logo

अनेमसंघ पर्साको बिस्तारित बैठक सम्पन्न १ सय ५९ सदस्यीय जिल्ला कमिटी निर्माण

      3/5/2021 गते 00 00 मा प्रकाशित     550   पटक पढिएको

नेकपा निकट अखिल नेपाल महिला संघ पर्साको बिस्तारित बैठकले १ सय ५९ सदस्यीय जिल्ला कमिटी निर्माण गरेको छ । बीरगंजको रानीसतीम अतिथि सदनमा सम्पन्न बैठकले जिल्ला कमिटी निर्माण गरेको सचिव गोकुली कुमारी रेग्मीले जानकारी दिनु भयो ।

 

कमिटीको संयोजकमा इन्दु घिमिरे उपसंयोकमा सफरुन नेशाा,पूजा चौधरी र यशोधा देवी सहनी रहनु भएको छ । कमिटीको सचिवमा गोकुली कुमारी रेग्मीलाई बैठकले  चयन गरेको छ ।त्यसैगरि संघको कोषाध्यक्षमा शुभद्रा बजगाईलाई चयन गरिएको छ । 

 


बिस्तारित बैठकमा नेपाली कांग्रेसमा लामो समय ब्यतित गर्नु भएका इश्वरी कार्की र रेखा कार्की नेपाली कांग्रेस  परित्याग गरि नेकपा निकट अनेमसंघमा प्रवेश गर्नु भएको छ । नव प्रवेशी महिला नेतृहरुलाई  नेकपाका केन्द्रीय सदस्य निर्मला देवकोटाले संघमा स्वागत गर्नु भएको थियो । 

 


कार्यक्रममा नेतृ देवकोटाले  वर्तमान सरकारको सुखी नेपाल र समृद्ध नेपालको आंकक्षालाई पुरा गर्नकालागि सबै न्यायप्रेमी महिलाहरुलाई  अनेमसंघमा गोलबद्ध हुनु आग्रह गर्नु भएको छ ।

 

उहाँले स्थायी सरकारको अनुभूती गर्ने नेपाली जनताको ७० वर्षदेखीको आशा प्रचण्ड माधव नेपालका कारण निराशामा परिणत भएको उहाँले बताउनु भयो । उहाँले नेपाली जनताको समृद्धिको चाहना केपी ओलीको नृतत्वमा मात्र सम्भव भएको बताउदै सरकार बिरुद्धका सबै षडयन्त्रलाई  परास्त गर्दै अगाडि बढनु पर्ने अवस्था आएको बताउनु भयो । 

 


कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बसरुदिन अन्सारी , नेकपाका पर्सा अध्यक्ष प्रभू हजरा, अनेमसंघका केन्द्रीय नेतृ टिना सुवेदी ,नेकपा पर्साका नेता गोकर्ण पाठक,बिना शर्मा, उषा चौधरी सीता लामा लगायतले बैठकमा मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतमा लोकतन्त्रमाथि संकट,चुनावी निरंकुशता कायमः वी-डेम

नयाँ दिल्ली। वेराइटीज ऑफ डेमोक्रेसी (प्रजातन्त्रका विविधताहरू) नामक संस्थाको लोकतन्त्र रिपोर्ट २०२४ अनुसार, भारतमा अझै पनि विभिन्न सूचकहरूमा कम अंकको साथ चुनावी निरंकुशता कायम छ।

भारतमा मिडीयामाथि “बेशर्म हमला”लोकतन्त्रकोलागि राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह

बीरगंज । गत सोमबार भारतको नयाँ दिल्लीमा विभिन्न सञ्चारमाध्यमले संविधानबमोजिम अभिव्यक्ति स्वतन्त्रता, पेशा र जीविकोपार्जनको सुरक्षा सुनिश्चित गर्न राष्ट्रपति द्रौपदी मुर्मुसँग हस्तक्षेप गर्न आग्रह गरेका थिए ।

खेलकुद

जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुरलाई, पर्सा ७ विकेटले पराजित

सिमरा । प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ । जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

जीतपुरसिमरा क्रिकेट प्रतियोगीता, जनकपुरद्धारा भैरहवा ४८ रनले पराजित

सिमरा । जीतपुरसिमरा क्रिकेट कप प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा जनकपुर पिस फाउण्डेशन ४८ रनले बिजयी भएको छ । समूह ‘बी’ अन्तर्गतको दोस्रो खेलमा जनकपुरले खुकुरी क्रिकेट क्लब भैरहवालाई पराजित गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.