logo

अदालतको फैसलाले एमालेपंक्ति उत्साहित , पार्टीका कार्यालयहरुमा धमाधम नाम फेरिदै

      3/8/2021 गते 00 00 मा प्रकाशित     598   पटक पढिएको

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएसँगै नेकपाको कार्यालयहरुमा नाम परिवतनको लहर चलेको छ ।  

 

अदालतको फैसलाले पूर्व पार्टीहरु ब्यूतिएपछि  पूर्व एमाले पंक्तिमा उत्साह संचार भएको छ । पर्सा जिल्लाको नेकपाको कार्यालयमा आज नाम परिर्वतन गरि नेकपा एमाले जिल्ला कार्यालयको बोर्ड राखिएको छ ।

 

यो भन्दा पहिला नेपाल कम्युनिष्ट पार्टी ( नकेपा)को बोर्ड राखिएको थियो । माधव प्रचण्ड पक्षले समेत कार्यालयमा आफनो हकदावी गर्दै ताला लगाएको थियो । तर आज नेकपा एमालेका कार्यकर्ताले ताला खोलेर कार्यालय सफाई गरि अदालतको फैसलाको स्वागत गर्दै शुभकामना कार्यक्रम समेत सम्पन्न गरेका छन । 

प्रधानमन्त्री केपी ओली समूह नेकपा एमालेका नेता राजकुमार गुप्ता लगायत कार्यकर्ताले पार्टी कार्यालय सरसफई गरि नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखेका हुन । 


कार्यकर्ताले पार्टी कार्यालय सरसफई गरि नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखि नेता राजकुमार गुप्ताको प्रमुख अतिथिमा र गोकर्ण पाठकको अध्क्षतामा एक कार्यक्रम गरि कार्यकर्तामा खुसियाली मनाउदै मिठाई समेत बाडीएको छ । 

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै दुई खेमामा विभाजित नेकपा आइतबार सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो ।


तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले जेठ ३ गते पार्टी एकता घोषणा गरी निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नेकपा नामको पार्टी दर्ता गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.