुष्मा तिवारी द्विवेदी, मित्रो क्याफेकी सञ्चालक शिल्पा अग्रवाल, नेशनल ईन्फोटेक कलेजकी निर्देशक काजल सिंह, एएनजेड बुटीककी सञ्चालक नुतन सरावगी, दि मोबाईल जोन तथा कलेज फोर म्यानेजमेन्टकी निर्देशक पवन दीप कौर, श्रीराम अस्पतालकी निर्देशक डा. प्रिती यादव, वीरगञ्ज हार्ट एण्ड सुपरस्पेश्यालिटी सेन्टरकी डा। मधु रौनियार, सन्तरा क्लिनीककी डा. क्रिती अग्रवाल, फेमानईन ब्युटी पार्लरकी सञ्चालन गुड्डी जोशीलगायतकाले उद्यमशिलता आफ्नो अनुभव साझा गरेका थिए ।

कार्यक्रममा एनवाईईएफका कार्यसमिति सदस्य विश्व प्रताप साहले स्वागत मन्तव्य , धन्यवाद ज्ञापन कार्यसमिति सदस्य पंकज अग्रवालले र संचालन आशु सर्राफले तथा विमला गुप्ताले गर्नुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.